२५औं जनयुद्ध दिवस

alt
  • फाल्गुन ७, २०७६
  • ब्लाष्ट खबर

भरखरै बितेको फागुन १ गते देशव्यापी जनयुद्ध दिवस मनाइयो । पूर्व माओवादी पार्टीबाट अलग भएका मोहन वैद्य र नेत्रविक्रम चन्द समूहहरूले पनि आफ्नो साङ्गठानिक गच्छे अनुसार मनाए । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरूमध्ये कसैले मन नलागी नलागी लोकाचारको लागि भए पनि मनाए भने कसैले एक गौरवमय इतिहासको शुरुवाती पल ठानेर मनाए । २०५२ साल फागुन १ गतेका दिन तत्कालीन नेकपा माओवादीले रोल्पाको हलेरी, रुकुमको आठबीशकोट, सिन्धुलीगढीको प्रहरी चौकी र गोरखा च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा गर्दै जनयुद्ध शुरुवात गरेको थियो । अब ती दिन बितेर गए पनि निरन्तरताको क्रममा जसरी भए पनि २५ औं जनयुद्ध दिवसको रूपमा मनाउन चाहिँ सबैतिरबाट मनाइयो ।


बिना अपवादको वस्तु दुनियाँमा हुनै सक्दैन, भन्ने सार्वभौम सत्यको कसीमा राखेर जनयुद्धलाई पनि हेर्नुपर्दछ । विज्ञान र प्रविधिको एकछत्र राज रहेको वर्तमान परिवेशमा युद्धशास्त्रीहरूले युद्धविज्ञान, नियम र सामाग्रीहरू अविष्कार गरिरहँदा काटाकाट, मारामार, लडाईं, झगडा, आन्दोलन, सङ्घर्ष र युद्ध आपैmमा सुन्दर पक्ष होइन । युद्धले निम्त्याउने असान्तिको स्वरूप जति कुरूप हुन्छ, शब्दद्वारा त्यसको व्याख्या पनि सम्भव छैन । सायद तिनै संवेदनाको नाजायज फायदा उठाउँदै आफ्नो सत्ता टिकाउन शासकहरू र विदेशी डलर पचाउन केही अमूक व्यक्तिहरू शान्ति र मानव अधिकारका फोस्रा नाराहरू त घन्काइ रहेकै छन् । शासक र ती एनजीओवादीहरूले यो भजन नगाए पनि अधिकार, पहिचान, समृद्धि र विकास सहित प्राप्त हुने शान्तिकै पक्षमा छन् जनता । आजका विकसित विश्वराष्ट्रहरूले बिना युद्ध र सङ्घर्ष समृद्धिको त्यो अकल्पनीय गगनचुम्बी चुमेका होइन रहेछन् भन्ने जानेपछि उनीहरूको इतिहासलाई अवमूल्यन गर्न सकिँदैन । दशवर्षे जनयुद्धको क्रममा हाम्रो देशमा पनि भएको यतिमात्रै हो भन्ने कुरा बुझ्न अब कुनै तिथि कुर्नु परेन ।

बिना पूर्वाग्रह राजनीतिक विश्लेषण गर्ने राजनीतिज्ञहरूको भनाइ सापट लिएर भन्ने होभने, २०५२ साल फागुन १ गतेबाट शुरु भएको जनयुद्ध महान र ऐतिहासिक नै थियो । यसर्थमा की, झण्डै झण्डै अठारौं शताब्दीतिर घस्रिरहेको नेपाली समाजको समग्र क्षेत्र र पक्षहरूलाई चेत र जागरण पैदा गरी एकैचोटी ह्वात्तै उठायो । तत्कालीन शासकहरूद्वारा अख्तियार गरिएको जनयुद्धप्रतिको दृष्टिकोणलाई प्रतिवादले मात्रै नथेगेपछि प्रतिरोधको अवस्था आयो । जनयुद्धका सञ्चालक राजनीतिक दल तत्कालीन नेकपा माओवादीले प्रतिरोध गर्नुपर्दा अपनाएका तरिकाहरू हिंसात्मक भए पनि आवश्यक नै थिए,अर्थात् बाध्यता नै भनौं । राजनीतिक रुपले यो कुनै सार्वभौमसत्ता विरुद्धको विप्लव नभएर शदियौंदेखि शासनसत्तामा रहेका शासकहरूको स्वेच्छाचारी राज्यव्यवस्था, संविधान, ऐन–कानून र नीति, नियम विरुद्ध गरिएको केवल एक भीषण विद्रोहसम्म थियो जनयुद्ध ।

समाजविकास हुँदै जाँदा देश काल र परिस्थिति अनुसार वर्गीय उत्पीडनसँगै सामाजिक, भाषिक, सांस्कृतिक र धार्मिक उत्पीडनहरू पनि सँगसँगै विकास भएर आएका हुन्छन् । उत्पीडित वर्गहरूको निर्माणको लागि आर्थिकबाहेक यी तŒवहरूले पनि महŒवपूर्ण भूमिका खेलेका हुन्छन् । हाम्रो देशका तत्कालीन शासक राणा तथा राजाहरूले केवल खस भाषा धर्म र संस्कार संस्कृतिलाई मात्र काखी च्याप्यो । रैथाने भाषा, धर्म र संस्कृतिहरू सबैलाई दमन ग¥यो । त्यसैले आदिवासी जनजातिहरू वर्गीयसँगै जातीय उत्पीडनमा पनि परे । सबैखाले विभेदको शिकार भए । अन्याय र अत्याचारमा परे । जहाँ जहाँ, जसले, जसलाई अन्याय गरेको हुन्छ, त्यहाँ त्यहाँ, त्यसको विरुद्धमा, त्यसलाई त्यहीँ पहिचान गरी समाधान गर्नु नै माक्र्सवाद हो । माक्र्सवादको यो चुरोलाई पकडेर आदिवासी जनजातिहरू आफ्नो इतिहास, पहिचान, भाषा, संस्कृति र धार्मिक जस्ता सबैखाले अधिकारहरूको माग सहित विद्रोह गर्ने ठाउँमा आइ पुगेका हुन् ।

त्यसरी सृजना भएको जातीय अन्तरविरोधहरूलाई मिहिनढङ्गले केलाएर समानताको आधारमा सापेक्षित हल गर्नुपर्नेमा जातीय अन्तरविरोधलाई जातिवादी देख्ने रोगले नेपाल कम्युनिष्ट आन्दोलन स्थापनाकालदेखि नै ग्रसित छ । त्यसैको प्रभावले माक्र्सवादी शुभचिन्तकदेखि नेतृत्वसम्म र कखरा सिक्दै गर्नेदेखि धुरन्धर अध्येतासम्मले कुनै कालखण्डमा एउटैमात्र इतिहास, भाषा, धर्म र संस्काुर संस्कृतिलाई बढावा दिँदा पैदा भएको जातीय अन्तरविरोधलाई बिर्सिएर माक्र्सवादमा जातिगत कुरै हुँदैन भन्ने गरेका छन् । विश्वका कतिपय ठाउँमा माक्र्सवादी दृष्टिकोणले जातीय समस्याहरू समाधान भएको जीवन्त प्रमाणहरूका आधारमा माक्र्सवादमा जातको कुरा छैन भन्नेहरूलाई सैद्घान्तिक, व्यावहारिक जवाफ पनि जनयुद्धले नै दिएको थियो ।

तत्कालीन शासकद्वारा गुमनाम पारिएका सबैखाले इतिहासहरूको अध्ययन गर्ने वातावरण बन्न थाल्यो । ऐतिहासिक पृष्ठभूमिहरूको खोज अनुसन्धान गर्नेक्रममा पृथ्वीनारायण शाहले राज्य एकीकरणको अभियान सञ्चालन गर्दा गरेका ठीक र बेठीक पक्षहरूको व्यापक समीक्षा गरी ठीकलाई मान्दै कतिपय बेठिक देखिएका पक्षमा सच्याउदै जाने बहसहरू हुँदैआयो । हिमाल, पहाड र तराइ साथै पूर्व, पश्चिम र मध्यलगायत सबै क्षेत्रमा रहेका सत्य तथ्यहरूको आधारमा नेपाली समाजलाई नयाँढङ्गले मूल्याङ्कन गरी व्याख्या हुनथाल्यो । जनयुद्धको कठिन समयमा नै ती सबैको विभागीय दायित्व पूरा गर्न राजनीतिक सङ्गठनको रूपमा सशक्त प्रकारका मोर्चाहरू गठन हुँदै गए । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनलाई एकीकृत ढङ्गले अन्त्यको लागि जातीय तथा क्षेत्रीय स्वायत्तता र आत्मनिर्णयको अधिकार नै एकमात्र अचुक अस्त्र ठहरियो । विद्वा्नहरूमध्ये पनि एकाधले मात्रै बुझ्ने गरेको यो स्वायत्तताको नीति सम्बन्धी पनि जागरण पैदा भयो भने पहिलो संविधानसभामा यी विषय र मुद्दाहरूले प्रशस्त स्थान पाए । लिम्बुवान, खम्बुवान÷किरात, नेवाः ताम्माशालीन, मगरात, थारुवान, खसान र तमुवान जस्ता ऐतिहासिक पृष्ठभूमिको आधारमा निर्माण हुने प्रदेशहरूले संविधानसभामा प्रवेश पायो । त्यसैले जातीय स्वायत्तताको नीतिमा केन्द्रित पहिचानको भाष्य निर्माणको लागि जनजागरणकर्ता पनि जनयुद्ध नै थियो ।

यी मुद्दाहरूलाई तुवाउन पहिचान विरोधीहरूले छरेको मन्द विष त छँदै थियो । सामुन्नेको क्षितिज जति पछ्यायो उति पर सर्छ भनेझैं जनयुद्ध सञ्चालन गर्ने नेतृत्व, नेता र कार्यकर्ताहरूको आफ्नै कार्यशैलीले पनि जनयुद्धको राप, ताप र साख गिर्दै गयो । त्यसपछि त पहिचानका मुद्दाले पूर्णता पाउने सम्भावनाको पारो सर्लक्कै घट्यो । त्यो दिनदेखि वर्गीय, जातीय लिङ्गीय र क्षेत्रीय अधिकार प्राप्तिको लागि बगेका शहीदहरूको रगत नेवाः ताम्मासालिङ् भएर पूँजीको रुपमा रहनु पर्नेमा आज बागमती भएर बागमतीकै पानीसँग बगिरहेको छ । कोही कर्णाली भएर त कोही गण्डकी भएर बगिरहेको छ । निकट भविष्यमा एक नम्बर प्रदेश भनिएको सुदूरपूर्वमा पनि कोशी भएर बगाउन आदेशको वारुद तयार हुँदैछ । दशवर्षे जनयुद्धको क्रममा लालयात्री भनिएका हामीहरू आज रगत बगाउने तिनै सहयोद्धाहरूलाई सम्झँदै टुलुटुलु हेरेर बस्न लाचार छौं । कोशी, कर्णाली, गण्डकी र बागमती जस्ता प्रदेशका अभियन्ताहरूको पदचापलाई पछ्याउन विवश छौं, आफ्नै श्रीमती गङ्गाले आफ्नै सन्तानको हत्या गर्दा समेत बाचामा हारेकोले प्रतिवाद गर्न नसकेको भीष्म पितामहका बाबु राजा शन्तनु जस्तै ।

अब त यतिमात्र भन्न सकिन्छ, त्यसताका उठाइएका मुद्दाहरू कति पूरा भए ? कति बाँकी छन् र कति छाडिए वा थाँती रहे ? त्यो इतिहासले भावी पिँढीलाई बताउँदै जानेछ । त्यसको आधारमा शहीदका अधुरा सपनाहरूले पश्चिमी मिथक फिनिक्स चराको रूप लिनेछन् भन्ने आशाका साथ २५ औं जनयुद्ध दिवस बिदा भएको छ ।

सामान्य विवादमा छुरा ...

बिर्तामोड । झापाको हल्दिवारीमा एक ब्यक्तिले सामान्य बिव ...

प्रदेश १ मा आइसोलेश ...

विराटनगर । प्रदेश नं १ मा कोरोनाको आशङ्कामा आइसोलेशनमा ...

चीनका सेनाद्वारा एक ...

धरान । चीनको सेनाले भारतको पूर्वोत्तर प्रदेश अरुणाञ्चलक ...

भारतमा एक वर्षसम्म र ...

धरान । भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायतको एक वर्ष ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved