आज भोली कोही पाहुन भेट्दा वा आफन्तसँग भेटेर बातचित गर्दा आतिथ्यता जनाउन कफि खुवाउने गरिन्छ । कसैलाई घरमा निम्ता गर्दा कफि खादैं आउनुहोस् है भनिन्छ । भोली कफी खादैं गफ गरौं है भनिन्छ । खासमा हामीले दैनिक प्रयोग गरिने कफिका नकरात्मक तथा सकरात्मक प्रभाव चाही के छ त ?
आउनहोस आज हामी तपाईहरुलाई कफी पिउनुका सकरात्मक तथा नकरात्मक प्रभावबारे जानकारी गराउने छौं । कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । २० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ ।
उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज,‚ कलेजोसम्बधी रोग‚ कोलोरेक्टर क्यान्सर‚, अल्जाइमर र छालाको क्यान्सरको रोकथाममा पनि सहयोग गर्ने उल्लेख छ। तर, कफी कस्तो अवस्थामा पिउने भन्ने कुराको हेक्का राखेरमात्र पिउनुपर्छ ।
होइन भने यसले अनेक रोग निम्त्याउन सक्छ । यसमा कफिनको मात्रा बढी हुने भएकाले निद्रा नलाग्ने हुन्छ । यदि गर्भवती महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतन हुन सक्ने‚, शिशु अपरिपक्व जन्मनेलगायतका समस्या देखिने अध्ययनले देखाएको छ । बढी मात्रामा कफिन मिश्रित पदार्थ पिउनाले मुटूको धड्कन दर औसतको भन्दा बढी हुने अमेरिकन हार्ट एशोसियसनका प्रवक्ता भिन्स बफालिनो भन्छन ।
‘हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले वृद्धि हुन्छ । यदि मानिस स्वस्थ छ भने दैनिक २ कपसम्म कफि पिउनु नराम्रो होइन तर यदि आफ्नो अवस्था प्रतिकूल छ भने कफिन पदार्थबाट बनाइएका कुनैपनि कुराको सेवन नगर्नु नै उचित हुन्छ‚’
डिक्याफिनेटेड कफीमा पनि कफिन पदार्थ हुने भन्दै बफालिनोले भने‚ ‘यदि तपाईं दैनिक ३ कप डिक्याफिनेटेड कफी पिउनुहुन्छ भने यसलाई पनि रोक्ने सल्लाह दिन्छु । अत्याधिक कफी पिउनाले यसमा रहेको कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन मद्दत गर्छ । कफी प्रयेगबारेका जानकारी तपाइलाई कस्तो लाग्यो । यस्ता जानकारीमुलक सन्देश लिएर फेरी उपस्थित हुने नै छौ । ब्लाष्टखवर डट कम लग अन गदैं गर्नु होला । अनि ब्लाष्ट खवर युट्यु पनि हेदैं गर्नु होला ।