‘सिलाम साक्म'लाई ‘युनेस्को’ को सांस्कृतिक सम्पदा सूचीमा पुर्याउन आवश्यक तीन चरण

alt
  • चैत्र ७, २०७६
  • ५८६ पटक पढिएको
  • विराट अनुपम

लिम्बू भाषामा ‘मृत्यु छेक्ने बाटो’ को अर्थ लाग्ने ‘सिलाम साक्मा’को प्रयोग, मिथकदेखि लिएर सामान्य जनजीवनसम्म यसका आयामहरू अत्यन्तै धेरै छन् । अत्यन्तै सुन्दर छन् । त्यही महŒवको एक आलेख गत हप्ता यही स्तम्भमा प्रकाशित भएको थियो । ‘प्रदेश १ को सांस्कृतिक ब्रान्डः सिलाम साक्मा’ शीर्षकको आलेख आएसँगै धेरैको चासो युनेस्कोको इन्टेन्जीबल कल्चरल हेरिटेज अर्थात् ‘अमूर्त सांस्कृतिक सम्पदा’ लिस्टमा कसरी लाने भन्ने बारेमा देखियो ।

मुन्धुम कवि प्रदीप मेन्याङ्बो, बेलायत निवासी युवा कवि अमित थेबे, मेची क्षेत्रका याक्थुङ संस्कृतिका युवा अभियन्ता सुमन लिङ्देन देखि युमा साम्याे महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार सुब्बासम्मले चासो देखाउनुभयो । उहाँहरूको जायज चासोसँगै यो दोस्रो आलेख आएको छ ।

हामीसँग भएको अमूल्य सांस्कृतिक सम्पदा सिलाम साक्मालाइ इन्टेन्जीवल हेरिटेजको नोमिनेसन सम्म मात्रै पु¥याउन सक्नु हाम्रो धेरै ठुलो सांस्कृतिक जित हो । जसरी ओस्कार नोमिनेसनमा मात्रै परेको फिल्मको विश्वव्यापी चासो हुन्छ । बुकर प्राइजमा नोमिनेसनमा परेको पुस्तकको विश्वव्यापी चासो हुन्छ । ठीक त्यसै गरी इन्टेन्जीवल कल्चरल हेरिटेजमा हामीले नोमिनेसनमा पु¥याएमा सिलाम साक्माको ब्रान्ड विश्व व्यापी बन्नेछ । नेपालले नयाँ सांसकृतिक सम्पदा विश्वको आँगनमा सगर्व सजाउन सक्नेछ ।

सबैभन्दा पहिले इन्टेन्जीवल कल्चरल हेरिटेज के हो र कस्तो हो भन्ने बारेमा कुरा गरौँ । संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान, तथा संस्कृति सम्बन्धी काम गर्ने आधिकारिक निकाय हो ‘युनेस्को’ । इन्टेन्जीवल कल्चरल हेरिटेज सूचीकृत गर्ने आधिकारिक निकाय युनेस्को नै हो । हामीले सुन्दै आएका नेपालका विश्व सम्पदा सूची अर्थात् वल्ड हेरिटेज साइट भन्दा कान्छो र भिन्न सूची हो इन्टेन्जीवल कल्चरल हेरिटेज लिस्ट । वल्ड हेरिटेज लिस्टमा भौतिक अथवा मूर्त सम्पदाहरूलाई सूचीकरण गरिन्छ ।

सन् २००८ बाट सूचीकरण शुरु भएको इन्टेन्जीवल कल्चरल हेरिटेज लिस्टमा भने मूलतः सांस्कृतिक सम्पदाहरूलाई सूचीकरण गरिन्छ । भारतबाट कुम्भ मेला र योग यसमा सूचीकृत भइसकेका छन् । सात वल्ड हेरिटेज भएको मुलुक नेपालबाट भने एउटा पनि इन्टेन्जीबल कल्चरल हेरिटेज लिस्टमा सूची पुगेको छैन । यो हाम्रौ कमजोरीको कारणले भएको हो । संस्कृतिको धनि देश नेपालले आफ्नो संस्कृति विश्व म्यापमा स्तरीय रूपमा मौलिक सामग्रीसहित उतार्न नसकेरै हाम्रो कुनै पनि सांस्कृतिक सम्पदाले इन्टेन्जीवल कल्चरल हेरिटेजको स्थान पाउन नसकेको हो ।

नेपालबाट र नेपालको प्रदेश १ बाट पनि सिलाम साक्मा यो सूचीमा जान सक्छ । त्यो जानु अगाडि हामीले स्तरीय दाबी गर्न यी तीन काम गर्न आवश्यक छन् ः

१. व्यापक अनुसन्धान र अनुसन्धानको बलियो रिपोर्ट,
कुनै पनि दाबी गर्न सबैभन्दा मुल कुरा त्यसको कन्टेन्ट हो । जसरी फिल्म बनाउनु अगाडि बलियो क्रिप्ट आवश्यक छ । त्यसै गरी सिलाम साक्मालाई युनेस्को सम्म पु¥याउन अनुसन्धान सामग्री आवश्यक छ । सिलाम साक्माको उत्पति, यसको प्रयोग, मिथकदेखि व्यापकताहरू सबैको एक एक अध्ययन गर्न आवश्यक छ । अहिले खासै अध्ययन भएको छैन । सिलाम साक्मा बारेमा सार्वजनिक बौद्धिक बहस अत्यन्तै कम भएको छ ।

अब भने सांस्कृतिक, मानवीय देखि सामाजशास्त्रीय हुँदै वैज्ञानिक दृष्टिकोणका विभिन्न स्तरीय अध्ययनहरू हुनुपर्छ । अध्ययनहरूका निचोडहरूलाइ नेपाली, अङ्ग्रेजी सहित संयुक्त राष्ट्रसङ्घमा प्रयोग हुने स्पेनिस, चिनियाँ, रसियन, अरबिकदेखि फ्रेन्चमा प्रकाशन गर्न आवश्यक छ । सकेमा त अन्तर्राष्ट्रिय चर्चित सांस्कृतिक रिसर्चरहरूको प्रत्यक्ष निर्देशन र अनुगमनमा यस्ता अध्ययनहरू भएमा झनै सुन्दर हुन्छ । अनुसन्धानले दिएको तथ्य, तथ्याङ्क र तर्कहरूले सिलाम साक्माको कन्टेन्ट अत्यन्तै बलियो बनाउनेछ । विकिपेडिया राइटिङ, मिडिया रिपोर्टिङदेखि विभिन्न रूपमा श्रव्यदृश्य सामग्रीहरूसमेत बनाएर सिलाम साक्माको सबै खालका कन्टेन्टमा हामीले काम गर्न सक्छौँ ।

कन्टेन्ट बलियो भएपछि यसको चर्चा र अनुसन्धान युगौँसम्म बलियो हुनेनैछ । युनेस्कोको इन्टेन्जीवल कल्चरल हेरिटेजसम्म पुग्ने हाम्रो पहिलो प्रस्थान विन्दु पनि यही हुनेछ । एउटा सामान्य सांस्कृतिक कार्यक्रममा लाखौँ खर्च हुन्छ । यस्तो दीर्घकालीन महŒवको क्षेत्रमा सरकार र समुदाय दुवैले निर्धक्क भएर साझा लगानी गर्न आवश्यक छ । र, आएको साझा निचोडमा सहमत हुन पनि उत्तिकै आवश्यक छ ।

२. सांस्कृतिक बौद्धिक सम्पत्तिको स्वामित्व
हामीले युनेस्कोमा सिलाम साक्मा पु¥याउन आवश्यक मूल कुरा कन्टेन्ट हो । कन्टेन्टसँगै हाम्रो भएको आधिकारिकता भनेको हाम्रो बौद्धिक सम्पत्तिको अधिकार हो । अर्थात् हाम्रो नै भएको औपचारिक प्रमाण हो । यसको लागि वल्ड इन्टेलेक्चुएल प्रोपर्टि अर्गनाइजेसन नामक संयुक्त राष्ट्रसङ्घीय एक आधिकारिक निकाय नै छ ।

स्विजरल्यान्डको जेनेभामा मुख्यालय भएको छोटकरीमा डब्लुआइपीओमा हामीले सिलाम साक्माको बौद्धिक सम्पत्तिको हाम्रो आधिकारितका औपचारिक रूपमा दाबी गरेर स्वामित्व लिन सक्छौँ । डब्लुआइपीआ डट आइएनटी नामक यसको वेबसाइटमा गएर हामीले पेटेन्ट बौद्धिक सम्पत्ति दाबाको जानकारी लिन सक्छौँ । प्रोटेक्ट एन्ड प्रमोट योर कल्चर अर्थात् आफ्नो संस्कृतिको संरक्षण र प्रबद्र्धन गरौँ भन्ने आग्रह सहितको सांस्कृतिक सम्पदाको विभिन्न सात खालका बौद्धिक सम्पत्तिहरूको रक्षा हुन्छ ।
कपिराइट, पेटेन्ट, ट्रेडमार्क, जियोग्राफिकल इन्डिकेसन, इन्डस्ट्रियल डिजाइन र ट्रेड सेक्रेट्स नामक विभिन्न सात खण्डमा कुनै आवश्यक खण्डमा हामीले सिलाम साक्मालाई दर्ता गराउन सक्छौँ । विभिन्न सांस्कृतिक समुदायका मौलिक उपचार पद्धति, जीवनशैली देखि सांस्कृतिक बिम्बहरूलाई अवस्था र आवश्यकता हेरेर कुनै खण्डमा दर्ता गर्न सकिन्छ ।

उदाहरणको लागि नेपालका माझीले माछा हाल्न प्रयोग गर्ने जस्तै बास्केट रहेछ केन्याका आदिवासी महिलाले उत्पादन गर्ने । उनीहरूले यसको ट्रेडमार्क लिएका छन् । टेइटा बास्केट नामबाट परिचित यो बास्टेकको ट्रेडमार्क लिन उनीहरूले एक संस्था नै खोलेका रहेछन् । यो संस्थाले टोइटा बास्केटको साइज, आकारदेखि रङ्ग सबै निर्धारण गर्ने अधिकार पाएको डब्लुआइपीओका डिरेक्टर जेनेरल फ्रान्सिस गुरेले आफ्नो हस्ताक्षरित गाइडलाइनमा बताएका छन् ।

सिलाम साक्माका बलियो कन्टेन्ट निर्माण भएपछि हामीले डब्लुआइपीओको मुख्यालयमा गएर आवश्यक प्रक्रियाहरू पूरा गरेर बौद्धिक सम्पत्ति लिन सक्छौँ । बलियो कन्टेन्टदेखि बौद्धिक सम्पत्तिको समेत अधिकार भएपछि हाम्रो युनेस्कोको नोमिनेसन प्रक्रियामा सबैभन्दा बलियो आधार हुन्छ । बौद्धिक सम्पत्ति नेपालबाटै लिन किन पनि आवश्यक छ भने सिलाम साक्मा प्रयोग भारतीय नेपाली भाषीहरूले पनि गर्छन् । उनीहरूले पनि दाबा गर्न सक्छन् । उनीहरूको दाबा अगाडि नै स्तरीय कन्टेन्टसहित हामीले हाम्रो बौद्धिक सम्पत्तिमा आफ्नो औपचारिक स्वामित्व लिन सक्छौँ ।

३. युनेस्कोको नोमिनेसन
बलियो कन्टेन्ट देखी बौद्धिक सम्पत्तिको स्वामित्व आएसँगै युनेस्कोमा इन्टेन्जीबल कल्चरल हेरिटेज साइटको नोमिनेसनमा सिलाम साक्मा सहजै पुग्न सक्छ । युनेस्कोको इन्टेन्जीवल कल्चरल हेरिटेज डोमेन अनुसार विभिन्न पाँच खालका सांस्कृतिक सम्पदाहरू यसमा अटाउन सक्छन् । ती हुन्
- भाषा वा श्रुति परम्परा
- प्रस्तुति कला
- सामाजिक चालचलन, रितिरिवाज र सांस्कृतिक उत्सवहरू
- प्रकृति तथा ब्रह्माण्डसँग सम्बन्धित ज्ञान र अभ्यास
- परम्परागत कलाकर्महरू

माथिका पाँचै खण्डमा सिलाम साक्काको कुनै न कुनै कनेक्सन छ । यही कनेक्सनको बलियो कन्टेन्ट र बलियो बौद्धिक अधिकारसहित हामीले पेरिसमा रहेको युनेस्कोको मुख्यालयमा पुगेर स्तरीय दाबा गर्न सक्छौँ । अनलाइनबाट पनि हामीले आइसिएच डट युनेस्को डट ओआरजीबाट फारम भर्न सक्छौँ । हाम्रो दाबालाइ युनेस्कोले स्विकार गरेमा नेपालको नयाँ सांस्कृतिक विश्व सम्पदान त हुने नै छ । कम्तीमा नोमिनेसनमा मात्रै परेमा पनि सिलाम साक्माको राष्ट्रिय सुन्दरताले अन्तराष्ट्रिय रूप लिनेछ । साथै यसबाट अन्य सांस्कृतिक सम्पदालाई पनि कसरी युनेस्को सम्म पु¥याउने भन्ने सामुदायिक ज्ञान र अनुभवसमेत बढेर जानेछ ।
(लेखक नेपाल पर्यटन पत्रकार महासङ्घ प्रदेश १ समिति अध्यक्ष हुन्)

हिमालयन मेघा कलेजको ...

धरान / लकडाउनको कारण समस्यामा परेका परिवारहरुका लागि भन ...

स्पेन र अमेरिकामा मृ ...

धरान / स्पेन र अमेरिकामा कोरोनाभाइरसका कारण एकै दि ...

आजको राशिफल, २०७६ चै ...

विसं २०७६ चैत २०। बिहीवार। इस २०२० अप्रिल २। नेसं ११४० ...

युवा संघकाे ५ सय केज ...

पथरी /  राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कम ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved