कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि माहामारीको रुपमा फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ुविश्वव्यापी महामारीुको सङ्ज्ञा दिईसकेको छ । चीनबाट सुरु भएको कोभिड–१९ अर्थात नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु अझै पनि रोकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका यसको महामारी बाट धेरै प्रभावित भएका छन् ।

आज मंगलवार सम्मको तथ्याङ्क हेर्दा विश्वभरीमा संक्रमितको संख्या ७ लाख ८६ हजार ९ सय ७३ जना रहेका छन् भने १ लाख ६५ हजार ९ सय ३२ लाई रिकोभर भईसकेको छ जसमध्ये ३७ हजार ८ सय ४३ जनाले यो रोग बाट ज्यान गुमाईसकेका छन् । नेपालमा पनि यो रोगका ५ जना संक्रमित व्यक्ति फेलापरि सकेका छन् । नेपाल ८ दिन देखी लकडाउनमा छ । यसलाई नियन्त्रण गर्न सरकारले देशलाई लकडाउन गरेपछि देशभरी नै सबै उद्योग, धन्दा व्यापार, व्यवसाय पुर्ण रुपले ठप्प भएका छन् ।

बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर र घर भाडामा लिएर संचालन गरिएको उद्योग धन्दा, व्यापार, व्यवसाय सरकारको कोरोना भाईरस नियन्त्रणका लागी लकडाउन गर्ने निर्णयको समर्थन गरी सहयोग गर्दै पुर्ण रुपमा बन्द गरिएको हँुदा लकडाउन गरिएको समय देखि नेपाल सरकार र वित्तिय संस्था संचालकहरुलाई बैंक र लघुबित्त, सहकारी संस्था लगायत सबै बित्तिय संस्थाहरुबाट लिएको ऋणको ब्याज मिनाहा र घरवाला हरुलाई समेत लकडाउन अबधी भरको घरभाडा छुट गरिदिएर सहयोग गरिदिए धरासयी वन्दै गरेका नेपाली व्यवसायी केहि तंग्रिने थिए ।

सरकारले लकडाउनको पाँचौ दिन कोभिड–१९ को सम्भावित महामारीलाई रोक्न आफूले चालेका कदमका कारण अर्थतन्त्रमा परेका असरलाई सम्बोधन गर्न केही सहुलियतका कार्यक्रम घोषणा गरेको छ । यो निर्णय व्यवसायीको लागी मात्र नभएर समग्र नेपालीको लागी स्वागत योग्य रहेको छ ।

यस कार्यक्रम सञ्चालनको विषयका सम्बन्धमा सबैभन्दा सबल पक्ष भनेको स्थानीय तथा प्रदेश सरकारको संलग्नता हो । सम्भावित महामारीका लागि लिनुपर्ने कदम विकेन्द्रित प्रकृति रहेको हुँदा नजिकको निकाय विशेषगरी स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ जुन राहत कार्यक्रमको सफल कार्यान्वयनका लागि अनिवार्य छ ।

अहिलेका लागि व्यावसायिक फर्महरूको अल्पकालीन दायित्वलाई केहि समय पछाडि धकेलिएको छ । आयकर र मूल्य अभिवृद्धि करको दाखिलाको समायसीमा वैशाख सम्म सारिएको छ । विभिन्न प्रतिवेदन बुझाउने वा नवीकरण गर्ने समयावधि पनि थपिएको छ । यसले व्यवसायीहरुमा केहि आशा भने पलाएको छ । मुलुकको समग्र विकासमा महत्वपुर्ण योगदान दिदै आईरहेको उद्योग, व्यापार, व्यवसाय क्षेत्रले कोरोना भाईरसको महामारीका कारण देश नै ठप्प हुँदा ठुलो धरासयीमा परि संकटमा पर्दै गएकोले उद्योग व्यापार र व्यवसायलाई बचाँउदै यस क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धन गर्न यतिवेला सहयोगको खाँचो छ ।

विवेक मिश्र, बेलवारी उद्योग वाणिज्य संघ, महासचिव