धरान । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९) को प्रारम्भिक जांज २ सय २३ जनाको भएको छ । ती मध्ये १ सय ९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको र १४ जनालाइ फुश्रेस्थित सैनिक महाविद्यालयले स्थापना गरेको क्वारेन्टाइनमा पठाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा अशोक ऐयरकाअनुसार यसअघि ११ जनालाई प्रतिष्ठानकै आइसोलेशन वार्डमा राखेर उपचार गरि डिस्चार्ज दिइसकिएको छ । उनले भने, ‘पछिल्लो समयमा प्रतिष्ठानले २६ जनाको स्वावको नमूना संकलन गरेको थियो । ती मध्ये १९ जनाको स्वाव टेकुमा पठाएको र सातको प्रतिष्ठानमै ल्याव टेस्ट गरेको थियो । ती सवैको नतिजा नेगेटिभ देखिएको थियो ।’

प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागमा कोरोना भाइरसको परिक्षण गर्ने प्रयोगशाला स्थापना भएपछि प्रदेश १ का विभिन्न अस्पतालहरुबाट रिफर गरेर आएका ५० जनाको स्वावको नमूना टेस्ट गर्दा ३६ जनाको नतिजा नेगेटिभ आएको छ भने बांकी बांकी १४ जनाको रिपोर्ट आउन बांकी छ । उनले हाल २० वेढको आइसोलेशन वार्ड दुइ वेडको आइसियु बेड रहेको बताए ।

प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका मोलिकुलर प्रविधिका विषेशज्ञ चिकित्सक एडिशनल प्रोफेसर डा नारायण भट्टराईकाअनुसार पुर्वका केही अस्पतालमा राइबो न्यूक्लिक एसिड (आरएनए) छुट्याउने प्रविधि छ । डा भट्टराईले ती अस्पतालहरुले संकास्पद विरामीका संकलित स्वावबाट आरएनए छुट्याएर सुरक्ष्ँित तरिकाले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएएम) मार्फत पठाइदिन सकेमा दैनिक ९० देखि सयजनाको ल्याव रिपोर्ट छोटो समयमै दिन सक्ने क्षमता रहेको प्रतिष्ठानमा रहेको बताए ।

उनले आरएनए छुट्याउन आफुहरु तालिम दिएर जनशक्ति उत्पादन गर्न पनि तयार रहेको बताए । उनले भने, ‘संकलित नमूनाको आरएनए नछुट्याई ल्याउदा प्रतिष्ठानको लामो प्रोसेस गर्नु पर्ने र त्यसो गर्दा रिपोर्ट आउन ८ देखि १० घण्टा समय लाग्ने गरेको छ । उनले भने, ‘अव ¥यापिड टेस्ट गर्नुको विकल्प छैन ।’ प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा डा संजीव शर्माले नेपालमा कोरोना दोश्रो तहमा प्रवेश गरेकाले सरकारले तत्काल ¥यापिड टेस्ट गर्ने व्यबस्था गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘प्रतिष्ठानमा भइरहेको पिसिआर मोलिकुलर प्रविधिले मात्र धान्न सक्दैन । यसकालागि संक्रमण फैलन नदिन समुदायमै पुगेर ¥यापिड टेस्ट गर्नु अव ढिला गर्नु हुदैन ।’