ब्लाष्टखबर । इटहरीस्थित जनता माविले बैंक खातामा रकम जम्मा गरेपछि मात्र विद्यालयले विद्यार्थी भर्ना गराउने भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।
इटहरी उपमहानगरपालिकास्थित जनता माध्यमिक विद्यालयले केहि अविभावकहरुको बुझाइमा विद्यालयलाई सहयोग रकम बुझाएपछि  मात्र विद्यार्थीलाई भर्ना गराउने भन्ने भ्रम सिर्जना भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो ।

विद्यालयले बिहीबार एक सुचना जारी गरी विद्यार्थीका अविभावकहरुले बैक खातामा रकम जम्मा गरेको बुझीएकोले त्यो नगर्न र नगराउन समेत आग्रह गरेको छ ।   

सूचनामा विद्यालयले शैक्षिक सत्र २०७७ का लागी प्रवेश परीक्षाको फारम भरेका विद्यार्थीहरुको कोरोना महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण प्रवेश परीक्षा संञ्चनलन गरी छनौट गर्न नसको बताएको छ । यो बर्ष प्रवेश परीक्षा नलिनेसमेत विद्यालयले जानकारी दिएको छ ।

गत बर्ष १५ सय विद्यार्थीहरुले आवेदन दिए पनि सबैले अध्ययनको अवसर नपाएकाले यो बर्ष पैसा अगाडी बुझाए पछी अध्ययनको अवसर पाइने भ्रम परेर स्वच्छिक रकम बैक खातामा जम्मा गर्न बुझिन आएकाले यो संकटको बेला कुन अभिभावकहरुले रकम जम्मा नगर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङगालले जानकारी दिए । ‘हामीले कोही अभिभावकहरुलाई पैसा जम्मा गर्न भनेका छैनौं । पैसा जम्मा गरेर पहिले गर्नेले नानीहरुलाई पढाउन पाइने आशाले केही अभिभावकहरुले गर्नु भएको रहेछ ।’–अध्यक्ष दङगालले भने–‘हामीले यस स.कटको बेला भर्ना लिने काम गरेका छैनौ । र अभिभावकसँग कुनै शुल्क पनि मागेका छैनौं ।’

यसपटक भने कोरोनाका कारण प्रवेश परिक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै विद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ ।

विद्यालय प्रशासनका अनुसार दुई वटा भवनमा गरेर २४ वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविधा सम्पन्न हुने बताइएको छ ।

विद्यालयलाई सहयोग गर्नेलाई प्राथमिकतामा राखि भर्ना गर्ने भन्ने किसिमको सूचना फैलिए पछि ७० जना अविभावकहरुले मंगलबार विद्यालयलाई बैंकमार्फत सहयोग जम्मा गरेका थिए । तर स्कूल प्रशासनले भने लकडाउन खुलेपछि सबैको भर्ना हुने जनाउँदै अविभावकहरुलाई हतार नगर्न र नआत्तिन अनुरोध गरेको छ ।

अग्रेजी माध्यममा अध्यापन हुन थाले पछि बोर्डिङ स्कुलबाट अत्याधिक रुपमा विद्यार्थीहरु जनता माविमा भर्ना हुदैं आएका छन् । अभिभावकहरुको सहकार्यमा विद्यालयले अग्रेजी माध्यममा पठन पाठन गदैं आएको छ ।

unnamed