नेपाल र भारतको सम्बन्धको इतिहास धेरै लामो छ , तर हालैका वर्षहरुमा यो तनावपूर्ण बन्दै गएको छ । हालसालै, भारतले गरेको सडक उद्धघाटनले  तनावतर्फ धकेल्दै दुबै पक्षको सीमा विवादले नयाँ मोड लिएको छ । 

अशोक स्वैन भारतमा जन्म भई स्वीडेनको उप्पशाला विश्वविद्यालयमा शान्ति तथा द्वन्द्व अनुसन्धान विभागका प्राध्यापक हुन् । सन् २०१७ मा युनेस्कोको इन्टरनेशनल वाटर कोअपरेशनका अध्यक्ष भएका ब्यक्ति हुन् । अन्तर्राष्ट्रिय रुपमा द्वन्द्व न्यूनीकरण, पानी र सीमा विवादमा भूमिका समेत निर्वाह गरेका चर्चित स्वैनसँग द डिप्लोम्याट डट कमका अरुण बूढाथोकीले नेपाल र भारतबीच भएको हालैको सीमा विवादका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ । 

डिप्लोम्याट :  नेपालले आफ्नो भूमाग भनेर दाबी गरिरहेकामा भारतले गरेको हालैको सीमा अतिक्रमणलाई कसरी लिनु हुन्छ ? यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट सञ्चालित भएको हो कि भारतीय विदेश नीतिबाट भएको हो ? 

अशोक स्वैन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विचार र भारतीय विदेश नीतिमा म कुनै भिन्नता देख्दिन । के कुरा सत्य हो भने नेपाल लगायत अरु दक्षिणी मुलुकहरुसँगको भारतको विदेश नीति प्रतिकूल अवस्थामा गइरहेको छ र ठूलो दाइ हुनुको बडप्पन र कम कुराकानीका साथै आपसी सम्मानको अभाव देखिदै गएको छ । समय र भूराजनीति परिवर्तन हुँदै गएको सन्दर्भमा नीति सुस्त गतिमा परिवर्तन भइरहेको तर नरेन्द्र मोदी प्रधानमन्त्री भइकन संक्रमणकाल रोकिएको छ । सन् २०१४ मा मोदी सत्तामा आएपछि उनले पुरानै भारतीय छिमेकी नीति अवलम्बन गरेका छन् । 

डिप्लोम्याट : दुबै मुलुकका आ आफनै दाबी छन् , तर भारत भने १८१६ को सुगौली सन्धी (जसले लिपुलेक, कालापानी , लिम्पियाधुरा नेपालको हो भनेर भन्छ ) लाई मान्दैन । तपाईंलाई लाग्छ नेपालले यो कुरा बेलायतसँग राख्नुपर्छ ?  

अशोक स्वैन : मलाई लाग्दैन बेलायतले सहयोग गर्ला भनेर । पहिलेका औपनिवेशिक शासकहरु इतिहासको आफना उत्तरदायित्वहरुबाट पन्छिसकेका छन् । बेलायतसँग न त शक्ति छ , न भिन्नता देखाउने कुनै नीति छ । बेलायतको पुरानो उपनिवेश इजिप्टसँग पनि इथोपियाको भएको पानीको बिशाल बाँधको विवादमा यस्तै खालको माग भएको थियो तर बेलायत त्यस विवादमा संलग्न भएको भएपनि केही पार लाउन सकेन । विवाद सुल्झाउनका लागि नेपाल र भारतका बीच वार्ता भन्दा उत्तम विकल्प केही हुँदैन । यदी वार्ताबाट हुन सकेन भने पनि कानूनी उपचारका लागि अर्को उपाय भनेको अन्तर्राष्ट्रिय न्यायलय हो । 

डिप्लोम्याट : भारतलाई नेपालमा प्रायः विस्तारवादी वा क्षेत्रीय बदमाशका रूपमा हेरिन्छ । भारतमा निरन्तर नेपाल केवल एक उपग्रह वा प्रतिनिधि राज्य हो र साथै हालसालै कम्युनिष्ट वा चीन समर्थक राज्य हो भन्ने कथन जारी छ ।  नेपाललाई  अर्को प्यालेस्टाइन बनाउने भारतको लक्ष्य हो कि  ? 

अशोक स्वैन : दक्षिणपन्थी शासनको अधीनमा रहेको भारत कुरा धेरै गर्ने र काम कम गर्नेमा पर्छ । कोभिड १९ को संकट देखा पर्नु अगाडि नै यसको अर्थतन्त्र एकदमै डरलाग्दो स्थितिमा रहेको र यसको क्षेत्रीय सुरक्षालाई पाकिस्तान र चीन दुई मोर्चाबाट लगातार चुनौती देखा परिरहेको छ । कसैले भारतबाट  सुनेको हल्लाबाजहरुको आवाजलाई  गम्भीरताका साथ लिन जरुरी छैन , किनकि उनीहरूसँग वैश्विक र क्षेत्रीय भूराजनीतिमा आइरहेको परिवर्तनलाई आधारभूत रुपमा सम्झिन सक्ने क्षमताको अभाव छ  र सैन्य, आर्थिक र विश्वव्यापी शक्ति स्थितिको बलमा उसको दम्भको दृष्टिकोण छ ।

डिप्लोम्याट : नेपाल र भारतबीच बढी रहेको तनावलाई कसरी लिनु हुन्छ ? सन् २०१५ मा भारतले नेपालमा नाकाबन्दी ग¥यो , र अहिले लिपुलेकमा सडक बनाएको छ । भारतले अनधिकृत रुपमा आफनो जमिन कब्जा जमाउन खोजिरहेको सन्त्रासमा नेपाल छ । भारतको नेपालप्रतिको स्वार्थ पानी र सुरक्षा मात्रै हो त ?  

अशोक स्वैन : मलाई लाग्दैन कि भारत नेपालको क्षेत्र ओगट्न चाहन्छ । नेपालसँग व्यवहार गर्ने भारतको वास्तविक समस्या संवेदनशीलता र आपसी सम्मानको अभाव हो । गल्तीलाई सुधार्ने भन्दा पनि यो खालको दृष्टिकोण राखिराख्न उसैको सुरक्षाको लागि प्रतिउत्पादक भएको छ भन्ने कुराको हेक्का राख्न ऊ असफल भएको छ, अझै यही दृष्किोणलाई मजबुत बनाउदै लगिरहेको छ । दुबै देशले लाभ हासिल गर्नका लागि धेरै कुराहरु छन् । विशेष गरी भारतले पारस्परिक लाभका आधारमा पानीको सवाललाई सम्बोधन गर्नुपर्छ ।  “म मात्रै“ भन्ने खालको दृष्टिकोण राख्ने हो भने कहिले पनि सीमा वारिपारिको पानी माथिको साझेदारीमा लाभकारी हासिल गर्ने र त्यो दिगो पनि हुनसक्दैन । 

डिप्लोम्याट : नेपालका विश्लेषकहरू १९५०को  दशकदेखि भारतले नेपालको राजनीतिक मामिलामा हस्तक्षेप गरिरहेको भन्दै आएका छन् र भारत केवल नेपालमा नियन्त्रित अस्थिरताको स्थिति कायम राख्ने स्वार्थमा छन् । तपाईलाई भारतले नेपालबाट के चाहना राखेको छ भन्ने लाग्छ ? 

अशोक स्वैन : मलाई लाग्छ  भारत एक देशको रूपमा  र त्यहाँका जनतासँग नेपालको लागि ठूलो सद्भाव छ । तर यदि शासकको दृष्टिकोणलाई हेर्ने हो भने, अल्पदृष्टि तर श्रेष्ठ बन्ने हतारो छ । नियन्त्रित अस्थिरताको पनि आयु छ र त्यो खेल खेल्दै गर्दा भारतले आफ्नो प्रभावको प्रमुख अंश गुमाइसकेको छ । यदि ऊ नेपालको पक्षमा फिर्ता जान चाहान्छ भने  भारतीय नीति समयमै परिपक्व हुनु आवश्यक छ त्यो सम्बन्धको विकास हुनु जरुरी छ र मैले भन्दै आइरहेको कुरा पनि  आपसी सम्मान र सहकार्यका साथ र त्यो सम्बन्ध विकास हुनु आवश्यक छ भन्ने कुरा हो । 

डिप्लोम्याट : नेपाल र भारत आपसी समाधानका लागि कसरी आउलान् ? 

अशोक स्वैन : वार्ता , वार्ता र वार्ता । समस्या समाधानका लागि प्रयासरत पक्षहरुका लागि वार्ता भन्दा उत्तम विकल्प छैन । तर, वार्ता आपसी समझदारीको सूत्रमा आधारित हुनुपर्छ , एक पक्षीय दबावमूलक एजेण्डा र वार्ताबाट हैन ।  दुबै देशका धेरै साझा कुराहरु छन् ः भूगोल, इतिहास, संस्कृति, भाषा र धर्म । यदी उनीहरु वार्ता गर्न समाधान निकाल्न सक्दैनन् भने , कसले सक्छ त ? 

डिप्लोम्याट :  नेपालका राजनीतिज्ञहरु ढुक्कले बसेको र केही नगरी बसेको आरोप नेपाली जनताले लगाई  रहेका छन् । नेपालले लिपुलेख सीमाको छेउमा सशस्त्र प्रहरी बल (एपीएफ) परिचालन गरेको छ र कालापानी र अन्य सीमा क्षेत्रमा एपीएफ सीमा चौकी स्थापना गरिरहेको छ । के नेपालले यसको सिमाना बारमा लगाउनु पर्छ ?

अशोक स्वैन : सीमानामा बार लगाउनु समाधान होइन र यस्तो प्रयास कतै पनि गरिएको छैन । यदि भारत र बंगलादेश  मिलेर धेरै जसो उनीहरूको सीमा विवाद समाधान पारस्परिक समझदारीका आधारमा गर्न सक्छन् भने किन भारत र नेपालले यस्तै गर्न सक्दैनन ? सुरक्षा बल ल्याएर र यस मुद्दालाई उच्च सुरक्षा मुद्दाको रुपमा हेर्दा  दुबै देशलाई कुरा गर्ने क्रममा कुरा गर्न गाह्रो हुन्छ । मलाई लाग्छ कि नेपालले सर्वप्रथम दुईपक्षीय आधारमा आफना सबै राजनैतिक र कूटनीतिक पूंजीको प्रयोग गरी भारतलाई  द्विपक्षीय सीमा विवादको समाधानका लागि विस्तृत सम्झौतामा पुग्न अनुरोध गर्नुपर्दछ ।

डिप्लोम्याट : भारतले नेपाललाई सधैं जसो आफू विरुद्ध चीन कार्ड खेल्छ भन्ने दोष लगाउँदछ । तर नेपालमा भारत विरोधी घटना भयो भने भारतले चीन कार्ड वा पाकिस्तान कार्ड खेल्छ । यस्तो आफैमा विरोधाभाष पूर्ण मानसिकता दिल्ली प्रशासनमा किन भएको भन्ने कुरामा तपाईंलाई के लाग्छ ? 

अशोक स्वैन :  यो एकदमै सजिलो तरिका भएकाले उनीहरुले यसो गरेका हुन् । किनभने  उनीहरुको गलत कदमले उनीहरूलाई यो अवस्थामा ल्याइपु¥याएको भन्ने कुरा राम्रोसँग थाहा छ । 

डिप्लोम्याट :  भारतीय सेना प्रमुख जनरल एमएम नारावनेले हालै नेपालले चीनको सल्लाहमा लिपुलेखमा भएको सडक निर्माणको विरोध ग¥यो भन्ने टिप्पणी गरेका छन् । भारतले पनि पनि नेपालबाट पाम तेल आयातमा प्रतिबन्ध लगायो । तपाईं नेपालमा सेना प्रमुख जनरलको टिप्पणीलाई कसरी हेर्नुहुन्छ ?

अशोक स्वैन :  नेपालमा चीनको बढ्दो प्रभावको बारेमा भारतमा बढ्दो चिन्ता  छ । तर, आत्मसमिक्षा गर्नुको सट्टा यसले नेपाललाई दोष दिने सजिलो बाटो अपनाएको छ । मित्रता जहिले पनि दोस्तीमा आधारित हुन्छ, जबरजस्ती वा छल गरेर   होइन । 
भारतीय सेनापतिहरुको राजनीतिक र कूटनीतिक जस्ता संवेदनशील विषयहरूमा टिप्पणी गर्नबाट आफूलाई अलग राख्ने लामो परम्परा रहेको थियो । तर, त्यो परिवर्तन भएको छ र भारतमा एक नयाँ प्रवृत्र्ति देखा परेको छ , र जनरलहरूले कुनै पनि र सबै कुराको बारेमा टिप्पणी गरिरहेका छन् । तिनीहरू आफ्नो पेशाको आधारभूत मर्यादा पालन भन्दा पनि सत्तारूढ शत्तिलाई खुशी राख्न बढी उत्सुक छन् भन्ने देखिन्छ । 

डिप्लोम्याट :   चिनको उदय सँगै  नेपालमा युवाहरुको आवाज , के भारतले  नेपालको सार्वभौमिकताको सम्मान गर्न सुरु गर्नु पर्छ भन्ने लाग्छ ?

अशोक स्वैन :  मैले पहिले भनेको छु, संसार पहिले पहिले जस्तो छैन । भारतीय विदेश नीतिले यसलाई सकेसम्म चाँडो स्वीकार्नु पर्छ र सकेसम्म छिटो आफना कृयाकलापलाई सुधार गर्न आवश्यक छ।

डिप्लोम्याट :  नेपाल र भारतको सम्बन्धको भविष्य कस्तो होला ? 

अशोक स्वैन :  नेपाल र भारतको सम्बन्ध मैत्रीपूर्ण र सहयोगी हुनु पर्छ । आपसी लाभका लागि दुबैसँग धेरै कुराहरु छन् । यद्यपि भारतले सम्बन्धलाई यथावत राख्न धेरै सक्रिय भूमिका खेल्नु पर्छ । यदि भारतसँग एक विश्वको शक्ति बन्ने महत्वाकांक्षा छ भने, यसको छिमेकी मैत्री हुनुपर्छ । यदि भारत नेपालसँग मित्र हुन सक्दैन भने अरु कुन देशहरूसँग यो हुन सक्छ त ।