वर्तमान स्थितिमा लक्डाउन मात्रै महामारी फैलिन नदिन सफल अभ्यास प्रमाणित भएको छ । विश्व स्वास्थ्य संगठनले समेत यसै प्रकृयालाई सिफारिस गरीरहेको छ । तर यो नै सधैंका लागि विकल्प भने पक्का होइन ।
यद्यपी लामो समय ७१ दिन बितिसक्दा पनि महामारी फैलिन रोकिएको छैन्। अझ कोरोनाको संक्रमण बढ्दो छ । जति जति संक्रमणको संख्या बढ्दो छ आर्थिक गतिविधि झन तल झर्दै छ । संघीय प्रदेश तथा स्थानिय सरकारद्वारा दिइएको राहत सामग्रीहरू लिने लाभग्राही अति गरीवबाट गरिव हुदैँ निम्न वर्गीय जनतासम्म आइपुगेको छ ।
शुरुवाती समयमा गरीवलाई मात्र दिइएको राहत अब निम्न वर्गीय परिवारलाई दिन वाध्य भएको दैनिक श्रम बेच्ने श्रमिकहरूको कार्य क्षेत्र बन्द हुनाले रोजगारदाता र श्रमिक दुवै मारमा परेका छन् । दैनिक मजदुर श्रमिकहरूको रोजगारी, निजि क्षेत्रमा कार्य गर्ने कर्मचारीको रोजगारी गुमेको अवस्था छ । निजि क्षेत्रबाट संचालित संगठीत कार्यक्षेत्रका श्रमिकहरू(९निजि विद्यालयका शिक्षक, निजि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, होटल, रेष्टुरेन्टमा कार्यरत कर्मचारी, उद्योगमा कार्यरत मजदुर कर्मचारी आदि) नियमित कार्यस्थल गएका छैनन् काम नभए पछि रोजगार दाताको आम्दानी नियमित छैन् । फलस्वरुप नियमित खाइपाई आएको तलवमान अनिश्चित भएको छ । बन्द अवधिको तलवमा आपसी समझदारीमा कतिपयले निश्चित गरेका छन् कतिपयको सुनिश्चत पनि छैन् । पाउने नपाउनेमा रोजगारीको असंगठित क्षेत्रहरू कृषि श्रमिक, मध्यम प्राविधिक श्रमिक (इलेक्टीसियन, मेशन, प्लम्बर, मेकानिक आदि)को काम पनि प्राय ठप्प छ । ठूला निर्माणको काम सरकारी क्षेत्रको शुरुवात भए पनि निजी आवास निमार्णको काम प्राय अवरुद्ध नै छ । मर्मतको कामका लागि श्रमिकलाई बोलाउने काम गरेको छैन् । यसबाट श्रमिकहरू आफ्नो रोजगारी गुमाएका छन् ।
होटल, रेष्टुरेन्टमा काम गर्ने र शैक्षिक समस्यामा काम गर्ने श्रमिकहरूको रोजगारी अनिश्चित भएको छ । लक्डाउन खुले पनि स्थिति सामान्य नभएसम्म खुल्ने छैनन् यी क्षेत्रहरू । यिनको रोजगारी सोहि अनुरुप हुने निश्चित छ ।
स्वरोजगारमा रहेका साना तथा लघु उद्यम गर्ने व्यवसायीले आफ्नो पेशा र व्यवसाय परिवर्तन गर्न थालेका छन् बजारका खुद्रा व्यापारी, ठेलागाडामा खाजा पसल चलाउने व्यवसायी, कपडा तथा जुत्ता चप्पल व्यवसायी कपडा सिलाई व्यवसायी देखि इ–रिक्सा तथा ट्याम्पो व्यवसायीहरू दोहोरा मारमा परेको देखिन्छ । व्यवसायीको स्टोरमा भएका सामाग्री काम नलाग्ने अवस्थामा परिणत हुदैछ भने स्वयमको रोजगारी गुमेको छ । यस्ता व्यवसायमा परिवारकै संलग्ना रहने भएकोले परिविारनै वेरोजगारभएको अवस्था छ ।
यसरी नै यातायात क्षेत्रमा कार्यरत मजदुर र यातायात आश्रित श्रमिक (भरीया, लोडर आदि) को अवस्था समेत दयनीय देखिएको छ । थोरै तलब र यातायात चलेको अवस्थामा पाइने दैनिक भत्ताले गुजारा गर्दै आइरहेको श्रमिकको रोजगारी गुमेको छ । यातायात चल्दा गाडीमा सामान लोड र अनलोड गर्ने श्रमिक सबैको रोजगारी गुमेको छ ।
यसरी नै, निजि क्षेत्रका पसिलमा कार्यरत सेल्स ब्याई, सेल्स गल्स, र बजारीकरणमा कार्यरत श्रमिकले समेत आफ्नो रोजगारी गुमाएका छन् ।
भविष्यमा महामारीको गति शून्य भई सकेपछि स्थिति समान्य अवस्थामा फर्किएर पनि यी सबे र तिनमा कार्यरत श्रमिकको रोजागरी विगत कै अवस्थामा फर्किने अवस्था छैन् ।
यी मध्ये करीब ३० प्रतिशत जति अर्थात करीब १ लाख ५० हजारले रोजगारी घट्ने छ । रोजगार दातो श्रमिकको संख्या कटौती गर्ने छन् । यसरी नै वैदेशिक रोजगारीमा गएका प्रदेश नम्बर १ का करीब १ लाख युवा फर्किने छन् । अनि वार्षिक रुपमा श्रम बजारको लागि तयार हुने ५ लाख युवा मध्ये करीब ८० देखि ९० हजार युवा प्रदेश १ मा तयार हुने छन् । यी सबै आकडालाई जोड्ने हो भने करीब ३ लाख ४० हजार बेरोजगार देखिन्छ यो आकडालाई सम्बोधन गर्ने गरी रोजगारी श्रृजना हुने रणनिति तथा कार्यक्रम ल्याउन जरुरी छ ।
यो संकटकोबेला स्थानीय तहलाइृ आत्म निर्भ हुने अवसर पनि हो । आफ्नोस्थानीय तहलाईआत्म निर्भर बनाउन स्थानीयले नयाँ योजनाल्याउनु पर्दछ । अव विदेशबाट फर्केकाहरुलाई रोजगारी सृर्जना गर्ने ेजिम्मेवारी पनि स्थानीय तहलाई जान्छ । त्यसो भएकाले ३ लाख४०हजारहाराहारीकाबेरोजगारमानिसलाई रोजगारयुक्त बनाउन नयाँ योजना र काम अपरिहार्य छ ।
(लेखक पाथिभरा टेक्निकल कलेज इटहरीका प्रवन्ध निर्देशक हुन् ।)