धरान / बैशाखदेखि नयाँ शैषिक सत्र शुरु हुने शैक्षिक क्यालेण्डर कोरोना संक्रमणले लथालिङ बनेको छ । दुई महिनादेखि विद्यालय बन्द भए पछि विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् । यद्यपी सामुदाियक विद्यालयका विद्यार्थीहरुको पढाईलाई मध्य नजर गदैं केही विद्यालयका शिक्षकहरुले भने विद्यार्थीका लागि दुरशिक्षा प्रदान गरिरहेका छन् । तर धेरै विद्यार्थीहरुलाई विद्यालयहरुले समेटन भने सकेको छैनन् ।
धरान उपमहानगरपालिकामा ४९ वटा सामुदायिक विद्यालयहरु छन् । शिक्षा सदन माविका दुई शिक्षकहरुले विद्यार्थीहरु पढाई नविर्सुन भनेर अनलाइन मार्फत नियमित सम्पर्कमा छन् ।
शिक्षिका बेणु काफ्लेका अनुसार बैशाख २५ गते बार्षिक परीक्षाको रिजेल्ट प्रकाशित गरे पछि शिक्षक मोहन राई र केशवप्रसाद खतिवडाले पालो मिलाएर विद्यार्थीहरुमा अनलाईन छलफल चलाई रहेका छन् । तर सामुदायिक विद्यालयका सबै विद्यार्थीहरु अनलाइन पँहुचमा नहुँदा सबैलाई समेट्न नसकिएको शिक्षिका काफ्ले बताउछिन् ।
उपमहानगरको योजना मात्र
धरान उपमहानगरपालिकका उपमेयर मञ्जु भण्डारीले विद्यार्थीहरुलाई कसरी इङ्गेज गराउने भन्ने विषयमा उपमहानगरपालिका शिक्षा शाखाले योजना बनाइरहेको बताइन् । सबै विद्यार्थीहरुको अनलाइनमा पँहुच नभएकाले उपमहानगरभित्ररहेका एफएम, रेडियो, अनलाइन र टेलिभिजन मार्फत कक्षा संचालनको लागि गृहकार्य भइरहेको उनले बताइन ।
'दाजु दिदीको किताव बढ्दैंछन्'
धरानको पब्लिक माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले भने अनलाइन कक्षा संचालन गर्ने विद्यालयको कुनै योजना नभएको बताए । तर विद्यार्थीहरु सम्पर्कमा आउने गरेको र उनीहरुलाई पुरानो पुस्तक अध्ययन गर्न र कक्षा शिक्षकहरुसँग सम्पर्क गरेर स्वअध्ययन गर्न सुझाव दिदैं आएको बताउछन् ।
‘‘सामुदायिक विद्यालयका सबै विद्यार्थीहरुसँग– अनलाइन पँहुच छैन् । मजदुरी गरेर खानेका छोराछोरीहरु पढ्नछन् । उनीहरुसँग एन्डोइड मोवाइल छैन् ।’– प्रअ झाले भने–‘शिक्षकहरुलाई व्यक्तिगत सम्पर्क गरेर स्व– अध्ययन गर्न प्रोसोहन गरिरहेका छौं ।’
झाले पुरानो पुस्तक अध्ययन, मिडासको कक्षा लिने र कोर्ष बाहिरका पुस्तक पढेर लाभ लिन सुझाव दिन्छन् । यूनिसेफसँगको सहकार्यमा शिक्षा मन्त्रालयले पनि आवश्यक सामाग्री वेवसाईटमा दिएको बताउदैं अनलाइनको पँहुच हुनेहरुले लाभ लिन उनको सुझाव छ ।
एफएममा शिक्षकलाई बोलाएर कक्षा संचालन
धरानबाट संचालन भएको दन्तकाली एफएमले भने अनलाइनको पँहुच नभएका विद्यार्थीहरुका लागि विषयगत शिक्षकहरुलाई बोलाएर कक्षा संचालन गदैं आएको छ ।
प्रदेश १ भरी सुनिने एफएमले लकडाउनले घरमै बसेका विद्यार्थीहरुका लागि लक्षित गरि विषयगत शिक्षक बोलाएर ‘आजको शिक्षा’ कक्षा संचालन गरेको हो । दुई महिनादेखि शुरु भएको कार्यक्रममा हालसम्म १३ जना शिक्षकहरुलाई बोलाएर कक्षा संचालन गरेको एफएमका समाचार प्रमुख तथा कार्यक्रम संयोजक तिर्थ कार्कीले जानकारी दिए ।
विज्ञान, गणित, अग्रेजीलगायतका विषयबारे एफएमबाट कक्षा संचालन हुदैं आएको छ । कार्यक्रम लोकप्रिय भए पछि १३ हजार भन्दाबढिले सम्कर्प गरेर प्रत्यक्ष लाभ लिएको एफएमका स्टेशन मेनेजर दुर्गा भूजेलले जानकारी दिए । शुरुमा एसइई र प्लस टुको विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम चलाइए पनि सरकारले एसइई परीक्षा संचालन नगर्ने भने पछि तल्लो तहका विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम सचालन गदैं आएको छ ।
एफएमले संचालन गरेको कार्यक्रमले प्रदेश १ मा रहेका इन्टरनेटको पँहुच नहुनेलाई ठूलो राहत भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
गीता अध्ययन गरेर लकडाउनको सदुपयोग
धेरै विद्यार्थीहरु लकडाउने विद्यालय विदा भए पछि पपजी र फ्रि फायर खेलेरसमय विताउदैं आएका छन् । मोवाइल ट्यावमा खेल्न नपउाने बालबालिकाहरु घर बाहिर निस्कने डर धेरै अभिभावकहरुलाई छ ।
तर लकडाउनलाई सदुपयोग गर्ने विद्यार्थीहरु पनि छन् । सगरमाथा बोर्डिङ स्कुलमा यो बर्ष कक्षा ६ पास गरेर ७ माप्रवेश गरेका शौर्य रिमाल र सुशान्त पौडेल नेपाली भाषामा लेखिएको गिता अध्ययन गदैं आएका छन् ।
उनीहरु पालोमिलाएर अध्ययन गर्ने र कापीमा सार्ने गर्छन । हाल ७३८ पेजमा पु¥याएका छन् । अर्जुनद्वारा सुवद्राहरण तथा श्रृतदेव बहुलाश्वको घरमा श्रीकृष्ण भन्ने पाठमा पु¥याएका छन् । उनीहरु आफैले अध्ययन गर्ने भने पछि किनेर ल्याइ दिएको उनीहरुका अभिभावकले बताए ।