मेरुदण्डको संरचना (Vertebral Column)
मानव शरीरमा मेरुदण्डको (Vertebral Column) तेत्तीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईबाट बनेको ५ वटा खण्डहरूमा विभाजित गर्न सकिन्छ : गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिब्राई । यी भर्टिब्राईहरू लिगामेण्टहरू, मांसपेशी, फसेट जोर्नी र इण्टरभटिब्रल डिस्कहरूद्वारा एक–आपसमा जोडिएको हुन्छ ।
इण्टरभटिब्रल डिस्कहरूले मानव शरीरको मेरुदण्डको उचाइ (Height) बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा तल झार्नका लागि कुसन (Shock Absorber) को रूपमा काम गर्छ । मेरुदण्ड (Shock Absorber) ले स्पाइनल कर्ड र स्पाइनल स्नायु जराहरूलाई आफूभित्र समावेश गर्नुका साथै संरक्षण गर्नसमेत काम गर्दछ ।
स्पाइनल कर्ड स्नायुहरूको लामो पातलो र टुवुलर स्ट्रक्चर (Structure) हो, जुन चाहिँ ब्रेन स्टिम (Brain Stem) को मेडुला वोवलोङ्गटा (Brain Stem) बाट सुरु भएर पहिलो लम्बर भर्टिब्रा (vertebra) सम्म फैलिएको हुन्छ ।
ढाडको दुखाइ
ढाडको दुखाइ विशेषतः तल्लो भाग दुख्ने समस्या सर्वसाधारणमा हुने आम समस्या हो । लगभग ८०५ वयस्कहरूले आफ्नो जीवनकालमा कम्तीमा एकपल्ट ढाडको तल्लो भाग दुख्ने समस्याहरूको सामना गरिरहेको चिकित्सा शास्त्र अध्ययनहरूले देखाउँछन् । अझ भन्नु पर्दा ४०–५० वर्ष उमेर पुगेका ९०५ वृद्धहरूमा यो समस्या देखिन्छ, त्यसमध्ये ८०५ बिरामीहरू १–३ महिना भित्र सामान्य उपचार पद्दतिले निको हुन्छन्, मात्र ५–१०५ बिरामीहरूलाई शल्यक्रिया आवश्यक हुन्छ ।
ढाड दुख्दा हुने प्रभावहरूः
१. कामबाट बञ्चित हुनु,
२.उर्वरतामा कमी हुनु,
३. मानसिक रूपले उदासिनता उत्पन्न हुनु आदि ।
ढाडदुख्ने महत्वपूर्ण कारणहरू (Risk Factors)
ढाड दुख्ने विशेषतः ढाडको तल्लो भाग दुख्ने धेरै कारणहरू छन् तर, तिनीहरूमध्ये महŒवपूर्ण कारणहरू यसप्रकार रहेका छन् ।
– शारीरिक रूपले गाह्रो काम गर्नु जस्तैः भारी उचाल्नु वा तान्नु,
– लामो अवधिसम्म उभिएर काम गर्नु,
– पिठ्युँलाई आराम नदिने कुर्सीमा लामो अवधिसम्म बस्नु,
– शारीरिक रूपमा उदासिन हुनु (Sedentary life style)
– मोटोपन, स्थुलता (Obesity)
– धूमपान र रक्सी सेवन गर्नु
– नमिलेको खाटमा सुत्नु
ढाडमा दुखाइको उत्पत्ति (Origin)
१.मेरुदण्ड (Vertebral Column) भित्र
– हाड वा इण्टरभर्टिब्रल डिस्कबाट (Spondylosenic Vertebra)
– स्नायुबाट (Neurosenic)
२.मेरुदण्ड (Vertebral Column) बाहिर
– आन्द्रा, भुँडी, शरीरका भित्री अङ्गहरू (Viscerogenic)
– रक्तका नशाबाट (Vasculogenic)
– मानसिक (Psychogenic)
– गर्भावस्था (Pregnancy)
ढाडमा दुखाइको कारणहरू (Etiology)
– बालबालिका र युवाहरूमा बाङ्गिएको मेरुदण्ड (Scoliosis Kyphosis)
– कामको बढी बोझ (Meshanical Scehache)
– मेरुदण्ड चिप्लिनु (Intervertebral disc Colapse)
– मेरुदण्डको हड्डी सर्नु (Spondylolisthesis)
– मेरुदण्डको हड्डी भाँच्चिनु (Vertebral Fractures)
– हाड कमजोर हुनु (Vertebral Fractures)
– मेरुदण्डको जोर्नी खिइएर जानु (Osteoarthritis/Spondylosis)
– नशा च्यापिनु (Canal Stenosis)
ढाड दुखाइका लक्षणहरू के के हुन् ?
– ढाडको मांसपेशीमा तनाव भई धेरैबेर एउटै आसनमा बस्न नसक्नु ।
– लामो समयसम्म उभिँदा वा बसिरहँदा ढाडको मांसपेशी दुख्नु ।
– कम्मरको पछाडिको भाग, नितम्ब (Buttok) र खुट्टाहरू झमझम गर्नु ।
– लामो समयसम्म हिँड्न गाह्रो हुनु ।
– खुट्टा, नितम्ब (Buttok) हरूको वरिपरि अचेत हुने, कमजोर वा पीडा हुने ।
– छिटो थकाइ महसुस हुने ।
– दिसा, पिसाब कण्ट्रोल नहुने वा बन्द हुने ।
ढाड दुखाइका अनुसन्धानहरू
ढाड दुखाइको अनुसन्धान गर्न इण्टरभर्टिब्रल डिस्क, फासेट जोर्नीको खियावट, स्पाइरल क्यानलको चौडाइ, स्पाइनल कर्ड र स्पाइनल स्नायु एवम् जराहरूको स्थिति मूल्याङ्कन गर्न एक्स–रे, एमआरआई (MRI) र सिटी स्क्यानहरूजस्ता परीक्षणहरूको आवश्यकता पर्दछ ।
एक्स–रे गर्नु कुन बेला आवश्यक हुन्छ ?
– चोटपछिको साह्रो दुखाइ ।
– केही गरी कम नभइरहेको वा बढ्दै गरेको दुखाइ ।
– ५० वर्ष उमेर पुगेको वृद्ध ।
– अत्यधिक व्याकुल बिरामी (Anxious patient)
– बाहिरबाट मेरुदण्ड बाङ्गिएको खण्डमा (Spinal Deformity)
– नशा च्यापिएको शङ्का भएमा (Root compression)
– चोटपछिको सामान्य दुखाइ पनि २ साताभन्दा बढी रहिरहनु ।
एमआरआई कति बेला आवश्यक हुन्छ ?
– नशा च्यापिएको शङ्का भएमा (Cauda equina/disc prolapse)
– क्यान्सरको शङ्का भएमा (Spinal tumors)
– इन्फेक्सन भएमा (TB Spine)
ढाडको दुखाइ कतिबेला गम्भीर हुन्छ ?
– ढाडको दुखाइ खुट्टातिर सरेमा (Radiculitis)
– युवा अवस्थामा बिहान साह्रो दुखाइ भएमा (Radiculitis)
– खुट्टामा झमझम गरे वा लाटोपना भएमा ( Root Compression)
– खुट्टा निदाउनु, बल नपुग्नु, दिसा पिसाब रोकिएमा (Cauda equina)
– ज्वरो आएमा -Cauda equina)
ढाड दुखाइको निदान विधि वा उपचारका पद्दतिहरू
ढाड दुख्ने समस्याका कारणहरूको निदान वा उपचार बिरामीहरूको चिकित्सा इतिहास, देखिने लक्षणहरू एवम् चिकित्सकीय शारीरिक जाँच परिणामहरूका आधारमा गरिन्छ ।
ढाड दुख्ने समस्याका उपचारहरु निम्न लिखित प्रक्रियागत (Modalities) अनुसार गर्न सकिन्छः
– केही दिनको आराम (Bed rest)
– शारीरिक क्रियाकलापहरूमा कमी
– कठोर परिश्रम एवम् मेहनत गर्न मनाही
– शारीरिक चिकित्सा (Physiotherapy)
– दुुखाइ कम गर्ने औषधि (खाने चक्की, मलहम र सूई )
– शल्यक्रिया (Operations)
ढाडको दुखाइको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूका अनुसार ढाड दुखाइमा चिसो राख्दा सन्चोको अनुभव हुन्छ, बरफका टुक्राहरूलाई कपडामा पोको पारेर विस्तारै दुखेको ठाउँमा ५–१० मिनेट राख्नुपर्छ । यसले मांसपेशीमा रहेको तनाव कम हुन्छ, यो एक–दुई दिन गर्न सकिन्छ, त्यसपछि तातोपानीले सेक्दा राम्रो हुन्छ, यो तरिका Alternate पनि गर्न सकिन्छ ।
शारीरिक चिकित्सा (Physiotherapy)
१. हिट थेरापी (Heat Therapy): मनतातो पानीले दिनको २ वा ३ चोटी सेक्नु (Hot Water Bag, Electrical bag) वा मेसिनको सेकाइ (Infra Red Ray) ले ढाडको मासुमा रगतको सञ्चार बढाएर आराम पु¥याउँछ ।
२. क्रयो थेरापी (Cryo Therapy): चोट लागेको ठाउँमा चिसो बरफले सेकाइ गरेमा दुखाइ र सुन्निएको कम हुन्छ ।
३. ढाडको कसरत (Spine Exercises): नियमित रूपमा हाडको कसरत गरेमा हाडको मासु तन्किन्छ, मेरुदण्डको जोर्नीमा आराम हुन्छ, दुखाइ कम हुन्छ र च्यापिएको नशा जागिने सम्भावना हुन्छ ।
शल्यक्रिया (Operations)
विभिन्न लक्षणहरू देखापरेमा, गम्भीर रूपमा स्नायु क्रम्प्रेसन भएमा, स्पाइनल अस्थिरता वा डिफर्मिटी भएमा शल्यक्रियाको आवश्यकता पर्न जान्छ । गम्भीर स्नायु कम्प्रेसनले मांसपेशी कमजोर बनाउँछ, निरन्तर खुट्टाहरू अचेत बनाउँछ, दिसा वा पिसाब थैलीको नियन्त्रणमा कमि आउँछ । शल्यक्रियाको सहायताले यसमा सुधार ल्याउन सकिन्छ । ५–१०५ बिरामीहरूमा मात्र शल्यक्रिया (Operation) आवश्यक हुन्छ ।
सामान्य शल्यक्रिया (General operation)
यो विधिमा मेरुदण्डको जोर्नीमा सुइको माध्यमले औषधि दिनुपर्ने हुन्छ । (Epidemic steroid, facet joint injection)
जटिल शल्यक्रिया
सामान्य उपचारले काम नगरेमा वा नशा च्यापिएर दिसा पिसाब रोकिएमा वा खुट्टा लाटो (PIVD) हुदाँ जटिल शल्यक्रिया (Discectomy) आवश्यक हुनजान्छ । खासगरी Cauda equina syndrome एउटा (Orthopaedic) अर्थोपेडिक इमर्जेन्सी हँुदा ६ घण्टाभित्र शल्यक्रिया नगरे आजीवन खुट्टा नचल्ने सम्भावना हुन्छ ।
ढाडको दुखाइबाट कसरी जोगिने र यसलाई गर्नुपर्ने स्याहार सुसार (Precuations) धेरै दिन आराम (Bed rest) गर्ने र सक्रिय नहुनाले ढाड दुख्ने समस्याबाट आराम हुन्छ भन्ने सोच गलत हो । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो आफ्नो गतिविधिलाई पुनः सुरु गर्नुपर्छ ।
– शारीरिक र पेशागत थेरापीहरूबाहेक दैनिक क्रियाकलापमा सहभागी हुने ।
– स्पाइनको सही आसन कायम (Posture maintain) गर्ने ।
– एउटै (Position) आसनमा धेरैबेर नबस्ने ।
– घर वा बाथरुममा एउटै हातले भारी सामान नउठाउने ।
– कुर्सीमा बस्दा अडेस लागेर सिधा बस्ने ।
– निहुरेर धेरै काम नगर्ने वा भारी वजन शरीरभन्दा धेरै टाढा राखेर नउठाउने ।
– काम गर्दा वा दैनिक क्रियाकलापहरूमा उपयुक्त आसन बनाउने ।
– धेरै तनाव नलिने ।
– आत्मविश्वासको सिर्जना गर्ने ।
– जागिरमा असन्तुष्टी एवम् गाह्रो भएमा जागिर (Job) परिवर्तन गर्ने ।
– नियमित व्यायाम गर्ने ।
– सन्तुलित आहार खाने ।
– लामो समयसम्म कठोर आसन वा समान आसनमा काम नगर्ने ।
ढाड दुखाइका जटिलताहरू (Complications)
ढाड दुख्ने समस्याका सामान्यतया कुनै जटिलता हुँदैन । यद्यपि निम्नलिखित जटिलताहरू भने आउन सक्दछन्ः
१.इण्टरभर्टिब्रल डिस्क डिस्प्लेसमेण्टको कारणले स्पाइनल स्नायुहरू कम्प्रेसन हुँदा (Cauda equina syndrome) मांसपेशी कमजोर हुने दिसा वा पिसाबको नियन्त्रणमा कमी हुने, निरन्तर दुख्ने र अचेत हुने हुनसक्छ ।
२. वृद्ध उमेरको कारणले स्पाइनल स्टेनोसिस उमेर बढ्दो सँगै इण्टरभर्टिब्रल डिस्क र भर्टिब्रल जोर्नीहरू खिइने कारणले स्पाइनल क्यानललाई साँघुरो बनाउँछ, जसले स्पाइनल स्नायुहरूमा प्रेसर दिन सक्छन् ।
चिकित्सकको सल्लाह कति बेला लिने ?
ढाडको दुखाइ सामान्यतया छोटो हुन्छ र घरेलु उपचार र दुखाइ कम गर्ने औषधि खाँदा निको हुन्छ । तर, निम्न लिखित अवस्थामा चिकित्सकीय सल्लाह लिन जरुरी हुन्छः
– दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा,
– ढाडको दुखाइ बढ्दै गएमा,
– औषधि खाँदासमेत निको नभएमा, आराम गर्दा वा उतानो पर्दा पनि दुखेमा,
– खुुुट्टामा झम्झम वा कमजोरी भएमा वा हिँड्दा गाह्रो भएमा,
– दिसा वा पिसाब नियन्त्रण नभएमा,
– ढाड दुखेसँगै ज्वरो पनि आएमा आदि ।