विजयपुर/ १ नं. प्रदेशमा कोरोना भाइरसका गम्भिर प्रकारका विरामीलाई उपचार गर्ने आईसियु तथा भेन्टिलेटर बेड अभाव भएकै हो ? आम चासोको विषय बनेको छ ।

कोरोना भाइरसका संक्रमित दिनानुदिन बृद्धि हुँदै गएपछि १ नं. प्रदेशका अस्पतालमा आइसियु तथा भेन्टिलेटरसहितका बेड अभाव भएको जन गुनासो आउन थालेको छ । विराटनगर–३ का ६० वर्षीय गुणराज श्रेष्ठलाई कोरोना संक्रमण भएपछि समयमा नै भेन्टिलेटरसहितको उपचार नपाउदा ज्यान गुमाउनु पर्यो ।

कोशी अस्पतालका स्वास्थ्यकर्मीहरूले समयमै उपचार नगर्दा मृत्यु भएको श्रेष्ठका परिवारले बताएका थिए । भेन्टिलेटरमा उपचार गर्न ढिलो हुँदा श्रेष्ठको ज्यान गएको परिवाले बताए ।

त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका वाड नं–५ का भवानी सुवेदीले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा बेड पाएनन् । सुुवेदीको शरिरमा अक्सिजन लेबल ६५ पुगेपछि प्रतिष्ठान आएका थिए । उनलाई प्रतिष्ठानमा बेड खाली छैन भनेपछि सुवेदी खुल्ला चौरमा बस्नु परेको थियो ।

यी केही दिन अगाडिका प्रतिनिधिमुलुक घट्ना मात्रै हुन् । साथै कोरोना संक्रमितहरुले आइसियु तथा भेन्टिलेटरसहितको बेड नपाएको जनगुनासो पनि आइ नै रहेको छ ।

तर, १ नं. प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गर्ने कोरोना भाइरसका विरामी र अस्पतालको तथ्याकं भने केही मात्रामा आइसियु तथा भेन्टिलेटर बेड खाली रहेको सार्वजनिक हुने गरेको छ ।

आइतबार सार्वजनिक तथ्यांकअनुसार प्रदेशभरमा आइसियु बेड ३ सय १८ बेडमा २ सय ५५ जना भर्ना भएका छन् भने ६३ वटा आइसियु बेड खाली छ । त्यस्तै भेन्टिलेटरसहितको १ सय ३६ बेडमा ५८ जना रहेका छन् भने खाली बेड ७८ रहेको छ ।

यो तथ्याकंले प्रदेशमा भेन्टिलेटर र आइसियु अभाव नहुनु पर्ने तर सर्वसाधरणले भने सहज रुपमा पाउन सकिरहेका छैनन् ।

खाली बेड भएपनि  विरामीले तत्काल भेन्टिलेटर तथा आइसियु बेड किन पाउदैनन् भन्ने जिज्ञाशामा १ नं. प्रदेश सामाजिक  विकास मन्त्रलाय अन्र्तगतको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति सचिवालय’ की जनस्वास्थ्य अधिकृत ओम कुमारी राजवंशीले विरामी आउने जाने क्रम चलिरहने हुनाले अभाव हुनसक्ने बताइन् ।

उनले प्रदेशभरमा जम्मा भेन्टिलेटरसहितकोे बेड १ सय ३६ र आइसियु ३ सय १८ रहेको छ । तर, संक्रमित हजारमा भर्ना हुने भएकाले पर्याप्त बेड नभएको बताइन् ।

‘हजारको संख्यामा संक्रमित थपिन्छन्, अहिलेको भाइरस संक्रमण हुने व्यक्तिको स्वास्थ्य अवस्था जटिल हुन्छ, धेरैलाई आइसियुर भेन्टिलेटरमा नै उपचर गर्नुपर्ने भएकाले अभाव भएको हुन सक्छ ।’– उनले भनिन् । १ नं. प्रदेशमा अन्य प्रदेशका पनि संक्रमित आउने भएकाले अभाव भएको हुनसक्ने उनको भनाई छ ।

प्रदेशको कोभिड–१९ अस्पताल तथा आइसोलेसन
१ नं. प्रदेशका २३ वटा कोरोना अस्पतालहरुमा भेन्टिलेटरसहितका जम्मा १ सय ३६ वटा मात्रै रहको छन् । यी अस्पतालमा आइसियु बेड ३ सय १८ वटा रहेका छन् ।

आइसोलेसन बेड २ सय २६ बेड छन् । एचडियु बेड ३ सय ७६ वटा रहेका छन् । नर्मल बेड ५ सय ८३ बेड रहेको १ नं. प्रदेश सामाजिक विकास मन्त्रलायले जनाएको छ । 

प्रदेश १ का १४ जिल्ला तराईका ३ जिल्लामा मात्रै आइसियु र भेन्टिलेटरसहितको बेड रहेका छन् । तराईका ३ जिल्लाबाहेक ताप्लेजङ र तेह्रथुम  जिल्लामा एकएक वटा भेन्टिलेटरसहितको बेड रहेको छ ।

तर, यी जिल्लामा पनि आइसियु बेड भने छैन । ३ जिल्लाबाहेकका पनि कोरोना भाइरसका बिरामीको स्वास्थ्य अवस्थाा जटिल बनेमा झापा, मोरङ र सुनसरीका कोभिड–१९ अस्पतालमाा नै उपचार गर्नुपर्ने अवस्था रहेको छ ।

१ नं. प्रदेशका अस्पतालहरु सुनसरीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा जम्मा १ सय बेड रहेको छ । नर्मल बेड २५, आईसियू बेड १०, भेन्टिलेटरसहितको  बेड ८ रहेको छ ।

एचडियु २२ वटा बेड रहेका छन् । प्रतिष्ठानमा आइसोलेसन छैन । इनरुवा अस्पतालमा २१ बेड क्षमता रहेको छ । जसमा नर्मल बेड २० रहेको छ भने भेन्टिलेटरसहितको बेड १ मात्र रहेको छ । विजयपुर अस्पताल धरानमा पनि भर्खरै १० बेडको कोभिड १९ अस्पताल सञ्चालनमा आएको छ ।

विजयपुर अस्पतामा नर्मल बेड ६, आईसियू बेड १ रहेको छ । एचडियु बेड ३  वटा छ भनने जम्मा बेड १० रहेको छ । जसमा १ बेड भेन्टिलेटरसहित छ । मोरङको कोशी कोभिड–१९ अस्पताल बिराटनगरमा ९६ बेड रहेका छन् । नर्मल बेड २८, आईसियू बेड २१, आइसोलेसन बेड १० र एचडियु बेड ४७ वटा रहेको छ । सजमा १५ बेड भेन्टिलेटरसहितको छ ।

कोशी अस्पतालमा ७२ बेड क्षमता रहेको छ । यसमा नर्मल बेड १०, आईसियु ३०, एचडियु बेड ३२ रहेको छ । जसमा भेन्टिलेटरसहितको बेड ५ रहेको छ ।  बिराट मेडिकल कलेजमा नर्मल बेड १५६, आईसियू बेड ६० छ ।

जसमा १६ बेड  भेन्टिलेटरसहितको छ ।  नोवेल मेडिकल कलेजमा जम्मा २ सय २० रहको छ । आईसियू ८०, एचडियु १ सय ४० बेड छ । जसमा  २९ बेड भेन्टिलेटर रहेको छ । न्युरो मेडिकल कलेज नर्मल बेड २०, आइसियु बेड २०, एचडियु ९ बेड छ । जसमा ४ वटा बेड भेन्टिलेटरसहित छ ।

झापा मेची अस्पताल नर्मल बेड ५१, आईसियू बेड ३, एचडियु बेड ४९ गरि जम्मा बेड १०६ रहेको छ । जसमा ३ वटा भेन्टिलेटर बेड रहेको छ । बी एण्ड सिमा २ सय बेड रहेको छ । नर्मल बेड १ यय ३०, आईसियू बेड ५०, एचडियु बेड २० रहेको छ । ३५ वटा भेन्टिलेटरसहितको रहेको छ ।

बिराट सिटि अस्पतालमा  ५२ बेड क्षमता रहको छ । नर्मल बेड २०, आईसियू १२, एचडियु बेड २० रहेको छ । यसमा ८ वटा भेन्टिलेटरसहितको रहेको छ । आम्दा अस्पताल जम्मा बेड ३१ रहेको छ । नर्मल बेड २, आइसोलेसन ५, एचडियु १९ वटा रहेको छ । ५ वटा भेन्टिलेटरसहितको छ ।

धनकुटा अस्पताल आएसोलेसन मात्रै रहेको छ । इलाम अस्पताल नर्मल बेड ४०, एचडियु बेड २ जम्मा रहको छ । उदयपुर अस्पतालमा  नर्मल बेड ४०, भेन्टिलेटरसहित २ बेड रहेको छ । पाँचथर अस्पतालमा एचडियु बेड  १० रहेको छ ।

ताप्लेजुङ अस्पताल भेन्टिलेटर १, आइसोलेसन १६ , जम्मा बेड १७ बेड क्षमता रहेको छ । तेह्रथुम अस्पताल भेन्टिलेटरसहितको बेड १ र आइसोलेसन १० , रहेको  छ । ओखलढुङ्गा अस्पताल आइसोलेसन मात्रै रहेको छ ।

खोटाङ अस्पताल आइसोलेसन मात्र रहेको छ । भोजपुर अस्पताल आइसोलेसन ५० बेड क्षमताको रहेको छ । सोलुखुम्बु अस्पतालमा आइसोलेसन बेड २० रहेको छ ।