सिडनी(अष्ट्रेलिया)/गुल्मीको म्यालपोखरीमा जन्मिएर सोही ठाउँको पुर्कोटस्थित सामुदायिक विद्यालय पृथ्वी माविमा अध्ययन गरेका विद्यार्थी अष्ट्रेलिया गएर स्नातकोत्तर गरी त्यहाँ रहेका नेपालीहरूलाई अभिप्रेरित गर्न सक्छन् भन्ने विश्वास कसको थियो होला र ?
‘तिमी सोच म पु¥याउँछु’ भन्ने उक्तिलाई आत्मसात गर्दै ग्रामीण जीवनलाई केही समयका लागि थाती राखेर अष्ट्रेलिया पुगेका गुल्मेली ठिटो विनोद कँुवरलाई सोही विश्वास जगाउनु थियो र उनी अष्ट्रेलियाको विश्वविद्यालयबाट आइटी इञ्जिनियरिङमा स्नातकोत्तर गरी आफ्ना अभिभावक र गाउँलेहरूको सपना साकार बनाउन तल्लीन छन् ।
नेपाल छँदै लुम्बिनी इञ्जिनियर कलेजबाट इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन इञ्जिनियरिङमा स्नातक गरी उनी उच्च शिक्षाका लागि सन् २०१४ मा अष्ट्रेलिया प्रवेश गरे र आफ्नो उच्चशिक्षा हासिल गर्दै गर्दा उनले आइटी पढेका विद्यार्थीहरू अलमलिएर समस्यामा परेको देख्दै ती विद्यार्थीहरूलाई लक्षित गरेर मार्गदर्शन गर्ने खालको ट्रेनिङ इन्स्टिच्युटको कल्पना गरिसकेका थिए । यसबाट आफू र नेपाली विद्यार्थीहरूलाई समान अवसर र हित हुने उनले सोच बनाएका थिए । सामुदायिक स्कुल पृथ्वी माध्यमिक विद्यालयमा सधैँजसो पहिलो वा दोस्रो हुने कुँवरले आइटी फिल्डमा प्रवेश गरी नेपाली विद्यार्थीहरूको आशा र भरोसाको केन्द्र विन्दु बन्न सक्छु भन्ने सोचेका पनि थिएनन् । स्नातकोत्तर सकेर काम नपाइरहेका, पाए पनि आफ्नो पढाइ भन्दा बिल्कुल भिन्न काम गर्नुपर्ने बाध्यताका र आइटी नै पढेर अलमलिइरहेका विद्यार्थीहरूको विवशतालाई मध्यनजर गर्दै उनले आफ्नै लगानीमा एक्स्ट्राटेक नामक इन्स्टिच्युट खोलेर मार्गदर्शन गर्ने सपनालाई पूरा गर्न यतिबेला अहोरात्र खटिरहेका छन् ।
उच्चशिक्षा हासिल गर्दैमा सबैकुरा भइहाल्ने होइन भन्छन् उनी । कुनै काम पाउनका लागि त्यतिले मात्र पर्याप्त नहुने भएकाले नेपाली विद्यार्थीहरूका लागि अभिभावकीय भूमिका खेल्नका लागि आफूले इन्स्टिच्युट खोलेको बताउँछन् कुँवर । एक्स्ट्राटेकले व्यवसायका साथसाथै सूचना प्रविधि ९आइटी० मार्फत् समुदायको रूपान्तरणको उद्देश्य राखेको बताउँछन् कुँवर र भन्छन्, ‘यहाँ सबैले आफ्नो क्षेत्रमा काम पाउन समस्या छ, त्यसैकारण नेपाली विद्यार्थीहरूलाई तालिम दिएर काममा लाग्न सजिलो बनाइदिने गरेका छौं । हामीबाट तालिम लिएका प्रायः सबैले सूचना प्रविधि क्षेत्रमा राम्रै काम र दाम पाएका छन् ।’

अरू कम्पनीहरूलाई समेत आइटी सेवा दिइरहेका एक्स्ट्राटेकका सञ्चालक विनोद कुँवर बताउँछन् । उनले अहिले सिस्को, माइक्रोसफ्ट सेल्स फोर्स प्रोग्रामिङलगायतका अत्यावश्यक विषयमा विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा दिइरहेका छन् ।
तपाईले सञ्चालन गरेको इन्स्टिच्युट र अरू इन्स्टिच्युटमा के फरक छ रु विद्यार्थीहरूलाई कसरी आकर्षित गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा कुँवर भन्छन्, ‘ हाम्रोमा काम गर्ने, पढ्ने विद्यार्थीहरूको आउटपुटले प्रमाणित गर्छ । हामी पैसाभन्दा पनि सामाजिक रूपान्तरणमा बढी ध्यान दिइरहेका हुन्छौं । बोलेरभन्दा काम गरेर देखाउँछौं ।’
आइटीको स्कोप राम्रो हुँदाहुँदै पनि विद्यार्थीहरूले पूरा सूचना नपाएर रणभुल्ल भइरहेको अवस्था छ भन्दै त्यस्ता विद्यार्थीहरूलाई बाटो देखाउन जरुरी भएको बताउँछन् उनी । आइटी विषयका सिनियरहरूले पनि यसका विषयमा सूचना दिन नसकिरहेको अवस्था भएकोले आफ्नो फिल्डभन्दा अरूतिर काम गर्नुपर्ने बाध्यतालाई हटाउन आफू लागिपरिरहेको उनले बताए ।
उनीसँग एक्स्ट्राटेकबाट व्यावहारिक तालिम लिएका इनरुवा–५ सुनसरीका अनुप कार्की भन्छन्, ‘मैले विनोद सरबाट लिएको ज्ञानले मलाई वास्तवमा काम पाउन सजिलो बनायो र यतिबेला म एउटा कम्पनीमा काम गरिरहेको छु र ओभर टाइमबाहेक वार्षिक सरदर ८० लाख नेपाली रुपैयाँ पारिश्रमिक प्राप्त गरिरहेको छु ।’
विनोद सरले विश्वविद्यालयबाट सैद्धान्तिक ज्ञान मात्र लिएका विद्यार्थीहरूलाई बाबुआमाले छोराछोरीलाई गाइड गरेजस्तै गर्नुहुन्छ भन्छन् अनुप । अष्ट्रेलियाको विश्वविद्यालयबाट आइटीमै स्नातकोत्तर गरेका उनी अगाडि भन्छन्, ‘विनोद कुँवर सरले अरूतिर ठाउँ नपाए आफ्नैमा दिने हुँदा त्यहीँ काम ग¥यो, अनि २÷४ महिनापछि अरू काममा सेट भइहालिन्छ । बजारको आवश्यकता हेरी विद्यार्थी उत्पादन गर्नु विनोद सरको विशेषता हो । कसैलाई कुनै आइटीको कामदार चाहिएमा कम्पनीहरूले विनोद सरलाई आग्रह गर्ने गरेका छन् । आइटीको सम्भावना विशाल छ, विनोद सरले गाइड गरेका विद्यार्थीहरूले पछुताउनु पर्दैन ।’
त्यसैगरी अष्ट्रेलियामै आइटीमा स्नातकोत्तर गरेका र एक्स्ट्राटेकमै व्यावहारिक ज्ञान हासिल गरेका धरान उपमहानगरपालिका वडा नं। ९ का विशाल बनको भनाइ पनि त्यस्तै रहेको छ । उनी भन्छन्, ‘हामीसँग डिग्री मात्र भएर हुँदैन । विदेशी समाज छ, फरक संस्कृतिमा बोल्न, हिँड्न, बस्न, काम गर्न सक्नुपर्छ, जसका लागि विनोद सरले अभिभावकीय भूमिका निर्वाह गरिरहनुभएको छ । गुरु बिनाको ज्ञान अधुरो हुन्छ भनेजस्तै मेरा लागि एक्स्ट्राटेकका सञ्चालक विनोद सर मार्गनिर्देशक हो । मसूँग डिग्री थियो, तर त्यो डिग्री कहाँ, कसरी उपयोग गर्ने भन्ने आइडिया थिएन । यो सब विनोद सरले सिकाउनुभयो र नै मैले सजिलै आफ्नै फिल्डमा काम पाएँ ।’
भविष्यको लक्ष चाहिँ के हो नि तपाईंको, तपाईं पनि अरू जस्तै ग्रीनकार्ड लिएर जिन्दगी उतै बिताउने होला नि रु भन्ने ब्लाष्टको प्रश्नको उत्तर दिँदै कुँवर भन्छन्, ‘जन्म दिने आमा र जन्मभूमि प्यारो हुन्छ, त्यसकारण यतै जिन्दगी बिताउने भन्ने हैन । अब नेपालमा लगानी गर्ने र सामाजिक काम गरी समाज रूपान्तरणका लागि काम गर्ने भन्ने योजनामा छु । यहाँ पनि त्यो काम गरेको छु ।’
हाल ३ सय ५० नेपाली विद्यार्थीलाई सेवा दिँदै आएका उनले आइटीका साथसाथै एक्स्ट्राटेक वेल्फेयर फण्डको स्थापना गरी एनआरएन अष्ट्रेलियाको कोभिड फण्डमा ५ हजार डलर र महावीर वेल्फेयर फण्डलाई ६० वटा अक्सिजन सिलिण्डर सहयोग गरेर आफ्नो भनाइलाई व्यवहारमै देखाउन सुरु गरिसकेका छन् ।
आइटीको बढ्दो लोकप्रियता र मागसँगै समाजमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष राखेका कुँवरले अष्ट्रेलियाका केही प्रमुख सहर र काठमाडौंमा समेत थप शाखा विस्तार गरी नेपाली विद्यार्थीहरूलाई सेवा दिने आफ्नो भविष्यको योजना रहेको बताउँछन् । साथसाथै १ सय जनाको समूहमा एउटा प्रोजेक्ट स्थापना गरी प्रतिव्यक्ति प्रतिमहिना ५ सय डलर सङ्कलन गरी नेपालमा विद्यालय र अस्पताल सुरु गरी मुलुकभित्र लगानी भिœयाउने योजनासमेत रहेको उनले बताए ।