बराहक्षेत्र नगरपालिकाले आठौं नगर सभामार्फत आव. ०७८/७९ को लागि कुल १ अर्ब ५ करोड ५८ लाख ३२ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
बिहीबार उपप्रमुख कमला मगरले बजेट प्रस्तुत गरिन् ।
आयतर्फत आन्तरिक आय मौज्दातसमेत अनुमानित २६ कोड ५८ लाख, ४९ हजार ५ सय ७० रुपैयाँ प्रस्तुत गरिएको छ ।
संघको सशर्त अनुदान ३९ करोड ९५ लाख, विशेष अनुदान २ करोड ४९ लाख, संघबाट वित्तीय समानीकरण अनुदान २० करोड १२ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड २० लाख, राजश्व बाँडफाँड (संघ) १३ करोड १६ लाख ४ हजार, सशर्त अनुदान (प्रदेश) १५ लाख ८३ हजार, समपुरक अनुदान (प्रदेश) १ करोड, प्रदेश राजश्व बाँडफाँड ९१ लाख ७५ हजार ९ सय ३० रुपैयाँ आय विवरण पेश गरिएको छ ।

चालु खर्चतर्फ ११ करोड ७४ लाख, वडा कार्यालय पुँजिगत खर्चतर्फ ५ करोड ५० लाख, पुँजिगत नगरतर्फ ४४ करोड ७४ लाख ४९ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । संघीय सरकारका तर्फबाट सशर्त अनुदान ३९ करोड ९५ लाख, प्रदेशतर्फबाट सशर्त अनुदान १५ लाख ८३ हजार, प्रदेशबाट समपूरक अनुदान १ करोड, संघबाट विशेष अनुदान २ करोड ४९ लाख विनियोजन गरिएको छ ।
बराहक्षेत्र नगरपालिकाले वडा तथा सशर्त बजेटबाहेक पुँजिगततर्फको कार्यक्रमको एकीकृत बजेट पूर्वाधार विकासमा सबैभन्दा बढी ५९ प्रतिशत विनियोजन गरेको छ । आर्थिक विकासमा १० प्रतिशत, सामाजिक विकासमा २५.३० प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापन मा ३.८२ प्रतिशत, सुशासन तथा क्षमता विकासमा १.८८ प्रतिशत रकम विनियोजन गरेको छ ।
उपप्रमुख कमला मगरले १ देखि ११ वडाबाट बजेट सिलिङ ५० लाख भित्रबाट प्राप्त भएका योजनालाई जस्ताको तस्तै कार्यक्रममा समावेश गरिएको बताइन् । उनले आवश्यक्ता र प्राथमिकताका आधारमा साझेदारीमा आयोजनाहरु कार्यान्वयन गर्न समपुरक कोषमा ४ करोड र मर्मत सम्भारमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइन् ।
चालु आर्थिक वर्षको जेठ महिनासम्मको अनुमानित आय ८७ करोड ४१ लाख २१ हजार २१ हजार ८ सय ७१ अनुमान गरिएकामा ६५ करोड ९० लाख ९४ हजार ५ सय १ रुपैयाँ ७५.१० प्रतिशत रहेको छ ।
यसैगरी जेठ मसान्तसम्म चालु खर्च अनुमानित ११ करोड ३८ लाख ४७ हजार मध्ये ७ करोड ६१ लाख ३३ हजार ३ सय ८२ जम्मा ५६.८८ प्रतिशत खर्च भएको छ ।
उपप्रमुख मगरले योजना तर्जुमा प्रक्रियाको विषय तल्लो तहसम्म प्रभावकारी तवरले जानकारी पुर्याउन अप्ठ्यारो रहेको बताइन् । समस्या र चुनौती प्रस्तुत गर्दै उनले स्थानीय तहसँग मेल खाने ऐन, नियम र नीतिको अभाव भएकाले विकासमा संलग्न निकायबीच प्रभावकारी समन्वयको कमिले विकास हुन नसकेको बताइन् । उनले विकासको बाधकका रुपमा कोभिड १९ लाई समेत राखेकी छन् । कोभिडका कारण आन्तरिक स्रोत गुमाउनु परेको उल्लेख गरेकी छन् ।