विराटनगर/ विराटनगरको मेनरोडमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकमा आर्थिक अपचलन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको बैंकको रेमिटेन्सतर्फ आर्थिक अपचलन भएको पाइएको हो ।
मंसिर पहिलो साता बैंकको रेमिटेन्सतर्फ ठूलो रकम हिसाब नमिलेपछि बैंकले मोरङ प्रहरीमा अनुसन्धानको लागि जाहेरी दिएको छ । बैंककले कति रकम हिसाब नमिलेको उल्लेख नगरेपनि १५ देखि १६ करोड बराबरको बैंकको रेमिटेन्र्सतर्फको रकम अपचलन भएको स्रोतको दाबी छ । अहिले मोरङ प्रहरी बाहेक सिआइबी, नेपाल राष्ट्र बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि आन्तरिक रूपमा अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ ।
प्रहरीले यस घटनामा एक जना बैंकका कर्मचारीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धन सुरू गरेको छ । बैंकले दिएको जाहेरीको आधारमा मोरङ प्रहरीले सप्तकोशी बैंक विराटनगर कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपाटमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराइलाई १९ मंसिरमा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैंकमा कार्यरत छन् । उनले बैंकमा २०७१ सालदेखि रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी पाएर काम गर्दै आएका थिए । उनले जिम्मेवारी पाएको डिपार्टबाट ठूलो रकम हिनामिना भएको देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

बैंक भित्रको ठूलो रकम हिनामिना भएकोले यस घटनामा जीएसडी प्रमुख भट्टराईको मात्र एकल संलग्तनामा यत्रो ठूलो रकम घोटला हुन नसक्ने भएकोले प्रहरीले गहन रूपमा अनुसन्धान सुरू गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । ‘बैंकको यदि ठूलो रकम घोटलामा एक जनाको मात्र संलग्न मात्र हुन नसक्ने भएकोले हामीले सबै कोणदेखि सुष्म तरिकाले गहन रूपमा अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौं,’ यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।
‘अहिले बैंकमा भएको आर्थिक अपचलन निक्षेपकर्ताले जम्मा गरेकोमा होइन् । रेमिटेन्सतर्फ बैंकको सम्पती हिनामिना भएको हो । मंसिरको पहिलो साता हिसाब नमिलेपछि बैंकको सम्पती हिनामिना भएको खुलेको हो । त्यही भएर अहिले कति रकम हिनामिना भएको छ, त्यो अनुसन्धानपछि खुल्नेछ । यस घटनको यार्थत बाहिर ल्याएर र घटनामा क–कसको संलग्नता छ । अनुसन्धानको लागि प्रहरीमा जाहेरी दिएका छौं,’ बैंक एक उच्च अधिकृतले ब्लाष्टसँग भने, ‘अहिले बैंकलाई व्यभार थपिएको छ । अनुसन्धानपछि घटनामा संलग्न भएका व्यक्तिहरुबाट हिनामिना गरेको रकम असुल उपर हुनेछ ।’
पक्राउ परेका भट्टराई बैंकका सीईओ रहेका नविन सुवेदीकाका फुपुको छोरा हुन् । बैंकभित्र भएको भनिएको आर्थिक अनियमितताका विषयमा जानकारी लिनका लागि सीईओ सुवेदीलाई पटक–पटक सम्पर्क राख्दा पनि सम्पर्कमा आउन चाहेनन्न ।
बैंकको रकम हिनामिना भएको देखिएपछि राष्ट्र बैंक विराटनगरले पनि बुधबार निरीक्षण गरेको छ । धनकुटामा केन्द्रीय कार्यालय रहेको बैंकको प्रदेश १ मा ३६ वटा शाखा कार्यालय रहेको छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप रहेको छ ।
निक्षेप र लगानीकर्ता ठुक्क हुन बैंकको आग्रह
सप्तकोशी डेप्लपमेन्ट बैंकलले बैंकको नाफा रहेको रकम हिनाहिना भएकोले निक्षेपकर्ता र लगानी कर्ता ढुक्क हुन आग्रह गरेको छ । निक्षेपकर्ता र लगानी कर्ताको रकम सुरक्षित भएको बैंकको अध्यक्ष डा. अर्जुन बरालले बताएका छन् । उनले बैंकको केही रकम हिनामिना भएकोले निपेक्षकर्ताको रकम हिनामिना नभएको प्रष्ट पारेका छन् ।
‘अहिले नियमकारी निकाय र आन्तरीक रुपमा अनुसन्धान भइरहेको छ । छानविनपछि दोषी कारबाहीको दायारमा आउनुपर्दछ । सही रुपमा छानविन हुनेछ । दोषि उम्किने ठाउँ छैन, अनुसन्धानपछि जो सुकै दोषि देखिएपनि कारवाहीको दायारमा आउनेछन् ।
बैंक सुरक्षीत छ । बैंकले कमाएको नाफामा क्षती भएको हो । यसमा निक्षेपकर्तालाई कुनै असर गरदैन । लगनीकर्ता र निक्षेपकर्ता ठक्क हुन आग्रह गर्दछु,’ अध्यक्ष बरालले भने, ‘दोषीबाट हिनामिना भएको रकम असुल उपर हुनेछ ।’
बैंकको सञ्चालक समितिमा अध्यक्षका रुपमा बहाल रहेका तारानाथ निरौलालाई बैंकको सञ्चालक समितिले गत मंसिर १ गतेबाट अध्यक्षको जिम्मेवारीबाट मुक्त भएपछि अहिले उक्त बैंकको अध्यक्षमा डा. अर्जुन बराल नियुक्ति भएका हुन् ।