दमक । यहाँको वडा नं ४ मा  बस्ने  शान्ति माया धिमाल  ज्याला मजदुरी गरेर आफ्नो गुजारा चलाउँछिन् ।   गाउँ घरमा अर्मपर्म गर्नु उनको दैनिकी हो । यहीबाट आउने ज्यालाले   धिमालको परिवार  पालिन्छ ।   काम पाइएन भने  के खाने भन्ने चिन्ता  शान्तिको परिवारमा पर्छ । उनीसँग  ज्याला मजदुरी गर्ने मात्रै सिप हैन   धिमाल जातीका महिलाहरूले लगाउने पेटानी  र अन्य तान बुन्ने पनि कला छ ।  तर   यो कलाले  परिवार पाल्न सक्ने गरी पारिश्रमिक दिन सकेन । किनकि  पेटानीले बजार पाएन ।  आफूलाई आवश्यक पर्ने पेटानीले आफै बुनेर लगाउने बाहेकमा त्यो सिप अरूमा काम लाग्नै सकेन ।

गाउँका धिमाल बस्तीहरूमा अहिले पनि समस्या छ  । आर्थिक रूपमा मात्रै होइन शैक्षिक रूपमा पनि यो जाती  अन्यको तुलनामा कमजोर छ । दमककै भरत धिमाल भन्छन् ,  पढ्नु पर्छ भन्ने थाह छ तर पढाउनु पर्छ पर्छ भन्ने थाह छ तर  उच्च शिक्षा सम्म पढाउन  यहाँ लाखौँ खर्च गरिन पर्छ जुन हामी खर्च गर्न सक्दैनौ भन्ने चाहिँ कसैले बुझिदिएनन् ।’ उनको प्रश्न  छ , दमक नगरपालिकाले  पाँच वर्ष अघि    धिमाल जातीलाई प्रथम नागरिकको रूपमा घोषणा गरेको थियो त्यसले कल्लाई के दियो रु उनी आक्रोशित हुँदै भन्छन् ‘ नगरपालिकाले बर्सेनि  धिमाल जातीकालागि बजेट  छुट्याएको सुन्छु तर त्यो बजेट हाम्रो बस्ती सम्म नआउँदा त्यो कहाँ र कसले खर्च गर्‍यो रु हिसाब किताब खोज्ने बेला आएको छ । ’

२०७४ सालको स्थानीय तहको निर्वाचन पछि निर्वाचित भएका जनप्रतिनिधिको पहिलो कार्यपालिकाको बैठकले दमकमा  धिमाल जातीलाई प्रथम नागरिक भनेर घोषणा गरेको थियो । धिमाल जातीको जातीय सिप र कलालाई  संरक्षण र संवर्द्धन गर्ने,  यहाँ उपलब्ध हुने रोजगारमा  धिमाल जातीलाई  पहिलो प्राथमिकता दिइने, विभिन्न सार्वजनिक कार्यक्रममा   धिमाल जातीलाई अनिवार्य  विशेष अतिथिका रूपमा आसन ग्रहण गराउने, शिक्षा र स्वास्थ्यको क्षेत्रमा  सहुलियत  उपलब्ध गराउने  लगायतका काम गर्ने गरी  यो जातीलाई प्रथम नागरिक घोषणा गरिएको थियो ।

तर उपरोक्त लिपिबद्ध कामले  व्यवहारिक काम गर्नै सकेन । अहिले पनि  धिमाल जातीमा  उच्च शिक्षा सम्म पढ्ने युवाहरू कमै मात्रै भेटिन्छन् ।  आफ्नै  पेसा र व्यवसायमा आबद्ध रहेका धिमालहरू हातका औँलामा गन्ने गरिएका मात्रै छन् ।   धिमाल जातीकालागि  आउने ती बजेट तथा  कार्यक्रमले लक्षित वर्ग सम्म चाहिँ पुग्नै सकेन ।

दमक नगरपालिकाले वार्षिक रूपमा  २० लाख रुपैयाँ बजेट पनि खर्च  गर्‍यो । तर यो   बजेट कहाँ गयो भनेर  धिमाल समुदायका  तल्लो तहका नागरिक प्रश्न गरिरहेका छन् ।

नगरपालिकाले प्रथम नागरिक घोषणा गरेपछि धिमाल जाती व्यवस्थापन समिति पनि बनेको छ । यही समिति मार्फत दमक नगरपालिकाले बजेट छुट्याउने गरेको छ । तर  समुदायको स्तर उन्नति गर्न, आय आर्जनमा  जोड्न र आन्तरिक उत्पादनलाई बजारीकरण गर्न भन्दा पनि यो समितिले आफ्नो ग्रामथान बनाउन, सङ्ग्रहालय बनाउन , कार्यालयमा  फर्निचर राख्नै मात्र बढी बजेट माग गर्‍यो । तर यता समितिले बजेटको सदुपयोग भएको दाबी गर्छ । कृषि क्षेत्रमा , पेटानी बुन्ने तालिम र क्षमता विकासको क्षेत्रमा लगानी गरेर  धिमाल जातीलाई आय अर्जनमा जोडेको दाबी समिति कोषाध्यक्ष मनिराज धिमालको छ ।

कुनै बेला दमकका  मुख्य जमिनदार  मानिने  धिमाल  जाती  पछिल्लो समय भने आर्थिक अभावका कारण विपन्नताको  जिन्दगी जिउन बाध्य छन् । आफ्नै कारणले गर्दा भएको  अचल सम्पत्तिको सही सदुपयोग गर्न नसक्दा  अहिले  दमकका अधिकांश धिमाल  ज्याला मजदुरी र अर्मपर्ममै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । यही समुदायको स्तर उन्नति गर्न र दमकको पहिचानसँग धिमाललाई जोडन  यस अघिको सरकारले  प्रथम नागरिक घोषणा गर्‍यो । तर कार्यक्रम प्रभावकारी भएनन् । यो पटक यहाँ नयाँ नेतृत्व आएको छ ।  नगरपालिकामा धिमाल जातीका तल्लो तहका नागरिकको पनि पहुँच विकास गराएर   सिप विकास गराई आयआर्जनका कार्यक्रममा जोड्ने  दमक नगरपालिकाका प्रमुख राम कुमार थापा बताउनु हुन्छ ।

दमकमा  ११ हजारको हाराहारिमा  धिमाल जातीको जनसङ्ख्या छ ।  यहाँका धिमाल मोरङको राजारानीबाट आएको इतिहास छ ।