पछिल्लो समय पुस्तान्तरणको चर्चाले राम्रै स्थान पाइरहेको छ । युवा र बूढाको बहस निकै पेचिलो बन्दै गइरहेको छ । यति मात्र होइन, औसत परम्परागत पार्टीहरूभन्दा नयाँ पार्टी, त्यसमा पनि स्वतन्त्र अझ युवाहरूलाई बनिबनाउ विकल्पको रूपमा हेर्न थालिएको छ । हाम्रो अर्थराजनीतिमा धेरै समस्याहरू विद्यमान छन् । विकृति र विसङ्गतिहरू बढिरहेका छन् । जनविश्वासहरू घट्दै गइरहेका छन् । यद्यपि नेपाली समाजमा विद्यमान समस्याको मूलभूत कारणहरू के के हुन् र त्यसको वास्तविक निकास कसरी हुन्छ भनेर गहिरो चिन्तन् मनन् भने भएको देखिँदैन । नेपाली राजनीतिमा धेरै समस्याहरू भएको कुरा सत्य हो । त्यसको समाधान खोज्नै पर्ने टड््कारो वस्तुगत आवश्यकता छँदैछ । तर, समाधानको मुख्य जरा वा कडी के हो भनेर पहिचान गर्नेतर्पm सचेत ध्यान गएको छैन । हाल प्रयोगमा आइरहेको वैकल्पिक अभिमतहरू त्यति वस्तुसङ्गत, मूर्त र समाधन केन्द्रित देखिँदैन ।
वस्तुतः पुस्तान्तरण हुनुपर्दछ । युवाहरूलाई उचित भूमिका दिनै पर्दछ । यसमा धेरै तिक्त तर्क बहस गरिरहनु कुनै जरुरी छैन । तर, के युवाहरू निरपेक्ष समाधान हुन् त ? यस्ता यक्ष प्रश्नको जवाफ निकै जटिल देखिन्छ । पुस्ता वा युवाको कुरा गर्दा पौराणिक कालका शक्तिशाली राजामहाराजाहरुलाई पनि राजकुमारहरुले राजगद्दीबाट हटाएको धेरै दृष्टान्तहरू छन् । ती राजकुमार वा राजपरिवारका सदस्यहरूले पनि शासन सत्ता राम्रोसँग सञ्चालन गर्न नसकेको, शान्ति सुरक्षाको प्रत्याभूति नभएको, प्रजाको भलो गर्न नसकेको, समयसापेक्ष सक्षम शासक बन्न नसकेको अनि शक्तिशाली राजाको रूपमा नेतृत्व गर्न नसकेको भन्दै उनीहरूलाई सत्ताच्यूत गरिन्थ्यो । त्यसपछि त्यहाँ नयाँ र युवा राजकुमारहरू सत्ताशीन हुन्थे । यद्यपि समस्याहरू भने ज्युँका त्युँ हुने गर्दथ्यो ।
बाजे, बाबा, काका र दाजुले गर्न नसकेको काम म गर्छु भनेर राजगद्दी ताक्ने युवा राजकुमार पनि अन्ततः उही ड्याङको मुला हुन पुगे किन ? यसको वस्तुवादी कारणहरू असाध्यै स्पष्ट छ । खास गरेर त्यहाँ राजतन्त्रात्मक शासन प्रणाली वा पद्यति उही छ । राजदरबार र भाइ भारदार उही छ । सिंहसान र ढोङ–ढर्रा एउटै छ । मनोवैज्ञानिक भाष्य उही छ । परम्परा, संस्कार र संस्कृति उही छ । सोच, चिन्तन् र मनोविज्ञान उही छ । राजकीय खानदान, उठबस, शान, मान र मर्यादा उस्तै छ । पावर, पद, प्रतिष्ठा र प्रभाव उस्तै छ । सर्वोच्चता र निचताको लक्ष्मणरेखा उस्तै छ । प्रधानतः सिंगो राजसिंहासनको चरित्र उही छ । तब त्यहाँ व्यक्ति परिवर्तन वा युवा परिवर्तन गरिए पनि गुणात्मक परिणाम केही पनि हातलागी हुँदैन । त्यस्ता निरङ्कुश राजतन्त्रलाई उल्टाउन पुस्तौंपुस्तासम्म जनताले लड्नु परेको तीतो इतिहास कसैमा छिपेको छैन ।
हिजोआज स्वतन्त्र र नयाँ पार्टीको पनि निकै चर्चा हुन थालेको छ । पुरानो पार्टी र नेताप्रति बुझेर हो वा नबुझी आम वितृष्णा पैmलिएको छ । पुरानो पार्टी र बूढा नेताले गर्न नसकेको काम स्वतन्त्र, नयाँ पार्टी र युवा नेतृत्वले रातारात सल्टाइहाल्छ भन्ने बनिबनाउ भाष्य सिङ्गो समाजमा जबरजस्त रूपमा दर्ज गरिँदै छ । तर, यस्ता मनोविज्ञानहरू मात्रै भरपर्दो समाधन नहुन सक्छ । किनभने पुरानो पार्टी र बूढा नेताहरूले टेकेको समाज, अपनाइएको शासन प्रणाली, राजकीय सिद्धान्त, संविधान, ऐन, कानून, विधि, प्रक्रिया, सोच, चिन्तन्, मनोविज्ञान, जीवन व्यवहार, महŒवाकाङ्क्षा, जीवनशैली, कार्यशैली, स्वार्थगत लेनादेना–सम्पर्क–सम्बन्ध, अर्थराजनैतिक उठबस, सामाजिक संस्कार, सांस्कृतिक भाष्य, धार्मिक परम्परा, ढोङ–ढर्रा–आडम्बरी सामाजिकी, शक्ति–शान–प्रतिष्ठा–प्रभाव प्रदर्शन अनि दम्भ–घमण्ड–मपाइँत्व सबै उस्तै छ । तब यही धरातलमा उभिएको त्यही पार्टीको विचारद्वारा निर्देशित एउटा युवाले कसरी जादुगरी शैलीमा समाधान गर्ला त ? हाम्रो समाजमा व्याप्त यति विघ्न असङ्गत पक्षहरू ? योबेला यस्तै यक्ष प्रश्नहरूको सही उत्तर खोज्न अनिवार्य देखिन्छ ।
वस्तुतः स्वतन्त्र, नयाँ पार्टी र युवाहरूले केवल सिकारु जोगीले धेरै खरानी धसेजस्तै बिग्रेकोे भत्केको कुुराहरूलाई चोटिलो र गहकिलो किसिमले अभिव्यक्त गर्दै आप्mनो स्वार्थगत उद्देश्य प्राप्ति गर्ने कसरतलाई बुभ्mन कठिन छैन । उनीहरूले गम्भीर सवालहरू नै उठाइरहेका छन् । भाषण र कुरा मिलाएर गरिरहेका छन् । अनि प्रतिबद्धताहरू आकर्षक र कलात्मक ढङ्गले प्रस्तुत गरिरहेका छन् । नाराहरू मन छुने नै लगाइरहेका छन् । पुरानो पार्टी र नेताहरूको कमी कमजोरीलाई उजागर गरिरहेका छन् । पार्टी र नेताहरूले केही गल्ती कमी कमजोरीहरू पनि गरेकै छन् । कतिपय त जनस्तरबाट उठाउनै पर्ने सवालहरू पनि छन् । अर्थात् उनीहरूले समाजोपयोगी र जनहितकारी मुद्धाहरू नै उठाइरहेका छन् । उनीहरूले उठाएका मुद्धाहरूमा हाम्रो विमति कदापि होइन । उनीहरू राजकीय प्रणाली र पद्दतिमा समस्या रहेको चूरो विषय वा गहिराइमा जाँदैनन् । उनीहरू केवल यो पार्टी त्यो पार्टी अनि यो व्यक्ति र त्यो व्यक्तिमा मात्र खोट देख्छन् र सतही र अमुक समाधान खोज्छन् । मतदाताहरूको दिग्भ्रमलाई आप्mनो स्वार्थ सिद्दीको भ¥याङ बनाउँछन् । साँच्चै चित्त नबुझेको विषय यही हो । प्रणालीमा समस्या भएपछि विर्खबहादुरले गर्न नसकेको काम तीर्थबहादुरले गर्छ भन्नु विज्ञानसम्मत हुँदैन । असहमति र विरोध यहीँनेर हो ।
तब यस्ता प्रतिबद्धताहरू केवल एउटा नयाँ जोगीले धेरै खरानी धसेजस्तै मात्र हुन पुग्दछ । नयाँ जोगीले धरै खरानी लगाउनु उसको बाध्यता हो । जोगी बन्न अरू जोगीको भन्दा उसको सङ्घर्ष, त्याग र लगानी निकै कम छ । यसकारण उसले जोगीको ट्याग झुण्ड्याउन पाएकै छैन । जोगीको ट्याग झुण्ड्याउनु छ अनि चिनिनु पर्नेछ । साथै परिचित हुनु छ तर, धेरैले चिन्दैनन् । पेशेवर जोगीको प्रसिद्धी वा ब्राण्ड बनाउनु छ । जोगीहरू धेरै छन्, उनीहरूलाई जित्नु छ वा उनीहरूभन्दा अघि बढ्नु छ । उनीहरूभन्दा माथि पुग्नु छ, स्थापित र सफल हुनु छ । तर, उसले पनि जोगीको स्थापित ब्राण्ड बनाइसकेपछि वा स्वार्थ सिद्ध गरिसकेपछि औसत अरूले जस्तै खरानीको सानो टीका मात्र लगाउन थाल्नेछ । सामान्य जोगीकै भेषभूषा, चालचलन र व्यवहार प्रदर्शन गर्नेछ । तब अन्ततः औसत जोगीकै रूपमा स्थापित हुनेछ । अपवादबाहेक राजनीतिमा पनि यही सार्वभौम नियम लागू हुने देखिन्छ । यसकारण धेरै स्वतन्त्र, युवा र नयाँ पार्टीहरूको ठूलो र कलात्मक खरानीको टीका देखेर वा सुनेर हावामा तरङ्गित हुनुभन्दा सतहमा उभिएर ठोस र वस्तुसङ्गत निर्णय गर्नु बुद्धिमानी हुन्छ । यो सचेत नागरिकहरूको ऐतिहासिक कार्यभार पनि हो ।
मूलतः निरपेक्षरूपमा चरम् महŒवाकाङ्क्षा र आत्मकेन्द्रित स्वार्थद्वारा निर्देशित समाजमा पुस्तान्तरण र स्वतन्त्रको कुरा भनेको पनि स्वार्थगत लेनादेनाको गुरुत्वकेन्द्र वरिपरिबाटै आउने गर्दछ । वर्तमान राष्ट्रिय राजनीतिमा अन्तरनिहीत असङ्गतिहरूलाई आन्दोलनकै रूपमा अघि बढाएर समाधान गर्ने हो भने सबैले यस्तो अभियानलाई सल्युट गर्दै साथ र सहयोग दिनु पर्दछ । यसलाई सङ्गठित र योजनाबद्ध ढङ्गले एउटा आन्दोलनकै रूपमा अघि बढाउनु पर्दछ, जसले गलत प्रणालीलाई नै बदल्ने हैसियत राख्न सकोस् । आन्दोलनको ऐतिहासिक प्रक्रियामार्पmत् वर्तमान बेथिति र विसङ्गतिहरूलाई निर्मूल गर्दै एक सुन्दर, शान्त, समृद्ध र उन्नत समाज निर्माणको निर्मम सङ्घर्षकै रूप हो भने हाम्रो पनि समर्थन रहनेछ । तर, आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थ र महŒवाकाङ्क्षाले नेतृत्व गरिरहेको समाजमा यस्तो कल्पना गर्नु दिवास्वप्न मात्र हुन्छ । यस्ता सबै तिकडमहरू उही नयाँ जोगी बन्ने महŒवाकाङ्क्षी स्वार्थ अन्तर्गतकै साक्षात् रिहर्र्सलहरू हुन् ।
तर, उपभोगवादी सांस्कृतिक स्वार्थद्वारा निर्देशित विश्व मानव समाजमा पछिल्लो समय उपभोग वासनासँगै चरम् महŒवाकाङ्क्षा र अति स्वार्थले घर गरेको देखिन्छ । यसले स्वभाविक प्रक्रियाबाट भन्दा पनि छिटोमीठो तरिकाले विना लगानी स्वार्थपूर्तिको सपनासँगै स्वाद फेर्ने मनोवैज्ञानिक भाष्य निर्माण गरिरहेको छ । यस्तो चिन्तन् र प्रवृत्तिले विचार, राजनीति, दृष्टिकोण, सही र गलत, अग्रगामी र पश्चगामी अनि एजेण्डाहरूलाई नजरअन्दाज गर्दछ । उनीहरू केवल अमूक र अमूर्त विकास, समृद्धि, सुशासन र भ्रष्टाचारविहीन समाजको परिकल्पना गर्दछ । हल्लाखल्ला र महौलको पछि लाग्दछन् ।
मीठो, गुलियो, आकर्षक र औपचारिक पदावलीहरूमा रुमल्लिने गर्दछ । वस्तुतः उनीहरूको परिकल्पनाले वस्तुगत धरातल टेकेको वा छोएको हुँदैन । उपभोगवादी अर्थराजनीतिक स्कुलिङमा मतदाताहरूसमेत विना विचार र एजेण्डा भड्किने र बहकिने गर्दछन् । निश्चित वैचारिक लगाम हुँदैन । उनीहरूमा स्पष्ट अडान पनि हुँदैन । आज यता भोलि उता कुनै ठेगान हुँदैन । यस्तो बेला जनता जनार्दनले सही नै पैmसला गर्छन् भन्ने केही ग्यारेण्टी हुँदैन । यस्तो परिवेशमा अलि अस्वभाविक ढङ्गलेकुनै पनि वस्तु, व्यक्ति वा सत्ताको उठान र पतन हुने गर्दछ । त्यसमा अझ शक्तिकेन्द्रहरूको चलखेल जोडिँदा अनुमान गरेभन्दा धेरै भिन्न तस्बिरहरू पनि पर्दामा आकस्मिकरूपमा देखिने गर्दछ । यस्तो प्रतिकूल परिवेशमा अमूर्त गोलमटोल सुगरकोटेड नारा र प्रतिबद्धतारूपी कमाण्डलु बोकेर आउने नयाँ जोगीलाई हामीले आलोचनात्मक दृृष्टिबाट मूल्याङ्कन गर्नु पर्दछ । अन्यथा हामी फेरि नयाँ जोगीको महाजोगी बन्ने रणनैतिक स्वार्थको जालोमा नराम्ररी फस्नेछौं ।
त्यसैले पुस्तान्तरणको उठान सही भए पनि अमूर्त छ । यसमा वस्तुवादी समाधानको आधार देखिँदैन । स्वतन्त्रहरूले राम्रै मुद्दाहरू उजागर गरेका छन् तर, त्यो पनि अमूक छ । यसको दीर्घकालीन हल गरेरै छाड्ने स्पष्ट आधार भेटिँदैन । युवा हुनु नै सबै समस्याको समाधान होइन । स्वतन्त्र हुनु नै बनिबनाउ हल होइन । पुरानो पार्टी र बूढो नेता हुनु नै अभिसाप होइन । यद्यपि युवाहरूले पनि त्यही बूढा नेताले नेतृत्व गरिरहेको खास पार्र्टीकै आधारभूत राजनैतिक विचारद्वारा निर्देशित भएर काम गर्ने होला । उदाहरणको लागि गगन थापाले आखिर काङ्ग्रेसकै वैचारिक पदचिह्नअनुसार काम गर्नुपर्दछ । आकाश–धर्ती नै जोडिन्छ भनेर हावादारी वा मनगढन्ते विश्लेषण गर्नु हुँदैन । ट्याक्टफुल्ली उठाइएको पुस्तान्तरणको महत्वाकाङ्क्षी रणनीतिमा धेरै भर नपरौं । यो समाधान नभएर केवल कसैको स्वार्थ र महŒवाकाङ्क्षाको धित मार्ने क्याप्सुुल मात्र हुनसक्छ ।
यता राष्ट्रिय राजनीतिमा व्याप्त समस्याहरू भनेको कुनै अमूक पार्टी वा नेताहरूको कारण मात्र पैदा भएको समस्या होइन । यो त हामीले प्रयोग गरिरहेको अर्थराजनैतिक प्रणालीमा रहेको समस्याहरुकै उपज हो । तसर्थ पुस्तान्तरणलाई निरपेक्ष र बनिबनाउ समाधान देख्नु अल्पज्ञान वा वैचारिक दरिद्रता हुन्छ । सही विचार, दृष्टिकोण, कार्यदिशा र कार्यक्रम हेरेर वस्तुवादी समाधान खोज्ने गरौं । प्रणालीमा रहेको खोटलाई बदलौं । परम्परागत र असङ्गतपूर्ण चिन्तन् प्रवृत्तिहरूलाई निश्तेज गरौं । युवा, प्रौढ र वृद्धाहरु एकअर्काका परिपूरक साधनहरू हुन् । तिनै पुस्ताहरूबीचको सङ्गठित, एकीकृत र प्रतिबद्ध विचारमा मात्र समाधान देख्ने गरौं । तब मात्र हामी समस्याहरूको दीर्घकालीन समाधान गर्न सक्नेछौं । अन्यथा यस्तो अमूक र गोलमटोल नाराद्वारा कसैले आप्mनो स्वार्थ र महŒवाकाङ्क्षा त पूरा गर्ला तर, राष्ट्रिय राजनीतिमा व्याप्त असङ्गतिहरूको वस्तुवादी समाधान हुँदैन । सबैलाई चेतना भया !