राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई नेपालका लागि विभिन्न पदकहरू दिलाउन सफल मध्येका एक हुन्, तेक्वन्दो प्रशिक्षक मोहन विश्वकर्मा । ०५२ सालमा राष्ट्रिय खेलकुद परिषदमा सेवा प्रवेशसँगै उनले ‘समुदायमा खेलकुद’ भन्ने नारासहित दुर्गम गाउँहरूमा तेक्वन्दो प्रशिक्षण दिन सुरु गरे ।
त्यस बेला उनले भोजपुर, इटहरी, सुनसरी लगायतका गाउँहरूमा पुगेर युवाहरूलाई तेक्वेन्दो सकिएका थिए । ‘गाउँघरमा खेलकुदको प्रशिक्षण र खेल खेल्न सकिउँनु पर्छ थिएन । तर राष्ट्रिय खेलकुद परिषदमा सेवामा प्रवेश गरेपछि मेरो जोडबलमा गाउँमा खेलकुद पुर्याएको हो । त्यही दौरानमा तेक्वन्दोको प्रशिक्षण आफैले दिएको हुँ’, उनले भने ।
समुदायस्तरमा तेक्वन्दो पुर्याउँन भोजपुर, झापा, तेह्रथुम, ताप्लेजुङ, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोटी, बैतडी लगायत नेपालका अधिकांश जिल्लामा ग्रामीण क्षेत्रका बालबालिकाहरूलाई तेक्वन्दो खेलको तालिम दिँदै आइरको छन् ।
यस तालिमले बालबालिकालाई शारीरिक तथा मानसिक विकासको साथै अनुशासित जीवन विकासको लागि सहयोग पुगेको छ । उनी थप्छन्, तेक्वन्दो खेल देशका सम्पूर्ण गाउँपालिका स्तर तथा ग्रामीण क्षेत्रका स्कुलमा प्रशिक्षण सञ्चालन गर्नका लागि सरोकारवला निकायले चासो दिने हो भने पक्कै पनि नेपालको खेल क्षेत्रका लागि कोसे ढुंगा साबित हुन्थ्यो ।’
ग्रामीण क्षेत्रमा तेक्वन्दो खेललाई अझ आफूले विस्तार गर्न आफू निरन्तर लागि पर्ने बताए ।
खेलकुदलाई मनोरञ्जनको रूपमा मात्रै लिइन्थ्यो । तर खेल व्यक्ति विकास लागि अपरिहार्य छ । उनले समुदाय र विद्यालहरुमा तेक्वन्दो खेलको प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् । उक्त प्रशिक्षणले युवा जगतमा सकारात्मक सन्देश प्रवाह गर्दै प्रशिक्षणकै लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएका छन् ।
उनले तेक्वन्दो खेलका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता पूर्वक निर्णायकको भूमिका निर्वाह गर्दै आइरहेका छन् । विश्वकर्माले कोरियाको तेक्वन्दो कुकी वान हेड क्वाटरबाट पाँचौँ डन डिग्री समेत हासिल गरिसकेका छन् । त्यस्तै जापनमा सम्पन्न अन्तर महादेशीय तेक्वन्दो प्रतियोगिता नेपालको तर्फबाट निर्णायक भूमिका समेत निर्वाह गरेका थिए । त्यस प्रतियोगितामा निर्णायकमध्ये उत्कृष्ट निर्णायक घोषित पनि भएका थिए ।
जापन, कोरिया, मलेशिया लगायत देशहरूमा आयोजना भएको विभिन्न गोष्ठी तालिमहरूमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी जनाएका छन् । उनी समुदाय स्तरमा हजारौं विद्यार्थीलाई तेक्वन्दो खेलको प्रशिक्षण गराउँदै आइरहेका छन् । उनि भन्छन् "अझै समुदाय स्तरमा तेक्वन्दो खेल पुर्याउने उनको योजना छ ।'