पाँचथर । पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा पर्ने ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन स्थानीयले माग गरेका छन ।
पाँचथरको कुम्मायक गाउँपालिकाको तमोर जलाशययुक्त जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सक्ति बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै रोकिएको योजना तत्काल संचालन गर्न माग गरेको हो । समितिका अध्यक्ष नरबहादुर खड्का, कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती सहितको जनप्रतिनिधि र स्थानीयको टोलीले मन्त्री बस्नेतसंग योजना संचालन गर्न माग गरेका थिए ।
पूर्वकै गौरवको आयोजना अन्तरर्गत ७५६ मेगावटको तमोर जलाशययुक्त योजना कमलागत र कमक्षतिमा निर्माण गर्न सकिने र बिगतदेखि अध्यायन, अनुसन्धान र जग्गा कारोबार रोक्का जस्ता गतिविधि हुँदै आएको भन्दै योजना संचालन गर्न माग गरिएको समिति अध्यक्ष खड्काले बताए ।
तीन जिल्लाको भाग्य र भबिष्यसंग जोडिएको योजना पछिल्लो समयमा अन्योलमा परेको भन्दै कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले अन्योल भएको योजना संचालन हुनु पर्ने बिषयमा माग गरे ।
जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले गम्भिरर्तापुर्वक लिएको बताउँदै योजना संचालनको बिषयमा सरकारको ध्यानाकष्र्ण भएको बताए । “बस्नेतले भने् तपाईह?ले लिएको चासो र चिन्ता प्रति सरकार गम्भिर छ । राष्ट्रिय गौरवको योजनामा सरकारबाट कुनै रोकछेक हुदैन । यो बिषयमा आवश्यक छलफल गरी चाँडै टुङ्गोमा पुग्छौ ।”
त्यस्तै सोही टोलिले लगानी बोर्डका कार्यकारी निर्देशक शुशिल भट्टलाई पनि ज्ञापन पत्र बुझाउँदै आयोजना संचालनबारे ध्यानाकष्र्ण गराएको छ । उर्जा मन्त्रालयपछि लगानी बोर्डका निर्देशक शुसिल भट्टलाई ज्ञापन पत्र बुझाएको कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए । “हामीले योजना संचालनको भूमिका पाएको लगानी बोर्डमा पनि ज्ञापन पत्र बुझायौं । दुई हप्तादेखि तीन हप्तासम्म भित्र योजना अघि बढाउने बिषयमा निणर्य हुने जवाफ पाएका छौ । यो सकरात्मक सन्देश हो अध्यक्ष लावतीले भने ।
कुम्मायक गाउँपालिका सहित तेह्रथुम र धनकुटाका सरोकारवालाह?को टोलीले गत आइतबारदेखि योजना संचालनको बिषयमा उज्र्जा मन्त्रालय र लगानी बोर्डलाई ज्ञापन पत्र बुझाएको छ । त्यस्तै १९ वैशाखमा प्रधानमन्त्रीलाई भेटेर योजनाको हालसम्मको अवस्था संगै सरकारको ध्यानाकर्षण गराउँने समितिले जनाएको छ ।
तमोर जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले बनाउने भनिएको थियो । तर सम्झौता भएअनुसार पावर चाइनाले ३ वर्षमा पनि कुनै प्रगति नगरेपछि एचआईडीसीएलले लगानी बोर्डलाई सम्झौता तोड्न आग्रह गरेको थियो । योजनाबाट एचआईडीसीएल र पावर चाइना पछि हट्ने संकेतपछि तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा परेको हो ।