चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग देशभरि फैलिएको छ । देशका ७१ जिल्लामा फैलिएको यो रोग कोशी प्रदेशको १३ वटा जिल्लामा फैलिएको छ ।

चौपायामध्ये पनि गाई, गोरु, भैँसीमा यो रोग देखिने गरेको छ । सबैभन्दा सुरुमा कोशी प्रदेशको मोरङमा यो रोग देखापरेको थियो । २०७७ साल चैतमा पहिलो पटक यो रोग देखिएको सम्बन्धित पशुचिकित्सकहरूले जनाएका छन् । अहिले प्रदेशभर घरैपिच्छेका पशुमा ‘लम्पी स्किन’ रोग देखिएको स्थानीयले बताए ।

पर्याप्त मात्रामा पशु चिकित्सक नहुँदा अनुमानका भरमा भ्याक्सिन लगाउनु परेको चौपाया पीडित स्थानीयले बताएका छन् । भोजपुर जिल्लाका नौ स्थानीय तहका गाई, गोरु, भैंसीमा ‘लम्पी स्किन’ फैलिएको जनाइएको छ ।

‘लम्पी स्किन’ लागेका चौपायामा छालामा डाबर आउने, गिर्खा फुटेर घाउ हुने, आँखामा कचेरा देखिने, खुट्टाको आँख्ला सुन्निने, खुट्टा नटेक्ने, ह्याकुलो सुन्निने, उच्च ज्वरो आउने, घाँस, पानी नखाने, र्याल काढ्ने समस्या देखिने गरेको कृषकहरूले जनाए । भोजपुरका नौ स्थानीय तहमध्ये केहीमा तीन महिना पहिलेदेखि चौपायामा सङ्क्रमण देखिएको छ  भने केहीमा एक महिनादेखि सङ्क्रमण देखिन थालेको छ । कतिपय पालिकामा भयावह अवस्था रहेको छ ।

स्थानीय प्रदीप न्यौपानेका अनुसार टेम्के मैयुङ गाउँपालिकाका ८ गाउँपालिकामा ‘लम्पी स्किन’ भयावह रहेको छ । उनी भन्छन्, ‘पालिकामा प्रत्येक घरका पशुमा रोग देखिएको छ ।’

उनी पशु चिकित्सक र औषधिको अभाव रहेको बताउँछन् । उनी भन्छन्, ‘डाक्टर छैनन्, अनुमानका भरमा भ्याक्सिन लगाइरहेका छौँँ । औषधि पनि सकिएको छ; गाउँपालिकामा खबर गरेको छु ।’

टेम्के मैयुङ गाउँपालिका–९ मा भ्याक्सिन लगाउने जिम्मेवारी उनैलाई दिइएको छ । उनले २०५६ सालमा लिएको सामान्य तालिमको भरमा भ्याक्सिन लगाइरहेका छन् । १ सय ५० जतिलाई उपचार गरेका छौँ । उपचार गर्दा पनि २ वटा मरेका छन् । उनी भन्छन्, ‘ल्यावमा रगत परीक्षण नगरी भ्याक्सिन लगाइँदैछ ।’

टेक्मेमैयुङ गाउँपालिका पशुपंक्षी शाखाका कर्मचारी शुभयात्रा राईका अनुसार पालिकामा ५० प्रतिशत अनुदानमा खोप लगाइरहेको छ । भोजपुर नगरपालिकाका पशु चिकित्सक सन्तोष कटुवालले नगरका सबै वडामा ‘लम्पी स्किन’ फैलिएको छ । उनी भन्छन्, ‘रोकथामको काम गरिरहेका छौँ । माथिल्लो निकायदेखि सहयोग पाइएको छैन ।’ हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार पालिकामा दुई महिनादेखि सङ्क्रमण फैलिएको छ ।

‘लम्पी स्किन’ लागेका चौपायामा छालामा डाबर आउने, गिर्खा फुटेर घाउ हुने, आँखामा कचेरा देखिने, खुट्टाको आँख्ला सुन्निने, खुट्टा नटेक्ने, ह्याकुलो सुन्निने, उच्च ज्वरो आउने, घाँस, पानी नखाने, र्याल काढ्ने समस्या देखिने गरेको कृषकहरूले जनाए । भोजपुरका नौ स्थानीय तहमध्ये केहीमा तीन महिना पहिलेदेखि चौपायामा सङ्क्रमण देखिएको छ  भने केहीमा एक महिनादेखि सङ्क्रमण देखिन थालेको छ । कतिपय पालिकामा भयावह अवस्था रहेको छ ।

उनी भन्छन्, ‘प्रायः सबै वडामा रोग फैलिएको छ, उपचारमा गरिरहेका छौँ, मर्ने क्रम छैन ।’ पौवादुङ्मा गाउँपालिकामा पनि सङ्क्रमण बढेको छ । पालिकाका अनुसार केही वडामा नियन्त्रण भएको छ भने अन्य वडामा फैलिइरहेको छ । साल्पासिलोछो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारी रोग महामारीको रूपमा फैलिएको बताउँछन् ।

पालिकाका पशुपंक्षी शाखा प्रमुख टीकाराम थापा भन्छन्, ‘चैतदेख अहिलेसम्म नियन्त्रण गर्न सकिएको छैन । सबै वडाका प्रत्येक घरका पशुमा सङ्क्रमण देखिएको छ ।’ आमचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनकुमार राई सङ्क्रमण तीन वडामा देखिएको बताउँछन् । उनी भन्छन्, ‘सबै वडामा फैलिएको छैन ।’ अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी भयावह अवस्था टरेको बताउँछन् ।

उनी भन्छन्, ‘पहिले धेरै थियो । अहिले कम हुँदै आएको छ ।’ रामप्रसाद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेल पालिकामा ‘लम्पी स्किन’ सङ्क्रमण देखिएको बताउँछन् । षडानन्द नगरपालिकामा ४ महिनाअघिदेखि रोग फैलिएको नगरका पशु सेवा प्रमुख तुलबहादुर राई बताउँछन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र (सम्पर्क कार्यालय) भोजपुरका प्रमुख सुन्दर यादवका अनुसार अरुण गाउँपालिकामा ३५, पौवादुङ्मा गाउँपालिकामा ३८, हतुवागढी गाउँपालिकामा ४५, रामप्रसाद गाउँपालिकामा ५०, आमचोक गाउँपालिकामा २१, भोजपुर नगरपालिकामा ३५, षडानन्द नगरपालिकामा १६, साल्पासिलिछो गाउँपालिकामा १९ र टेम्केमैयुङ गाउँपालिकामा १३ वटा चौपाया मरेका छन् । भोजपुरमा मात्रै होइन, प्रदेशभर नै ‘लम्पी स्किन’ फैलिएको छ । पशुपंक्षी तथा मत्स्य निर्देशनालय विराटनगरको २०८० वैशाख ३० गतेसम्मको तथ्याङ्क अनुसार झापामा ६ हजार ४ सय ९५ सङ्क्रमितमध्ये १ सय २० चौपाया मरेका छन् ।

इलाममा २१ हजार ५ सय १५ सङ्क्रमितमा ४ सय ३५ मरेका थिए । पाँचथरमा ४ हजार ४ सय ७२ सङ्क्रमितमा १७ मरेका छन् । मोरङमा वैशाखमा ७ हजार ५५ सङ्क्रमितमा १ सय ८२ मरेका छन् । उदयपुरमा १६ हजार ५ सय ८० सङ्क्रमितमा १ सय २० मरेका थिए । खोटाङमा ८ सय सङ्क्रमितमा ३ मरे ।

ओखलढुङ्गामा ६ सय ६३ सङ्क्रमितमध्ये ५ मरेका छन् । धनकुटामा १० हजार ४ सय ७९ सङ्क्रमितमा ६४ मरेका छन् । तेह्रथुममा १ हजार ८ सय १६ सङ्क्रमितमा ३९ मरेका छन् । सङ्खुवासभामा ४ हजार १ सय ८४ सङ्क्रमितमा ३७ मरेका छन् । भोजपुरमा ४ हजार सङ्क्रमितमा १७ मरेका छन् । सुनसरीमा ७ हजार ७ सय २५ सङ्क्रमितमा ९३ पशु मरेका छन् ।

कोशी प्रदेशभरमा कुल ८५ हजार ७ सय ८४ सङ्क्रमित भएकोमा ८५ हजार २ सय ९७ गाई, गोरु छन् भने ४ सय ८७ भैंसी, राँगा छन् । हालसम्म १ हजार १ सय ३२ चौपाया मरेका छन् ।

जसमा १ हजार १ सय २९ गाई, गोरु छन् भने ३ भैंसी, राँगा रहेका छन् । निर्देशनालयले ताप्लेजुङमा सङ्क्रमण देखिए तथ्याङ्क प्राप्त नभएको जनाएको छ भने सोलुखुम्बुमा सङ्क्रमण देखिएको छैन ।

षडानन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारी प्रदेश मन्त्रालय र पशुपंक्षी निर्देशनालयबाट सहयोग नपाएको बताउँछन् । उनी भन्छन्, ‘मन्त्रालयमा र निर्देशनालयमा पत्र पनि पठाएका थियौँ तर, सहयोग पाएका छैनौँ ।’ भोजपुर नगरका पशु चिकित्सक सन्तोष कटुवाल पनि माथिल्लो निकायदेखि सहयोग नपाएको बताउँछन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र (सम्पर्क कार्यालय) भोजपुरका प्रमुख सुन्दर यादवका अनुसार अरुण गाउँपालिकामा ३५, पौवादुङ्मा गाउँपालिकामा ३८, हतुवागढी गाउँपालिकामा ४५, रामप्रसाद गाउँपालिकामा ५०, आमचोक गाउँपालिकामा २१, भोजपुर नगरपालिकामा ३५, षडानन्द नगरपालिकामा १६, साल्पासिलिछो गाउँपालिकामा १९ र टेम्केमैयुङ गाउँपालिकामा १३ वटा चौपाया मरेका छन् । भोजपुरमा मात्रै होइन, प्रदेशभर नै ‘लम्पी स्किन’ फैलिएको छ । पशुपंक्षी तथा मत्स्य निर्देशनालय विराटनगरको २०८० वैशाख ३० गतेसम्मको तथ्याङ्क अनुसार झापामा ६ हजार ४ सय ९५ सङ्क्रमितमध्ये १ सय २० चौपाया मरेका छन् ।
यस विषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र (सम्पर्क कार्यालय) भोजपुरका प्रमुख सुन्दर यादव स्थानीय तहमा नै पशु शाखा हुने बताउँदै भन्छन्, ‘हामीसँग बजेट हुँदैन, प्राविधिक सहयोग गरिरहेका छौँ ।’ यता कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डा. पशुपति ढुङ्गाना प्राविधिक सहयोग गरिरहेको बताउँछन् ।


उनी भन्छन्, ‘प्रदेशभर नै सङ्क्रमण छ । क्षमताले भ्याएसम्म सहयोग गरिरहेका छौँ, बजेटको सीमितताले पर्याप्त सहयोग गर्न सकिरहेका छैनौँ ।’ उनका अनुसार ३५ लाख रुपैयाँ मात्रै बजेट रहेको छ । डा. ढुङ्गाना भन्छन्, ‘सङ्क्रमित पशुमध्ये ३ प्रतिशतसम्म मरेका छन् ।’ उनका अनुसार एक पटक ‘लम्पी स्किन’ लागेका पशुलाई फेरि भने लाग्दैन ।

नेपालमा लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन आएको छ । निजी क्षेत्रले जोर्डन कम्पनीको ‘लम्पीसिल्ड एन’ नामक भ्याक्सिन आएको जनाएका छन् । भ्याक्सिन पशुसेवा विभागबाट स्वीकृति प्राप्त रहेको छ । रोग लाग्नुअघि नै चौपायालाई भ्याक्सिन लगाएमा रोग लाग्दैन । गोठमा एउटा गाईलाई रोग लागेपछि उसलाई समूहबाट छुट्याएर अलग्गै राखी उपचार गर्ने, गोठ र भकारोको सरसफाइमा ध्यान दिएमा थप फैलन पाउँदैन ।

कृषिमा पनि प्रभाव

‘लम्पी स्किन’ रागले कृषिमा प्रभाव पर्ने देखिएको छ । विशेषगरेर पहाडी जिल्लामा जेठ, असारमा रोपाइँ गरिन्छ । गोरुले जोतेर खेती गरिन्छ । गोरु नै बिरामी भएपछि कृषिमा प्रभाव पर्ने देखिएको छ । एकातिर खडेरीका कारण कृषकले धान रोप्न पाएका छैनन् । भोजपुर नगरपालिकाका पशु चिकित्सक सन्तोष कटुवाल ‘लम्पी स्किन’ को प्रभाव कृषिमा देखिने बताउँछन् ।

उनी भन्छन्, ‘यो रोग गाई, गोरुमा लागेको छ । गोरुलाई रोग लागेपछि कमजोर हुँदो रहेछ । जोत्दै गर्दा बस्ने समस्या देखिएको छ ।’ उनले रोग लागेर निको भएपछि पनि निकै समय गोरुले काम गर्न सक्दैन ।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्री पनि रोगको प्रभाव कृषिमा पनि पर्ने बताउँछन् । उनी भन्छन्, ‘खडेरीसँगै रोगले पनि कृषिमा प्रभाव पारेको छ ।’ उनका अनुसार भोजपुरमा विगतमा यो समयमा करिब १५ प्रतिशत रोपाइँ हुनेमा अहिले करिब ३ प्रतिशत मात्रै भएको छ ।