केहीवर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो। अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ गाउँमा विद्युत्को पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् । 

अनुदानमा विभिन्न सरकारी निकायबाट मिनिमिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ।  हुसञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भन्छन् । “गाउँघरबाट ढिकी, जाँतो त विस्थापित  हुदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।” विद्युत्  मिल गाउँ–गाउँमा पुगेसँगै घर–घरमा साना मिल जडान हुन थालेका उनले बताएका छन् ।

ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जाने परिवारको कमी हुने थालेको बताउँदै धेरैले घरमा नै साना मिल राख्न थालेका व्यापारी बाजिम मगरले बताउछन्। उनले भने, “अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ ।  ४० देखि ४५ हजारमै मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ धेरैको आर्कषण बढेको हो ।” अहिलेसम्म पसलबाट दुई सय बढी सानो मिल बिक्री भइसकेको उनले बताएका छन्।

सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवराज पाण्डेले बताउछन् । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो । “आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी  हुदै गएको छ”, उनले भने

मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले मिल बन्द गरेको अत्तर राईस मिलका सञ्चालन जीवन श्रेष्ठले बताएका छन् ।“धान, मकै, कोदो र तोरी पेल्ने मिल वर्षौदेखि सञ्चालनमा थियो । अहिले साना मिलका कारण ठूला मिल प्रयोगमा आउन नसक्दा कवाडीलाई सामग्री बिक्री गर्नुपर्ने अवस्था आएको छ ।” उनका अनुसार गाउँघरमा रहेका अन्य ठूला मिलको पनि अवस्था अहिले यस्तै छ । 

पछिल्लो समय यान्त्रिकरणमा आकर्षण बढ्दै गएपछि घरमा मिल राखेर धान, गहुँ र दाना पिस्न सजिलो भएको स्थानीय भक्तबहादुर प्रधानले बताए ।साना मिल राख्न थालिएपछि क्षमता वृद्धिका लागि विद्युत् प्राधिकरणमा समेत आवेदन दिने ग्राहकको सङ्ख्या बढ्दै गएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।