भद्रपुर । भूमिहीन भएका ज्ञानबहादुर तामाङ दम्पतीले घर पाएका छन् । झापाको दक्षिणी क्षेत्र साविक पृथ्वीनगर–५ हाल भद्रपुर–३ का तामाङ दम्पतीले घर पाएका हुन् । रिजन रि वर्थ फाउण्डेसन झापा भद्रपुरका सामाजिक अभियन्ता सञ्जय भूइमाली/भावना क्षेत्रीको अगुवाइमा भद्रपुर–५ मा थालनी भएको दुई कोठे पक्की टिनको छाना भएको घर बुधबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्कीले संयुक्तरूपमा घरको उद्घाटन गर्दै परिवारलाई हस्तान्तरण गरेको घोषणा गरेका थिए । भूइमालीको अध्यक्षता तथा नगरप्रमुखको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अन्य आधारभूत आवश्यकताका लागि स्थानीय सरकारले सहयोग पुर्याउने बताए । घर निर्माणका क्रममा सहयोगी दाताहरूको नामावलीसहित आय–व्यय विवरण सार्वजनिक गरिएको थियो भने महŒवपूर्ण सहयोग पु¥याउने दाताहरूलाई सम्मानसमेत गरिएको थियो ।
भावना क्षेत्रीले स्वागत गरेको कार्यक्रममा उपप्रमुख राधा कार्की, वडाध्यक्ष बन्धु कार्की, रतिया राजवंशी, व्यवसायी खड्क लिम्बू, समाजसेवी शिवकुमार राजभण्डारी, राजनीतिकर्मी प्रेम न्यौपाने, झापा युवा नागरिक समाजका अध्यक्ष प्रेम खनाल लगायतले सामाजिक अभियन्ता जोडीको कार्यप्रति प्रशंसा गरेका थिए कार्यक्रमको सञ्चालन कला राईले गरेकी थिइन् ।
केही महिनाअघि भद्रपुर–४ का दीपक राईबाट एकजना जोडीले दयनीय अवस्थामा जीवन बिताइरहेको जानकारी भद्रपुरका सामाजिक अभियन्ता सञ्जय भूईमाली र उनका जीवनसङ्गिनी भावना क्षेत्रीले थाहा पाएपछि घरवारविहीन बनेका तामाङलाई भद्रपुर–५ का भीमासिं राजपुतले स्वर्गीय बुबा लक्ष्मीसिं राजपुतको नाममा ५ धुर जग्गा दान गर्ने बताएपछि घर निर्माणमा सहयोग जुटाउन सुरु गरिएको भावनाले बताइन् । यो समेत ६ महिनाको अवधिमा भद्रपुर नगर क्षेत्रभित्र तीनवटा भवन निर्माण गरी हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।
वि.सं. २०३४ सालमा ज्ञानबहादुर तामाङको नामबाट ‘ज्ञानेचोक’ नामकरण भएको थियो । जसको नामबाट चोक परिचित भयो तर, उही व्यक्ति १८ वर्षयताबाट गुमनाम मात्र हैन, भूमिहीन बनेपछि हाल उनलाई बासस्थानको प्रबन्ध मिलाइएको फाउण्डेसनले जनाएको छ ।
वि.सं. २००७ सालमा सङ्खुवासभामा जन्मिएका तामाङ बसार्इं सराइको क्रममा वि.सं. २०२२ सालमा पुनर्वास कम्पनीमार्फत् साविक पृथ्वीनगर गाउँपञ्चायत त्रिवेणी चोक हाल भद्रपुर–३ स्थित ज्ञानेचोकमा आएका थिए । उनकै नामबाट स्थानीयले वि.सं. २०३४ सालमा सो स्थानलाई ‘ज्ञाने चोक’ नामकरण गरेका थिए ।