गुरुङ फिल्म एशोसियशन हङकङ (जिफाह)ले सांगीतिक तथा सांस्कृतिक कार्यक्रम "जिफाह साँझ- २" आयाेजना गर्ने भएकाे छ ।

आगामी नाेभेम्बर १७ मा हङकङकाे याउ मा तेई कम्युनिटी हलमा हुने कार्यक्रममा नेपाल, हङकङ, अष्ट्रेलिया, अमेरिका लगायतबाट गुरुङ चलचित्रका लोकप्रिय कलाकारहरु सहभागी हुने जिफाह साँझ- २ कार्यक्रमका इन्चार्ज तथा चलचित्र निर्देशक गणेश गुरुङ(सुवास)ले जानकारी दिएका छन् ।

IMG_20241009_121523

हालै आयाेजीत जानकारी सभामा बताईए अनुसार साे कार्यक्रममा अभिनेतृहरु अन्जु गुरुङ,अनुसा गुरुङ,

एनेसर्ज गुरुङ, अभिनेताहरु आनन्द गुरुङ,मनोज गुरुङ, विश्वात्मा गुरुङ, प्रेम गुरुङ,गणेश गुरुङ त्यस्तै गायक मनोज गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर साजन गुरुङ लगायत विभिन्न कलाकारकाे प्रस्तुति रहने छ ।

जिफाहले गुरुङ समुदायका कला, संस्कृति संरक्षण तथा संगीत, चलचित्रकाे प्रवर्द्धन गर्दै आएकाे छ ।