हिजो मुलुकभरि योमरि पुन्ही, उधौलीपर्व, धान्य पूर्णिमा मनाइयो । आ-आफ्ना पुख्र्यौली रित अनुसार हिजोको दिनलाई विभिन्न जातजातिले आआफ्नो गच्छे अनुसार आफ्नो चाड मनाउने काम सम्पन्न गरेका छन् । राष्ट्रिय एकताका प्रतीक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको चारवर्ण छत्तिस जातको सुन्दर फूलबारीमा आआफ्नै प्रकृतिका रहनसहन, लवाई–खवाई र पहिरन रहेका छन् ।

योमरि पुन्ही धान थन्क्याएपछि मनाईने नेवारहरुको यो चाडमा चामलको पिठो मुछेर माछा आकारको बनाई त्यसभित्र खैरो रंगको चीनी र तिल हालेर बनाइएको मीठो परिकारलाई योमरि खाएर ख्वाएर मनाइयो । त्यसैगरी जाडो महिनाको याममा पहाडी उच्चभेगबाट समथल भूभाग तराईतिर आएर मनाई राई, लिम्बू, याक्खा, सुनारहरुले चाड मनाउने चाडलाई उधौली भनिन्छ , र खस क्षेत्री बाहुनहरुले यो मौसममा गोठधुप गरेर मनाउने चलन रहि आएको छ । राई समुदायमा उधौली मनाउने क्रममा भेला भएर साकेला सिलीको मौलिक र रमाइलो नृत्य प्रदर्शन गर्दछन् । लिम्बूहरुले चासोक तङ्नाम मनाउदै च्याब्रुङ्ग बजाउदै नाच्ने परम्परा छ । अन्नदिने मातृभूमिलाई सम्मान गर्दै नाचिने यो साकेला र च्याबुङ्ग नाच लगायतका परम्पराले नेपाले रंगीविरंगी फूलबारी हो भन्ने प्रष्टिकरण गर्दछ । नेपाल साँस्कृतिक हिसाबले कति सम्पन्न छ भन्ने कुरा त यसलाई सिध्याउन लागि परेकाहरुको कृयाकलापबाट पनि पुष्टि हुन्छ ।

चीनको साँस्कृतिक क्रान्तिले समाज रुपान्तरणको दिशातिर चिनलाई लगेता पनि नेपालमा माओवादी लगायतका कम्युनिष्ट पार्टीहरुले गर्न खोजेको कथित साँस्कृतिक क्रान्ति नेपाल र नेपाली जनताको लागि थिएन । कुनै विदेशी शक्ति केन्द्रको इशारामा नेपाल गरिएको कथित जनयुद्ध र यसभित्रको सा“स्कृतिक क्रान्ति नेपालको मौलिक परम्पराहरु नष्ट गरेर विदेशी स“स्कृतिहरु हावि हुने मौका दिनु थियो । चिनमा माओको पालाको जस्तो अवस्था अहिले नेपालको हैन । नेपाल भूराजनीतिक हिसाबले सधैंभरि चेपुवामा पर्दै आइरहेको मुलुक हो र हामी संवेदनशी भएनौ भने हाम्रो सँस्कृति, परम्परा धुलिसात हुन कत्ति पनि समय लाग्दैन । बुर्जवा वर्ग कम्युनिष्ट पार्टीमा हावी भए भनेर छुटकारा पाउन चालिएको माओको सा“स्कृतिक क्रान्तिको कुरा गर्दा नेपालमा को माथि को हाबी थिए भन्दा चरित्रका हिसाबले बुर्जुवा माथि बुर्जुवा नै हावी भएको देखिएको हो ।

कुनै पनि मानेमा हाम्रा साँस्कृति परम्परा हाम्रा सम्पति हुन् र मासिन दिनु हुँदैन । विश्व भूमण्डलीकरण र बसाई सराईको प्रक्रियामा पनि आआफ्ना सँस्कृति, परम्परा समयानुकुल पश्चिमी मुलुकका नेपालीहरुले पनि मनाइरहेका छन् । विदेशतिर यी सँस्कृति परम्पराको झन महत्व बढेर गएको देखिन्छ । एउटा समुदायबाट अर्को समुदायले मान्ने चाडपर्वमा सक्रिय सहभागिता भई आएको छ । जसले नेपाल एकताको सूत्रमा बा“धिएको छ । एकताको सूत्रमा बाँध्ने यी सँस्कृति परम्पराहरुलाई जोगाई राखौं ।