राष्ट्रियसभा सदस्य वामदेव गौतमले हिजो बिहीबार राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा संविधान संशोधनमार्फत् दलित शब्द हटाउनु पर्ने प्रस्ताव राखेका छन् । वास्तवमा उनले राखेको यो प्रस्ताव कत्तिको सही छ वा बेसही भनेर विश्लेष गर्र्नुपर्ने भएको छ । स्वयम् संविधान र कानूनले ‘दलित’ शब्द राखेर सामाजिक विभेदलाई बढावा दिइरहेको पाइन्छ । छुवाछुत र विभेदकारी स्थितिको अन्त्य भनेर व्यवस्था गरेको कुराले अन्त्य हैन, सधैंभरि नै मानिसको मानसपटलमा प्रतिध्वनित भएर आइरहेको छ । यहा“ उहिले उहिले ‘दलितहरु’ पनि थिए रे भन्ने इतिहास बनाउन त्यस्ता शब्दहरुको चलखेल सधैंभरि भइरहने प्रवृत्तिको अन्त्य हुनुपर्छ र ती शब्दहरुबाट प्रताडित भएका जनताको आत्मसम्मान भनेको सम्पूर्ण नेपाली जनताको आत्मसम्मान हो भनेर सम्झनु पर्छ । जन्मिदै दलित परिवारमा जन्मेको रे म भन्ने थाहा पाउन थालेदेखि त्यो बच्चाको मानसिकतामा के असर पर्न जान्छ र त्यसको सम्पूर्ण दोषको श्रेय समाज, कानूनी व्यवस्था र अन्धविश्वासले जरा गाडेको परम्परालाई पर्छ कि पर्दैन । दलित शब्दलाई भजाएर डलरको खेती गर्ने एनजीओको नौटङ्ंकीहरु पनि यथासम्भव बन्द गरिनुपर्छ । यिनैले पनि ‘दलित’ शब्द समाजबाट हट्न दिएका छैनन् ।

‘सामाजिक विभेदमा पारिएका’ जस्ता शब्द वाक्यांशहरु मात्र राखेर त्यो विभेदको उन्मूलन गर्नतिर सारा नेपाली लाग्नुपर्छ । लाग्दाखेरी पनि अभियानको रुपमा नभई घर, परिवार समाजस“गको बोलीचाली, उठबस, व्यवहारमा म विभेदका विरूद्ध छु भन्ने सङ्कल्प हुन जरूरी हुन्छ । अन्तरजातीय विवाहलाई उच्च प्राथमिकतामा राखेर यहा“ धार्मिक विद्वान, पण्डित, बुद्धिजीवीहरुले समाजमा विद्यमान रूढीवादको अन्त्यका लागि पहल गर्नुपर्छ । मुलुकको जनसाङ्ख्यिक बनावटका हिसाबले विभेदमा पारिएका समुदायहरुको हिस्साको हिसाब गर्ने हो भने झण्डै आधा जनसङ्ख्या भएको अवस्था छ । राष्ट्रियसभा सदस्य गौतमको प्रस्ताव समय अनुकूल आएको छ । अब यो शब्दलाई इतिहास बनाउन विभेदकारी व्यवहार र शब्द उच्चारण गर्नेलाई सामाजिक बहिष्कार गर्नुका साथै कसैले भेदभावजन्य शब्द उच्चारण गरेको कानूनीरुपमा पुष्टि भएमा नागरिकले पाउने संवैधानिक हकबाट त्यस्तालाई आजीवन बञ्चित गर्ने गरी संविधान संशोधनको प्रस्ताव आउन जरूरी छ ।

सार्की, दमाई, कामी भन्ने थरहरु उनीहरुले गर्ने पारिवारिक पेशाबाट रहन गएको हो भन्ने भाष्य निर्माण हुन सकेको छैन । इतिहासमा विश्वकर्माहरुले फलाम, आरनको काम गर्ने भएजस्तै नेवारजातिमा तामाको काम गर्ने ताम्राकार, का“सको काम गर्नेलाई कंशाकार, सुनको काम गर्नेलाई स्वर्णकार भनेर थर स्थापित भएजस्तै हो भनेर बुझाउन थाल्नुपर्छ । डलरको खेती गर्ने एनजिओहरुले जनजागरण जगाउने अभियान सञ्चालन गरिरहेका छन् कि धर्म रुपान्तरणको खेती गरिरहेका छन् भन्ने कुरा पनि गहिरिएर अध्ययन गरांैं । एनजिओ र एनजिओकर्मीहरुको क्रियाकलाप र उनीहरुको आर्थिक कारोबारलाई पनि निगरानी गरी सार्वजनिक लेखा परीक्षण (पब्लिक अडिट) को लागि दबाव सिर्जना गरौं । विभेदकारी स्थितिको अन्त्यका लागि लागिरहेका सङ्घ–संस्थाहरु र यहा“का सबै जातजातिजन्य सङ्घ–संस्थाहरुका बीच कुनै न कुनै कार्यक्रमहरु (अन्तरक्रियाबाहेक) भइरहने हो भने विस्तारै यस्ता विभेदकारी शब्दहरु इतिहासको गर्भमा बिलाएर जानेछ ।