कोशी प्रदेश सरकारले आउने माघ ११ गतेदेखि आयोजना गर्न लागेको लगानी सम्मेलन नीतिनिर्माता र सम्भावित लगानीकर्ताको जमघट मात्र नभई यो क्षेत्रको आर्थिक भविष्यलाई नया“ आकार दिनसक्ने महत्वपूर्ण अवसर हो । आन्तरिक र वाह्य लगानी आकर्षित गर्ने लक्ष्यसहितको यो पहलले आर्थिक रुपान्तरण र विकासप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्दछ । तथापि यस पहलको सफलताका लागि सूक्ष्म योजना, रणनीतिक प्रचार–प्रसार र प्रभावकारी कार्यान्वयन अपरिहार्य छ ।

यस भेगका विभिन्न क्षेत्रहरुमा बृहत् तर कम उपयोग गरिएका असीम सम्भावनाहरुलाई ध्यान दिँदै यहा“का प्राकृतिक स्रोतहरुदेखि सांस्कृतिक सम्पदासम्मका क्षेत्रहरु साथै कृषि, पर्यटन, जलविद्युत् र साना तथा मध्यम् उद्योगहरुमा लगानीका अवसरबारे विश्वव्यापीरुपमा प्रचार–प्रसार गरिनु पर्छ । लगानी सम्मेलनमा आउनै पर्ने कारण के के हुन् भन्ने कुराको भलिभा“ती जानकारी दिने र प्रोत्साहनका योजना साथै जोखिमविरूद्धका सुरक्षाको समेत सम्बोधन हुने गरी प्रस्तावपत्र प्रेषित गर्ने र अपेक्षा गरेजत्ति नै लगानीकर्ताहरुलाई आतिथ्यता प्रदान गर्नसके लगानी सम्मेलनको सार्थकता पुष्टि हुनेछ । सरकारले पूर्वाधारका साथै लगानी नीति सरलीकरणमा जोड दिएको बताउन चुक्नु हुँदैन । सडक विस्तार, डिजिटल कनेक्टिभिटीजस्ता परियोजनाहरु र विशेष आर्थिक क्षेत्रहरुजस्ता मुख्य कुराहरुमा सरकारले यस क्षेत्रका जनता गम्भीर छन् भन्ने देखाउन जरूरी हुन्छ । लगानी सम्मेलन स्पष्ट उद्देश्यका साथ कार्यान्वयन गरिएमा यो सम्मेलन पूर्वको लागि कोसेढुङ्गा सावित हुनसक्छ र आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण उपलब्धि हुनेछ । लगानीकर्ताको विश्वास बढाउन सरकारका नीति र उपायहरुको स्पष्ट प्रस्तुतिका माध्यमबाट लगानीकर्ताहरुलाई आश्वस्त पार्न सकिनेछ । सार्वजनिक तथा निजी साझेदारी प्रवद्र्धन गर्न स्थापित व्यवसाय र उद्यमीहरुलाई निम्त्याएर यहा“को सरकारले दिगो विकासतर्फ अग्रसर हुनसक्ने गरी साझेदारीलाई प्रोत्साहन गर्नुका साथै स्थानीय सामथ्र्यतामा आधारित रहेर उदाहरणीय बनेका सफल स्थानीय उद्यम र परियोजनाहरुलाई उजागर गर्ने अवसर पनि यो सम्मेलनले प्रदान गर्न सक्दछ ।

सम्मेलनको कुरा रोचक त छ तर यो बजेट सक्ने मेलो चाहिँ हुनुहुँदैन । विभिन्न बाधा व्यवधान, झन्झट, अस्थिर नीतिहरु र अपर्याप्त प्रचार–प्रसारजस्ता चुनौतीहरुले यसका प्रभावलाई कमजोर बनाउन सक्छ भन्नेतर्फ बेलैमा सचेत भई खट्ने र खटाउने कुरामा ध्यान पु¥याउन आवश्यक छ ।  सम्मेलनको प्रक्रियालाई सरल बनाउ“दै लगानीकर्ताका लागि एकद्वार नीति स्थापना गरेर प्रक्रियालाई सहज बनाउन र स्थानीय उद्योगी, साथै स्थानीय समुदाय र व्यवसायहरुको सक्रिय सहभागिताले लगानी सम्मेलनको जोडघटाउलाई लाभकारी र न्यायसङ्गत बनाउनेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । पारदर्शिता र लगानीकर्तालाई उनीहरुको परियोजनाका सम्बन्धमा उत्तरदायी भएको र सरल कानूनी ढाँचा सुनिश्चित गरिने कुराको सन्देश दिन पनि आवश्यक छ । यो सम्मेलन लगानी आकर्षित गर्ने मात्र नभई विश्वास निर्माण गर्ने, सम्बन्ध स्थापना गर्ने र दीर्घकालीन विकासको ढोका खोल्ने माध्यम पनि हो । समग्रमा यो एउटा सुनौलो अवसर हो, जसलाई कुनै पनि बहानामा गुमाउनु हुँदैन ।