आपराधिक काममा संलग्न हुनुहुँदैन भनेर जनचेतना जगाउने, लागूऔषध र दुव्र्यसनीहरुको लागि उपयुक्त नीति था कार्यक्रम नबन्दा र सचेत र प्रभावकारी अभियान नचालिँदा दुव्र्यसनको ग्राफ बढिरहेको छ । दुव्र्यसनको ग्राफ बढ्दा राज्य र समाजमा कति नकारात्मक असर पर्नसक्छ भन्ने कुरा पर्गेल्नु पर्छ भन्ने लाग्दैन । तीनै तहका सरकारबाट यसबारे रोकथाम र न्यूनीकरणका लागि कुनै प्रभावकारी कदम चालिएको छैन र उपयुक्त नीति तथा कार्यक्रमहरु बनाइएको पाइँदैन । प्रहरीले आफ्नो बलबुता र सोचले भ्याएसम्म काम गरेबाहेक देखिने गरीको कुनै कामहरु गरेको भएको पाइँदैन । युवाहरुलाई कि त विदेश पठाउने, विदेश जान नसक्नेहरुका लागि दुव्र्यसनको ठाउँ खाली छँदैछ भन्ने पाराले सरकारको मस्तिष्कमा घर गरेको देखिन्छ ।
दुव्र्यसनको न्यूनीकरण र उपचारका नाममा खोलिएका विभिन्न पुनःस्थापना केन्द्रहरुबाट काम भइरहेको देखिए पनि यसको ग्राफ नघट्नुले त्यस्ता केन्द्रहरुको सामाजिक योगदानमा प्रश्नचिन्ह खडा हुने अवस्था पैदा भएर गएको छ । दुव्र्यसन राज्य र समाजका लागि रोग हो, जसले गर्दा युवाहरुबाट राष्ट्रप्रतिको योगदानमा सोचेको जस्तो परिणाम हासिल हुनसक्ने अवस्था देखिँदैन । राज्यले उपयुक्त नीति र कार्यक्रम ल्याएन भन्ने हो भने विभिन्न सङ्घ–संस्था र समाजको भूमिका बढेर जान्छ । दुव्र्यसन रोग र अपराध दुवै हो भन्ने कुरा कतिपय मुलुकका कानूनहरुले निर्दिष्ट गरेका हुन्छन् । प्रयोगकर्ताको तुलनामा लागूऔषधको ओसार–पसार र बिक्री गर्ने उच्च तहको अपराधी ठहरिन्छ, जसका कारणले प्रयोगकर्ताको ग्राफ बढिरहेको देखिनुका साथै समाजको अवस्थालाई विकृत तुल्याइरहेका छन् । यसका लागि सबैले सचेत भएर लाग्न जरूरी भएको छ । कुलतमा लागेकाहरुमा देखिने शारीरिक, भावनात्पक र सामाजिक परिणामको सन्दर्भमा अध्ययन गर्ने, त्यस्ता युवाहरुलाई वैकल्पिक व्यवस्था के गर्न सकिन्छ लगायतका सन्दर्भमा सार्वजनिक अभियान तत्काल सुरू गर्नुपर्ने हुन्छ ।
लागूऔषधको प्रयोगबाट निम्तने दुष्परिणाम र खतराका विषयमा पारिवारिक तवरमा छलफल गर्ने अभियानको थालनी गर्ने हो भने त्यस्ता दुव्र्यसनीहरुलाई खुलेर आफ्नो कुरा राख्ने हौसला मिल्दछ र विस्तारै न्यूनीकरणको बाटो अवलम्बन गर्ने अवसर प्राप्त हुनसक्छ । अझ अभिभावक अथवा आमाबाबुले त्यस्ता छोराछोरीको दैनिक दिनचर्यामा सहभागी भएर उनीहरुको चालचलनको अनुगमन गर्ने उपयुक्त सुझाव सल्लाह दिनाले आत्मीयता बढ्छ, जसले गर्दा उनीहरुको नैराश्यता विस्तारै हराएर जाने खालको अवसर पैदा हुन्छ । यसरी कति अभिभावकले भूमिका निर्वाह गरिरहेका छन् भन्ने कुरा समाजले लेखाजोखा गरिरहेको हुनु राम्रो हुन्छ र समाजमा कुलतमा लागेका युवाहरुसँगै मिलेर सञ्जाल बनाउनाले उनीहरुमा आफू समाजकै सदस्यका रुपमा सक्रिय भएको महसुस हुन्छ र सकारात्मक प्रभाव पर्दै जान्छ । कतिपय पुनःस्थापना केन्द्रहरुले गलत तथ्याङ्क प्रस्तुत गरिदिनाले पनि समाजलाई दिग्भ्रमित तुल्याइरहेको हुन्छ । सही तथ्याङ्क भइदिएमा त्यसको न्यूनीकरणका लागि राज्य र समाजलाई उपयुक्त नीति ल्याई कार्यान्वयन गर्न सजिलो हुने थियो । पुनःस्थापना केन्द्रहरुले समाजमा आएर भूमिका निर्वाह गर्ने गरी काम गर्नुपर्छ । प्रिभेन्सन इज बेटर देन क्योर भने जस्तै कुनै अभिभावकका छोराछोरीमा प्रारम्भिक चरणका सङ्केतहरु छ कि छैन भन्ने तर्फ सचेत हुने र गराउने गर्नुपर्छ । त्यस्तो देखिएमा समयमै त्यसको निराकणका लागि उपयुक्त कदम चाल्न जरूरी हुन्छ । त्यति मात्रै हैन, ‘खाली दिमाग राक्षसको घर’ भने झैं उनीहरुलाई कुनै न कुनै सीपमूलक काम र खेलकुद, कलाकारिता र स्वयम्सेवा जस्ता कामहरुमा लगाइरहेमा पनि न्यूनीकरणको उद्देश्य पूरा हुनसक्छ ।