वैश्विक वित्तीय क्षेत्रको निरन्तर बदलिँदो परिदृश्यमा विश्वको आरक्षित मुद्राको रूपमा रहेको अमेरिकी डलरको प्रभुत्व दशकौंसम्म चुनौतीविहीन रहँदै आएको तर हालैका वैश्विक रङ्गमञ्चमा ब्राजिल, रुस, भारत, चीन, र दक्षिण अफ्रिकाजस्ता उदाउँदो अर्थतन्त्रले प्रस्तावित ब्रिक्स मुद्रा वैश्विक वित्तीय गतिशीलतामा सम्भावित परिवर्तनको बहसलाई प्रज्वलित गरेको छ । ब्रिक्स मुद्राको उदयले अमेरिकी डलर र वैश्विक व्यापार तथा भूराजनीतिमा यसको प्रभावबारे आधारभूत प्रश्नहरूको सुरुवात गरेको छ । विश्वको वित्तीय परिवर्तनले वैश्विक शक्ति रूपान्तरण (उयधभच कषत) तर्फ मुखरित हुँदै भूराजनीतिक सन्तुलनमा आश्चर्यचकित हुने खालको परिवर्तनतर्फ सङ्केत गरेको छ ।

अमेरिकी डलरको प्रभुत्व
अमेरिकी डलरले विश्वको प्रमुख आरक्षित मुद्राको रूपमा इतिहासदेखि नै गहिरो रूपमा जरा गाडेको अवस्था छ । सन् १९४४ को ब्रेटन वुड्स सम्झौतापछि डलरलाई सुनद्वारा समर्थित वैश्विक मानकका रूपमा स्थापना गरिएको थियो । सन् १९७१ मा सुनको मानकको अवस्था समाप्त भए पनि अमेरिकी अर्थतन्त्रको आकार र शक्ति, यसको राजनीतिक प्रणालीको स्थिरता र यसको वित्तीय बजारको गहिराइमा अमेरिकी उपस्थितिका कारण डलरले आफ्नो प्रभुत्व कायम राख्न सफल भयो ।

आज डलरले विश्वको विदेशी मुद्रा आरक्षणको लगभग ६० प्रतिशत हिस्सा ओगट्छ र अन्तर्राष्ट्रिय व्यापारमा विनिमयको लागि प्राथमिक मुद्रा बनेको अवस्था हो । पेट्रोलियम पदार्थको कारोबारदेखि सीमापारका लगानीसम्ममा डलरको प्रभुत्वले अमेरिकालाई महŒवपूर्ण लाभहरू प्रदान गर्दै आएको छ ।  उधारो लागतमा कमि र मौद्रिक नीति र आर्थिक नाकाबन्दीमार्फत् विश्व वित्तीय प्रणालीहरूमा प्रभाव पार्न सक्ने क्षमताको विकास पनि डलरको साम्राज्यको कारण अमेरिकालाई सजिलो बनाउ“दै लग्यो । तर, डलरको यस्तो प्रभुत्वले डलरमै आश्रित, डलरमा अत्यधिक निर्भर नेपालजस्ता मुलुकहरूका लागि जोखिम पनि सिर्जना गरेको छ र यस्ता मुलुकहरूले डलरको उतारचढावको सामना गरिरहनु पर्ने अवस्था कायमै छ ।

ब्रिक्स मुद्राको उदय
ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरको निर्भरता घटाउने आवश्यकता बारे निरन्तर आवाज उठाउ“दै आएका छन् । महŒवाकाङ्क्षी आर्थिक सार्वभौमसत्ताको आवश्यकता र चाहना नै वैकल्पिक मुद्राको आन्दोलनको जननी हो भन्दा फरक नपर्ला । अमेरिकी आर्थिक नाकाबन्दीहरूप्रतिको असन्तोष, पश्चिमी वित्तीय संस्थाहरूको अतिक्रमण पनि वैश्विक वैकल्पिक मुद्राको आवश्यकता महसुस गर्ने कारण हुन् । प्रस्तावित ब्रिक्स मुद्राले अन्तर्राष्ट्रिय व्यापार विनिमयको प्रभावकारी  र आरक्षित मुद्रा बनाउने लक्ष राख्नुले पनि अमेरिकी आर्थिक प्रभुत्वको जग हल्लिने र डलरलाई चुनौती दिने अवस्था सिर्जना हुनेछ ।

विशेषगरी चीन र रुसले डलरबाट मुक्ति ( डिडलराइजेशन) गर्ने प्रक्रियालाई आरम्भ गर्ने कदम चालेका छन् । चीनले धेरै देशहरूस“ग चिनिया मुद्रा युआनमा आधारित व्यापार सम्झौताहरू गर्न सुरु गरेको छ भने रुसले सुन र अन्य मुद्राहरूको माध्यमबाट व्यापार विनिमय गर्दै आफूलाई अमेरिकी डलरको निक्षेपीकरणबाट पर राख्ने सुर गरिसकेको अवस्था छ । ब्रिक्स शिखर सम्मेलनका क्रममा एकीकृत मद्राको निर्माण गर्ने विचारले गति लिएको छ र ती सदस्य राष्ट्रहरूको स्रोत सुन, तेल र अन्य वस्तुहरूद्वारा समर्थित मुद्रा बनाउनेबारेको अभियानको थालनी गर्ने उद्घोष गरेका छन् ।

ब्रिक्स मुद्राबाट के लाभ हुन्छ ?
आर्थिक सार्वभौमसत्ता सम्पन्न ब्रिक्सका सदस्य राष्ट्रहरूलाई आफ्नो मौद्रिक नीतिहरूमा स्वनियन्त्रण प्रदान गर्ने सामथ्र्य हासिल गर्दै अमेरिकी फेडरल रिजर्भको निर्णयमा आधारित निर्भरता स्वतः कम हुने हुन्छ । विश्वका लगानीकर्ता र केन्द्रीय बैङ्कहरूको पक्षमा डलरको वैकल्पिक अवसरले अन्तर्राष्ट्रिय व्यापारका लागि विविधीकरणका अवसरहरू प्रदान गर्ने लक्ष राखेको हु“दा डलरको उतारचढावस“ग सम्बन्धित जोखिम स्वतः कम भएर जाने अपेक्षा गरिएको छ । ब्रिक्स मुद्राले एकतर्फी रूपमा आर्थिक नाकाबन्दी लगाउने अमेरिकी क्षमतामा ह्रास हुनगई अन्तर्राष्ट्रिय सम्बन्धमा गतिशीलतालाई प्राप्त गर्दछ, जसले गर्दा भूराजनीतिक सन्तुलन कायम हुनजान्छ । त्यति मात्रै हैन, ब्रिक्स मुद्रालाई साझा बनाई व्यापार विनिमयमा हुने लेनदेनसम्बन्धी लागत घटाउन र सदस्य राष्ट्रहरूबीच विनिमय दरको अस्थिरता कम गर्न सहयोग पु¥याउ“छ भन्ने प्रक्षेपण गरिएको पाइन्छ ।

ब्रिक्स कार्यान्वयनका चुनौतीहरू
ब्रिक्सका महत्वपूर्ण उपलब्धिहरूको सम्भावनाहरू हुँदाहुँदै पनि यो मुद्राको चुनौती नभएका भने होइनन् ।
आर्थिक असमानताः
ब्रिक्स राष्ट्रहरू आर्थिकरूपमा विविधतायुक्त हुनुका साथै विकासका फरक स्तर, फरक मुद्रास्फीति दर र वार्षिक आर्थिक नीति फरक–फरक रूपका रहेकाले विभिन्न अर्थतन्त्र भएका मुलुकहरूका बीचमा मौद्रिक नीतिमा सामञ्जस्यता हासिल गर्न गाह्रो हुनसक्छ ।

राजनैतिक विभिन्नताः भूराजनीतिक तनाव र ब्रिक्स सदस्यहरूको भिन्न–भिन्न आन्तरिक राष्ट्रिय चासोले मौद्रिक नीति समन्वय गर्न र ब्रिक्सजस्तो एकीकृत मुद्रामा विश्वासिलो वातावरण निर्माण गर्न कठिन हुनसक्छ । वैश्विक ग्रहणशीलता (स्वीकृति) ब्रिक्स मुद्राले डलरलाई चुनौती दिनका लागि यसले विश्वको व्यापार र वित्तीय क्षेत्रमा व्यापक मान्यता वा सजिलै ग्र्रहण गर्नलायक हुनुपर्छ साथै गहिरो र तरल वित्तीय बजारहरू निर्माणलगायतका दीर्घकालीन प्रयासहरू जारी रहनुपर्छ भन्ने आवश्यकताको बोध पनि गरेको छ ।

अमेरिकी डलरको लागि प्रभावहरू
ब्रिक्स मुद्राको उदयले डलरको प्रभुत्वलाई चुनौती दिनसक्ने भए तापनि यसलाई अल्पकालमै पूर्णरूपमा विस्थापन गर्न सजिलो भने छैन । गहिरो गरी जरा गाडिएको डलरको विश्वास, तरलता, र बलियो अमेरिकी अर्थतन्त्रले यसलाई एक शक्तिशाली प्रतिस्पर्धी बनाएको छ । तथापि वैश्विक आरक्षण वा व्यापार सम्झौताहरूमा आंशिक रूपान्तरणले पनि गहिरो प्रभाव पार्नुका साथै अमेरिकामा हुने राजनीतिक, आर्थिक उतार–चढावका आधारमा ब्रिक्सको महत्व निर्धारण हुने कुरामा दुईमत हुँदैन ।

आगामी बाटो
ब्रिक्स मुद्राको सम्भावित अस्तित्वले अन्तर्राष्ट्रिय वित्तीयक्षेत्रमा बहुध्रुवीय विश्व व्यवस्थातर्फको महŒवपूर्ण कदमलाई प्रतिनिधित्व गर्दछ । यसले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था भए पनि वैकल्पिक मुद्रासम्बन्धी अन्तर्राष्ट्रिय चासो र गतिविधिले अमेरिकी डलरको विश्वमा भएको प्रभुत्वप्रतिको बढ्दो असन्तुष्टि झल्काएको छ, ती राष्ट्रहरूलाई एकठाउ“मा आउन प्रेरणा दिएको छ । आफ्ना राजनीतिक, आर्थिक प्रणालीबीचका विभिन्नताहरूलाई  ब्रिक्स राष्ट्रहरूले कसरी समाधान गर्दै लैजालान् र एकीकृत मुद्राको सफलतापूर्वक विचरण गर्ने हुन् भन्ने हेर्न बा“की छ । जे भए पनि ती राष्ट्रहरूको प्रयासले वैश्विक आर्थिक गतिशीलताको प्रभावकारी परिवर्तन र उमङ्गतर्फ सङ्केत गरेको छ ।  स्वाधीनरूपको मौद्रिक स्थिति र सम्मानजनक विश्व व्यापारको अवस्था सिर्जना भएमा नेपालजस्ता अति कम विकसित मुलुकहरूका लागि वरदान सावित हुनेछ ।
(सन्दर्भस्रोतः ब्रिक्स शिखर सम्मेलन र एजेन्सीहरू)