रवि लामिछानेको मुद्दा र उनको धरौटीमा भएको रिहाइले नेपाली समाजमा निकै नै ठूलो बहस उत्पन्न गरेको छ । भन्नलाई लोकप्रिय नेता, सञ्चारकर्मी तथा प्रभावशाली व्यक्तित्वका रुपमा परिचित भएको भनिए तापनि लामिछानेविरूद्धको मुद्दाले न्याय प्रणाली, समाज र राजनीतिमा विभिन्न चर्चापरिचर्चा  गहिरो रुपमा भइरहेको छ । लामिछानेमाथि लागेको अभियोग र यससँग सम्बन्धित कानूनी प्रक्रियाका क्रममा अनेकन प्रश्नहरुको उठान हुने आधार तयार हु“दै गएको छ भने अभियोग सिद्ध नभएसम्म कसैलाई दोषी ठहर गर्न नपाइने कानूनी मान्यताको आधारमा धरौटीमा भएको उनको रिहाइले न्यायिक प्रणाली र जनताको विश्वासलाई कसरी विश्लेषण गर्दै लैजान्छ भन्ने बहसको बाटो खोलिदिएको छ ।

धरौटीमा रिहाइ भए तापनि लामिछानेको विषयमा जनमानसमा दुई खालका प्रतिक्रिया देखिएका छन् । ती प्रतिक्रियामध्ये एकले यसलाई कानूनी प्रक्रिया अनुसारको निर्णय भनेका छन् भने अन्यले यसलाई प्रतिशोधको राजनीति साथै सत्तासीन व्यक्ति र प्रभावशालीहरुका हितमा हुने कानून भनेका छन् । सत्तासीनहरुका हकमा कानून लचिलो हुन्छ भन्ने दाबीले पनि यो नेपालको न्याय प्रणालीको निष्पक्षतामाथि गहिरो चिन्ताको वातावरण सिर्जना गर्दै आएको छ । लामिछानेमाथि मुद्दा दर्ता हुनु अनि सञ्चारमाध्यममा व्यापक बहसका साथै चर्चापरिचर्चा हुनुले समाजमा नकारात्मक प्रभाव उत्पन्न हुने भय सिर्जना गरेको छ । यसले समाजमा नेतृत्वप्रति अविश्वासको स्थिति सिर्जना गर्नुका साथै जो चोर उसैको ठूलो स्वर भन्ने उखान पनि चरितार्थ हुँदै गएको छ । अदालतको निसाफभन्दा पनि न्यायिक प्रणालीप्रतिको घट्दो विश्वासका कारण मुलुकको कानूनी र सामाजिक स्थिरताका सवालमा दीर्घकालीन चुनौती बन्नसक्ने खतरा देखिएको छ ।

सुरूसुरूमा रवि लामिछानेलाई देवत्वकरण गर्दै लगिएको राजनीतिक परिदृश्यलाई पछिल्ला चरणमा जनताले वास्तविकता के हो भन्ने बुझ्दै जान थालेका छन् । अमेरिकादेखि नेपाल, नेपालमा टेलिभिजन प्रस्तोताका रुपमा र नेपालीको उद्धार कार्यमा हिरो बनाइनु, नागरिकता र पासपोर्ट काण्डको विवादको भूमरीमा पर्नु, महिनाको १ लाख डलर कमाउ“थे भन्ने गफ नेपाली जनतासामु चुट्नुले रविको साख पछिल्ला समयमा गिर्दै गएको अवस्था थियो । घण्टीलाई राजनीतिक पार्टीको चुनाव चिन्हका रुपमा प्राप्त गर्दा र चुनावमा विजय हुँदासम्मको लोकप्रियताको तुलना कसैस“ग हुनसक्दैन थियो । तर गृहमन्त्री भएपछि र सहकारी प्रकरणमा मुछिएपछि नेपाली राजनेताका चरित्र सबैको यस्तै नै हुने रहेछ भन्ने कुराले उनका मतदाताहरुलाई निराश तुल्याएको छ । सहकारीका घटनाहरु र ती घटनाका योजनाकारहरुको धमाधम पर्दाफास हु“दै जाने क्रममा रवि लामिछानेमाथि एक्कासि आकाश खसेको जस्तो होइन । पैसा भएका कारणले उनी दुई–दुईपल्ट धरौटीमा छुट्न सफल भए । अनि उनको विपक्षमा वकालत गर्ने कानून व्यवसायीमाथि हातपात हुनुले कुन अदृश्य शक्तिको हात हो वा स्वभाविकरुपमा उठेको जनताको आक्रोश हो ? एउटा कानून व्यवसायीले कसैको रक्षा वा प्रतिरक्षाका लागि वकालत गर्न नमिल्ने भन्ने छ ? भन्ने जस्ता प्रश्नहरुले नेपालको राजनीतिक परिवेशलाई गिज्याइरहेको अवस्था छ ।