धरान । झापा बुद्धशान्ति गाउँपालिकाका हार्डवेयर व्यवसायीहरू सिमेन्टमा अचाक्ली मूल्यवृद्धि भएको भन्दै पुस २२ गतेदेखि आन्दोलित भए । उनीहरूको साझा धारणा थियो, ‘पटक–पटक गरी सिमेन्टमा ७० प्रतिशतसम्म मूल्य वृद्धि गरियो ।’
यस्तै प्रकृतिको आन्दोलनको सङ्केत सुनसरीका हार्डवेयर व्यवसायीहरूले पनि गरेका थिए । उनीहरूले ‘सुनसरी हार्डवेयर व्यवसायी सङ्घर्ष समिति’ बनाई आन्दोलनको सङ्केत गरेका थिए । समितिले चारवटा निर्णय गरेको थियो । जसमध्ये पहिलो यस्तो थियो– ‘सिमेन्टको मूल्यमा भएको हालको वृद्धिलाई तुरुन्त फिर्ता गर ।’
समितिले अल्टिमेटमसहितको विज्ञप्ति जारी गरेको थियो । तर, हालसम्म उद्योगहरूले मूल्यवृद्धि फिर्ता लिएको अवस्था छैन र हार्डवेयर व्यवसायीको आन्दोलन पनि अगाडि बढेको अवस्था छैन । बरु यहीबीचमा नेपाल निर्माण व्यवसायी महासङ्घले बुधबार पत्रकार सम्मेलन गर्र्दै माघ ३ गतेदेखि २१ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । निर्माण व्यवसायीले सिमेन्टको विषयलाई प्रवेश नगराए पनि घुमाउरो तरिकाले मूल्यवृद्धिको कुरालाई उठाएका छन् ।
यी सबै साङ्केतिक आन्दोलनको भित्री कथा भने फरक छ । सिमेन्ट उद्योगहरूले ‘लोडसेडिङ’ को बहाना बनाई कृत्रिम अभाव सिर्जना गरिरहेको हार्डवेयर व्यवसायीहरू बताउँछन् । यसको खास उद्देश्य कम्पनीलाई नाफामा लगेर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा जाने रणनीति रहेको केही हार्डवेयर व्यवसायीको भनाइ छ । विगत केही समयअगि र गत पुस २० गतेसम्मको आँकडा हेर्ने हो भने हरेक सिमेन्टमा दुईसय ७० रुपैयाँसम्म वृद्धि गरिएको छ । उदाहरणका लागि जगदम्बाको पीपीसी सिमेन्ट एक बोराको मूल्य केहीअगिसम्म तीनसय ७५ रुपैयाँ थियो । हाल बढेर छ सय २० रुपैयाँ भएको छ । यो मूल्य गत पुस २० गतेसम्मको हो । यता कोशी प्रदेशबाट उत्पादन हुने मारुतीको पीपीसी सिमेन्टको मूल्य चारसय ५ बाट बढेर छ सय ७० रुपैयाँ पुगेको छ ।
‘सिमेन्ट कम्पनीले यो वर्ष अलिकति बिक्छ भनेर एजिङ निकाले र लोडसेडिङको बहाना निकालेर देशमा सिमेन्ट क्राइसिस गर्न खोजिरहेका छन्’ धरानका हार्डवेयर व्यवसायी नवीन राजभण्डारी भन्छन्, ‘सरकारलाई चाहिँ लोडसेडिङले क्राइसिस भएको भन्ने बनाउँदैछन् । लोडसेडिङ त अघिल्लो, अघिल्लो वर्ष पनि यस्तै थियो । उल्टो त्यो बेला बैङ्कको ब्याजदर महँगो थियो । डिजेलको मूल्य बढी थियो । खर्च पनि बढी हुन्थ्यो । अहिले खर्च सबै घटेको अवस्था छ ।’
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार हालसम्म १५ वटा उद्योगको ३२ अर्ब २८ करोड सात लाख ३८ हजार सात सय ६८ रुपैयाँ ०५ पैसा बक्यौता रहेको छ । १५ उद्योगमध्ये आइपीओ जारी भई हाल कारोबार भइरहेको शिवम् सिमेन्टको बक्यौता सबैभन्दा धेरै छ । प्रवक्ता घोषले दिएको सूचनाअनुसार शिवम् सिमेन्टको ६६ करोड ८८ लाख ८७ हजार ८१ रुपैयाँ ८८ पैसा बक्यौता रहेको छ । यसमध्ये सबैभन्दा कम शुभश्री अग्नि सिमेन्ट प्रा.लि.को ९८ लाख ८१ हजार सात सय ६२ रुपैयाँ २३ पैसा बक्यौता रहेको छ । प्राधिकरणका अनुसार बक्यौता नतिर्ने सिमेन्ट उद्योगहरूमा उदयपुर सिमेन्ट उद्योग, निगाले सिमेन्ट प्रा.लि., मारुती सिमेन्ट प्रा.लि., कसमस सिमेन्ट फ्याक्ट्री, युनाइटेड सिमेन्ट प्रा.लि., शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिज, विशाल सिमेन्ट इण्डष्ट्रिज, शुभश्री अग्नि सिमेन्ट प्रा.लि., सर्वोत्तम सिमेन्ट, बुटबल सिमेन्ट, घोराही सिमेन्ट उद्योग, सम्राट सिमन्ेट र रोल्पा सिमेन्ट रहेका छन् ।
यसमध्ये हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले कम्पनी आर्थिक सङ्कटमा गुज्रिरहेकाले हाल उत्पादन पनि गर्न नसकेको भनी केही मिडियालाई बताएका छन् । उनका अनुसार गत असोज १५ गतेबाट उद्योग मर्मत भइरहेको छ । विगतमा नेपालभरि रहेका करिब २०–२२ उद्योगले करिब ८ लाख बोरा उत्पादन गर्दै आएकोमा अहिले उक्त उत्पादनलाई तीन लाख बोरामा झारेको अवस्था छ । ‘क्राइसिस बनाएर डिमान्ड हाइ बनाउन खोजिएको छ । यो बेला त्यसै पनि माग बढी हुन्छ’ व्यवसायी राजभण्डारीले भने, ‘प्रतिबोरा ६८ देखि ७० प्रतिशत वृद्धि गर्दा २६ दिन मात्रै उत्पादन ग¥यो भने १३–१४ अर्ब रुपैयाँ मुनाफा कमाउँछन् ।’ उनका अनुसार नयाँ आर्थिक वर्षसम्म मुनाफा मात्रै खर्बतिर पुग्छ । उनले भने, ‘कम्पनीलाई मुनाफामा लगेर आइपीओ जारी गर्ने उद्देश्य देखिन्छ ।’
आइपीओ जारी गर्नका लागि
पब्लिक कम्पनीमा जानुपर्ने र कम्तीमा पनि संस्था मुनाफामा गएको हुनुपर्छ ।
मुनाफामा नगएको अवस्थामा आइपीओ जारी गर्न नपाउने व्यवस्था नेपाल धितोपत्र
बोर्डको ऐनहरूमा प्रावधान छ । त्यसका लागि विद्युत् बक्यौता पनि तिरेको
हुनुपर्छ । अन्यथा आइपीओ जारी गर्न पाइँदैन । सिमेन्टको मूल्य के कति
कारणले बढाउनु प¥यो भन्ने विषयमा मारुती सिमेन्ट उद्योगका सेल्स हेड ज्योति
जैनले फोनसम्पर्कमा भने, ‘१२–१४ घण्टा लोडसेडिङ चल्दै छ । उत्पादन खर्च
धान्न सकेको छैन ।’ उनका अनुसार तीन– चार वर्षअगाडि साढे ८ सय
रुपैयाँसम्ममा बिक्री गर्दै आएकोमा अहिले झन् मूल्य घट्दोभोजराज श्रेष्ठ क्रममा रहेको छ ।
उनले उद्योगहरूले आइपीओ जारी गर्ने विषयमा आफूलाई यथेष्ट जानकारी नभए
पनि केही कुराकानीसम्म भएको थाहा पाएको बताए । उनले भने, ‘म कम्पनीको
प्रतिनिधि मात्रै हो, आइपीओका बारेमा जानकारी हुँदैन । तर, यसबारे कुराकानी
भएकोसम्म थाहा छ ।’
अहिले अधिकांश कम्पनीहरू आइपीओमा जाने तयारीमा छन् ।
केही कम्पनी शेयरबजारमा कारोबारसमेत भइरहेको छ । जसमध्ये शिवम् सिमेन्ट,
सोनापुर सिमेन्ट र घोराही सिमेन्टको कारोबार भइरहेको छ । आइपीओमा जानका
लागि निश्चित प्रावधानहरू तोकिएका छन् । जसमध्ये लिमिटेड कम्पनी हुनुपर्ने,
कम्पनीले आइपीओ जारी गर्नका लागि साधारणसभाबाट पारित गरेको हुनुपर्ने,
क्रेडिट रेटिङ गराउनुपर्ने, इस्यु मेनेजर नियुक्त गर्नुपर्नेलगायतको
प्रावधान रहेको आइपीओबारे जानकार अनलाइन ब्रोकरका धरान शाखा प्रमुख सुजन
निरौलाले बताए । उनका अनुसार कम्पनी सञ्चालनमा आएको एक वर्षमा नाफामा गएको
संस्थाले मात्रै आइपीओ जारी गर्न पाउने व्यवस्था रहेको छ ।