डोनाल्ड ट्रम्पले हिजोदेखि अमेरिकी राष्ट्रपति पदको कुर्सी सम्हालेका छन् । विश्वकै ध्यान अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा केन्द्रित भएको अवस्था थियो । जोय बाइडेन बिदा हु“दै गर्दाको अवस्थामा उनले सिर्जना गरेका विश्व भूराजनीतिका दाउपेच र त्यसले पारेका नकारात्मक असरहरुलाई ट्रम्पले कसरी सुधार गर्छन् वा बिगार्छन् भन्ने उत्सुकता विश्वजगत्ले लिएको छ । कोभिड–१९ को महामारीले थला परेको विश्वका हरेक देशको अर्थतन्त्रलाई अझ थप धरासायी बनाउन रूस–युक्रेन युद्धको विजारोपण गर्ने नाटो (उत्तर एटलाण्टिक सन्धी सङ्गठन) को नेतृत्वकर्ता अमेरिकाले जोय बाइडेनको पालामा खेलेको भूमिकाको समीक्षा डोनाल्ड ट्रम्पले चुनावी अभियानताका नै गरिसकेका थिए । ‘अमेरिका फष्ट’ भन्ने उनको नारामा विश्वमा शान्ति कायम राख्ने र नया“ ढङ्गले अमेरिकालाई अगाडि बढाउने लक्ष राखेको देखिन्छ । विश्व जनमतको सरोकारको विषय के हो भने विभिन्न बहानामा विश्वका जनतालाई एक आपसमा लडाउने काम अमेरिकाले नगरोस् भन्ने अपेक्षा ट्रम्पबाट पूरा हुन्छ कि हुँदैन भन्ने हो । सधैंभरि महाशक्ति नै भइरहने हठले विश्वको मानवअधिकारको अवस्था कतातर्फ गइरहेको छ भन्ने पनि अमेरिकाले बुझ्नु जरूरी हुन्छ र त्यो कुरा ट्रम्पले बुझेका छन् भन्ने विश्वका जनताको ठम्याइ छ ।

नेपालजस्तो अतिकम विकसित मुलुकको राजनीतिक परिवर्तनका लागि हस्तक्षेपकारी भूमिका खेल्ने भारत र अमेरिकाले अब बुझ्नु जरूरी छ, नेपालजस्तो सानो देशको लागि गणतन्त्र अफापसिद्ध भइसकेको छ । नेपाली जनताले नचाह“दा नचाह“दै भारतमा बसेर ड्राफ्ट गरिएको १२ बु“दा र त्यसका सूत्राधारहरुले थोपरिदिएको गणतन्त्र बोकालाई गधाको भारी जस्तै भइसकेको छ । विश्व रङ्गमञ्चमा अमेरिका वा अरु कुनै शक्ति राष्ट्रले खेल्ने गरेको नाटकले कुनै देशको स्वाधीनता, सार्वभौमसत्तामा खलल पुग्ने काम ट्रम्पको कार्यकालमा हु“दैन भन्ने आशा गरौं । जसरी ‘अमेरिका फष्ट’ भन्ने नारा उनले अगाडि सारेका छन्, त्यसैगरी हामीले पनि ‘हाम्रो देश फष्ट’ भन्न पाइयोस् । आफ्नो मुलुकको विकास, स्वाधीनता, स्वतन्त्रता, सार्वभौमसत्ता, जनताको अमनचयन केन्द्रित यो फष्ट भन्ने उद्गारलाई अरु मुलुकको गतिविधिलाई हस्तक्षेप नगर्दै पनि सार्थक हुनेछ । हाम्रा यहा“का सत्ताधारीहरुले ‘नेपाल फष्ट’ कहिले भनेनन्, शक्ति राष्ट्रहरुले जे भन्यो, त्यही गर्दै जाने हुँदा ‘नेपाल फष्ट’ कहिले हुन सकेन ।

त्यसो त बिहानीले दिनको आभास गराउँछ भने झैं ट्रम्प कुर्सीमा बस्नु केही दिनअगाडि नै इजरायल र प्यालेष्टिनीबीचको युद्ध अन्त्य भएको छ । इजरायलले आफ्नो नियन्त्रणमा रहेका प्यालेष्टिनी बन्दीहरुलाई मुक्त गरिदिएको छ । ट्रम्पस“गै विश्वमै प्रख्यात अर्थशास्त्री जेडी भान्स उपराष्ट्रपतिका रुपमा आउनुले पनि विश्वजगत्को शान्तिका लागि केही सकारात्मक कामहरु हुन्छन् कि भन्ने उत्सुकता बढेर गएको छ ।