वैश्विक भूराजनीतिक परिदृश्य अहिले अत्यन्त जटिल र गतिशील छ । यसले विभिन्न देशहरूबीचको शक्ति सन्तुलन, आर्थिक प्रतिस्पर्धा र सुरक्षा चिन्ताहरूलाई प्रभावित गरिरहेको छ । यस लेखमा रुस–युक्रेन युद्ध, चीन–भारत–अमेरिकाको त्रिकोणात्मक सम्बन्धमा नेपालको स्थान र भूमिकाका विषयमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
रुस–युक्रेन युद्धः वैश्विक भूराजनीतिक असर
रुस–युक्रेन
युद्धले विश्वभरि ठूलो भूराजनीतिक असर पारेको छ । यो युद्ध केवल दुई
देशहरूबीचको सङ्घर्ष मात्र होइन, बरु यसले अमेरिका, युरोपियन युनियन, नेटो र
अन्य शक्तिहरूको भूमिकालाई पनि प्रभावित गरेको छ । आफ्नो भूराजनीतिक
सन्तुलनलाई मिलाई राख्न रुसद्वारा युक्रेनमा आक्रमण सुरु भएपछि पश्चिमी
देशहरूले रुसविरुद्ध कडा प्रतिबन्ध लगाए भने यसबाट ऊर्जा बजार प्रणाली र
विश्वव्यापी आर्थिक प्रणालीमा ठूलो असर परेको छ । रुस विश्वको प्रमुख तेल र
प्राकृतिक ग्यास निर्यातक देश त हु“दै हो र सामरिक हिसाबले पनि शक्तिशाली
भएको आफूलाई प्रमाणित गर्दै लगिरहेको छ । युद्धका कारण युरोपले रुसबाट
हुने ऊर्जाको आपूर्तिमा निर्भरता घटाउन बाध्य हुनुपरेको छ भने यसकारणबाट
वैकल्पिक ऊर्जा स्रोतहरूको खोजी गर्न पनि बाध्य बनाएको अवस्था छ । अमेरिका,
मध्य पूर्व र अन्य देशहरूबाट ऊर्जा आयात बढ्न गई यसले विश्वव्यापी ऊर्जा
बजारमा नया“ गतिशीलता पैदा गरेको छ ।
अमेरिका र नेटोले युक्रेनलाई सैन्य
र आर्थिक सहयोग गरिरहेका कारण रुस र पश्चिमबीचको तनावलाई बढावा दिएको छ ।
यो सङ्घर्षले विश्वलाई दुई ध्रुवमा विभाजित गर्ने खतरा पनि देखिसकिएको छ ।
एकातर्फ अमेरिका र युरोप छन् भने अर्काेतर्फ रुस र चीनको गठबन्धन देखिन्छ ।
त्यतिमात्रै होइन, यो गठबन्धनमा ब्रिक्स मुलुकहरूको सहभागिताले पनि
विश्वको भूराजनीतिक दिशा कुन पाटोतर्फ मोडिने हो भन्ने कुरामा आशङ्का पनि
जनाएको छ ।
चीन–भारत–अमेरिकाको त्रिकोणात्म एशियाली भूराजनीतिक प्रभाव
एशियाली
भूराजनीतिमा चीन, भारत, र अमेरिकाबीचको प्रतिस्पर्धाले विश्वको केन्द्रीय
भूमिका खेलिरहेको छ । चीन नजानिदो तरिकाबाट पहिलो विश्व शक्ति बन्ने
महŒवाकाङ्क्षातर्फ अग्रसर भएको देखिन्छ भने तर भारत भने आफ्नो क्षेत्रीय
प्रभाव बढाउन अलिक फरक तरिकाको प्रस्तुतिमा छ । अमेरिकाले चीनको उदयलाई
आफ्नो लागि चुनौतीको रूपमा लिइरह“दा भारतलाई सामरिक साझेदारको रूपमा
अँगाल्नुपर्ने परिस्थिति अमेरिकाको सामुन्ने तेर्सिएको छ । विश्वको आर्थिक
गतिविधिमा अमेरिका नै पहिलो रहनका लागि चीनको आर्थिक गतिविधि कमजोर
हुनुपर्छ तर चीनले उत्पादन गर्ने हरेक वस्तुहरूको सेवा, मूल्य, गुणस्तरका
हिसाबमा विश्वका अन्य कुनै पनि मुलुकले प्रतिस्पर्धा गर्ने अवस्था छैन ।
चीनले बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) मार्फत् एशिया, अफ्रिका र युरोपमा आफ्नो प्रभाव बढाउँदै लगिरहेको छ, जुन तत् तत्मुलुकहरूका लागि आर्थिक विकासको मेरुदण्ड साबित हुनसक्छ । भारतलाई यसले चिन्तित तुल्याएको अवश्य हुनुपर्छ, किनभने चीनले पाकिस्तानमा चीन–पाक आर्थिक करिडोर (CPEC) निर्माण गरेको छ, जुन भारतको संवेदनशील क्षेत्र गिलगिट–बालुचिस्तान हु“दै गएको छ । यसले भारत–चीन सम्बन्धमा तनाव बढ्छ कि भन्ने आशङ्का गर्न सकिन्छ । तथापि ब्रिक्स सदस्य राष्ट्र हुनुको नाताले भारतले चीन–पाक करिडोरको कुरा गर्दा त्यसलाई आफ्नो हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति अख्तियार गर्नसक्छ ।
अमेरिकाले चीनको प्रभावलाई सीमित गर्न भारतलाई सामरिक साझेदारको रूपमा प्राथमिकतामा राखेको छ । भारतले पनि अमेरिकास“ग नजिकको सम्बन्ध कायम राखेर चीनको प्रभावलाई सन्तुलित गर्न खोजेको देखिन्छ । यसले एशियाई भूराजनीतिलाई गतिशीलता प्रदान गर्न खोजेको देखिन्छ ।
नेपालको भूमिकाः सामरिक महत्व र चुनौतीहरू
नेपाल
दक्षिण एशियाको एक सानो तर सामरिक महत्वको मुलुक भएको छ । यो चीन र भारतबीच
स्यान्डविच भन्दा फरक नपर्ला । नेपालले आफ्नो विदेश नीतिमा सन्तुलन कायम
गर्न सकेन भने जुनसुकै बेला पनि नेपालमा आर्थिक समस्यादेखि लिएर विभिन्न
समस्याहरू आइपर्न सक्छन् । दुवै ठूला छिमेकी मुलुकहरूस“गको सम्बन्ध आफ्नो
स्वाधीनता र सार्वभौमसत्तामा खलल नपुग्ने गरी अत्यन्त संवेदनशील र सचेत भएर
कायम गर्नुपर्छ । नेपालले चीन र भारतबाट आर्थिक लाभ जुर्ने अवसरलाई हासिल
गर्ने दिशातर्फ अग्रसर हुनुपर्छ । दुवै देशहरूबीचको प्रतिस्पर्धालाई पनि
ध्यान दिँदै त्यो प्रतिस्पर्धाबाट सौहार्द्रपूर्वक तरिकाले फाइदा लिने
क्षमताको विकास गर्न जरुरी हुन्छ ।
चीनले नेपाललाई बिआरआईमा समावेश गरेर यसको आर्थिक विकासमा टेवा पुर्याउने वाचा गरेको छ । यो वाचाले नेपाललाई चीनस“ग नजिकको सम्बन्ध प्रकट हुँदै आएको कुरा हो । तर भारतले नेपालमा चीनको बढ्दो प्रभावलाई चिन्ताको विषयको रूपमा लिएको छ । नेपाल अस्तो अविकसित मुलुकले जताबाट फाइदा लिए पनि मेरै छिमेकीले लियो राम्रो भयो भन्ने पक्षमा भारत हुनुपर्छ, यसलाई चुनौतीका रूपमा नलिई आफ्नो पनि नेपाललाई फाइदा पुरयाउने कुरामा विगत झैं अझ सक्रिय रूपमा लागेमा चीनको नेपालमा सक्रियताको अर्थ मेलमिलापको सम्बन्धको रूपमा बुझ्न सकिन्छ ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै युएसएआइडीलाई ९० दिनसम्मका लागि निष्क्रिय राख्न घोषणा गर्नुले पनि नेपालमा हुने आइएनजिओको चलखेल रोकिने र यसबाट हुने गलत तवरका गतिविधि जसले नेपालको स्वाधीनता र सार्वभौमसत्ता अनि धर्मसंस्कृतिमा खलल पु¥याउ“दै आएका थिए । त्यो रोकिनु नेपालका लागि सुखद् कुरा हो र यसले नेपालको भूराजनीतिमा नेपाली कपुतहरूमार्फत् हुने अदृश्य नियन्त्रणको अन्त्य हुने सम्भावना बढेर गएको छ ।
वैश्विक भूराजनीतिक परिवर्तनले नेपाललाई चुनौती र अवसरहरू दुवै
प्रदान गरेको छ । रुसले नेपाललाई विकास कार्यक्रमका लागि गर्ने भनिएको
सहयोग होस् वा चीन, भारत, अमेरिकाबाट प्राप्त हुने सहयोग अवसर हुन् भने यी
सबै मुलुकको संवेदनशीलतालाई ध्यान दिएर सन्तुलित विदेश नीति र सम्बन्ध कायम
गर्नु चुनौतीपूर्ण कुरा हो, जुन नेपालको भूराजनीतिक अवस्थामा यहा“का
सरकारमा बसेकाहरूले गर्न सकेका छैनन् ।