भुकम्प पिडितको सम्झनामा बास्केटवल
गत वर्ष बैशाख १२ गते गएको भूकम्प पीडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै मैत्रिपूर्ण बास्केटबलको आयोजना हुने भएको छ । सुनसरी बास्केटवल संघको आयोजना तथा धरान बास्केटवल संघको संयोजनमा बैशाख १२ गते आइतबार दुई दिने मैत्रिपूर्ण खेल हुन लागेको जिल्ला बास्केटबल संघ सुनसरीका सचिव नारायण सुवेदीले जानकारी दिए ।
मैत्रिपूर्ण खेलमा सुनसरी, इलाम र मोरङ गरी तीन जिल्ला टिमले सहभागिता जनाउने उनले बताए । मैत्रिपूर्ण खेल धरान १८ स्थित डिपो आदर्श बहुमुखि क्याम्पसको बास्केटबल कोर्टमा हुनेछ । वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको संम्झनामा मैत्रिपूर्ण खेलको आयोजना गरिएको नेपाल बास्केटवल संघका केन्द्रीय सदस्य तथा धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले बताए ।
सुनसरी टिममा छनौट भएका खेलाडीहरु नविन राई, हेमन राई, प्रदीप गुरुङ, युकेश राई, उज्ज्वल राई, फक्तिराज राई, विवेक श्रेष्ठ, विवेक नेपाल, विक्रम लिम्बू, चिरञ्जिवि गिरी, र मूख्य प्रशिक्षकमा विकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्बू रहेका छन् । यही बैशाख १२ गते महाभूकम्प आएको एक वर्ष पुग्दैछ । महाभूकम्पमा करिब ८ हजार भन्दा बढि मानिसको ज्यान गएको थियो भने लाखौँको सङख्यामा घरबार विहिन भएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































