धरान–नेकपा (एमाले) धरानको सातौ अधिबेशनको पुर्ब सन्ध्यामा युवा सघं नेपाल धरानले शनिबार एक घण्टामा एक सय पचास जनालाई पुरस्कार बाडेको छ ।
अधिबेशनको प्रचारका लागि आयोजना गरिएको ‘सडक हाजिरी जबाफ’ प्रतियोगितामा उक्त पुरस्कार बाडिएको हो । नेकपा (एमाले) सँग समन्धित प्रश्नहरुको सहि जबाफ दिनेलाई पुरस्कार बितरण गरिएको युवा सघं धरानका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।
युवा सघं नेपालका केन्द्रिय सदस्य हिमाल लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरानको छाता चौक देखि भानुचौक सम्म भेटिएका सर्बसाधरणलाई बिभिन्न प्रश्नहरु सोधिएको थियो ।