विजयपुर–भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा शनिबार धरानमा बाष्केटबल खेलाईएको छ । भुकम्प पिडितको सम्झना र मृतकलाई श्रदाञ्जिल दिन मैत्रिपुर्ण खेल आ
योजना गरिएको हो । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटबल टिम बिजयी भएको छ । खेलमा सुनसरीले इलाम बास्केटवल टिमलाई ४८–४५ अंकले पराजित गरेको छ । अत्यन्त प्रतिस्प्रधात्मक खेलमा सुनसरीले प्रत्येक क्वाटरमा १२, १६, ९, ११ अंक जोडेको थियो भने इलामले १०, १४, १३, र ८ अंक जोडेको थियो । खेलमा सुनसरीको तर्फ वाट हेमन्त राई व्यातिmगत १५ अंक जोडेका थिए ।
मैत्रिपुर्ण खेलको सुनसरी बास्केटवल संघले आयोजना गरेको थियो भने संयोजन धरान बास्केटवल संघले गरेको थियो । दुई दिने मैत्रिपुर्ण खेलमा सुनसरी, इलाम र मोरङ्ग गरि तिन जिल्ला टिमले सहभागिता जनाएको जिल्ला बास्केटवल संघका अध्यक्ष सुधिर लिम्वुले वताए । मैत्रिपुर्ण खेल सुरु हुनुभन्दा अगाडि भुकम्पमा ज्यान गुमाएका हरुप्रति श्रदाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथी जिल्ला खेलकुद विकास समिती अध्यक्ष धन प्रसाद राईले श्रदाञ्जली व्यातm गरेका थिए । उनले यस कार्यक्रमले पू
र्वाञ्चलको खेलाडिहरुमा अभ्यास पनि हुने वताए । कार्यक्रममा विशेष अतिथी डिपो व्यावस्थापन समितीका उपाध्यक्ष नन्द वहादुर राई, र कार्यक्रम सभाध्यक्ष बास्केटवल संघ सुनसरी अध्यक्ष सुधिर लिम्वुले श्रदाञ्जली मन्तव्य दिएका थिए । वस्केटवल संघका सचिव नारायण सुवेदिले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य सुरज लामा, आदिवासी पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, जिल्ला वक्सिङ्ग संघ सुनसरीका अध्यक्ष देवेन्द्र लिम्वु, तेक्वान्दो संघ सुनसरीका कोषाध्यक्ष गोपाल राई, धरान रनका अध्यक्ष मनिस तामाङ्ग लगायतको उपस्थिती रहेको थियो । सोमबारको खेल इलाम विरुद्ध मोरङ्ग बास्केटवल टिम विच हुने जिल्ला बास्केटवल संघका सहसचिव बिकास चाम्लिङ्गले गरेका थिए ।
मैत्रिपुर्ण खेलमा सुनसरी विजयी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































