धरान–वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा मृतकहरुको श्रद्धाञ्जलीमा आयोजित दुई दिन मैत्रिपुर्ण बास्केटवल खेल सम्पन्न भएको छ । सुनसरी बास्केटवल संघको आयोजना र धरान बास्केटवल संघको संयोजनमा आयोजित मैत्रिपुर्ण खेलमा आइतवार सुनसरीले इलाम बास्केटवल टिमलाई ४८–४५ अंकले पराजित गरेको थियो भने सोमवार भएको खेलमा इलमले मोरङ्ग बास्केटवल टिमलाई ६८–४८ अंकले पराजित गरेको छ । पहिलो दिन भएको खेलमा सुनसरीले प्रत्येक क्वाटरमा १२, १६, ९, ११ अंक जोडेको थियो भने इलामले १०, १४, १३, र ८ अंक जोडेको थियो । दोस्रो दिनको खेलमा इलामले प्रत्येक क्वाटरमा २१, ६, १५, २६ अंक जोडेको थियो । मोरङ्गले १०, १०, १६, १२ अंक जोडेको थिए । खेलमा सुनसरीको तर्फ वाट हेमन्त राईले व्यातिmगत १५ अंक जोडेका थिए भने इलामको तर्फ वाट विनोद श्रेष्ठले २६ अंक जोडेका थिए ।
दुई दिने मैत्रिपुर्ण खेलमा सुनसरी, इलाम र मोरङ्ग गरि तिन जिल्ला टिमले सहभागिता जनाएको जिल्ला बास्केटवल संघका अध्यक्ष सुधिर लिम्वुले वताए । खेल धरान १८ स्थित डिपो आदर्श वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा संचालन भएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथी जिल्ला खेलकुद विकास समिती अध्यक्ष धन प्रसाद राईले मन्तव्यको क्रममा श्रदाञ्जली व्यातm गरेका थिए । कार्यक्रममा विशेष अतिथी डिपो व्यावस्थापन समितीका उपाध्यक्ष नन्द वहादुर राई, र कार्यक्रम सभाध्यक्ष बास्केटवल संघ सुनसरी अध्यक्ष सुधिर लिम्वुले श्रदाञ्जली मन्तव्य दिएका थिए । थिए भने वस्केटवल संघका सचिव नारायण सुवेदिले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य सुरज लामा, आदिवासी पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, जिल्ला वक्सिङ्ग संघ सुनसरीका अध्यक्ष देवेन्द्र लिम्वु, तेक्वान्दो संघ सुनसरीका कोषाध्यक्ष गोपाल राई, धरान रनका अध्यक्ष मनिस तामाङ्ग लगायतको उपस्थिती रहेको थियो । सहभागि सम्पुर्ण खेलाडि तथा जिल्लालाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको बास्केटवल प्रशिक्षक बिकाश चाम्लिङ राईले बताए ।