विजयपुर–किरात राई खेलकुद संघ सुनसरीको अध्यक्षमा बिकाश चाम्लिङ राई चयन भएका छन् । धरान १० स्थित यायोक्खा भवनमा मंगलवार भएको भेलाले राईको नेतृत्वमा नयाँ कार्यसमितीको सर्वसम्मतले  चयन गरेको हो  । ११ सदस्यीय सघंको उपाध्याक्षमा मनकुमार राई, सचिवमा सिता राई, सहसचिव विज्ञान राई, कोषाध्यक्ष नुनाम राई रहेको छ भने सदस्यहरुमा नविन राई, युकेश राई, सुसीला राई, इलम राई, अमिता राईIMG_4976 र मदनकुमार राई रहेका छन् । दुईजना सदस्य कार्यसमितीको बैठकले मनोनित गरेर १३ जनाको कार्यसमिती वनाउने अध्यक्ष विकास चाम्लिङले वताए । किरात राई खेलकुद संघको केन्द्रिय सदस्य गोपाल राईको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमूख अतिथी किरात राई खेलकुद संघ केन्दिय अध्यक्ष महेन्द्र राई, विषेश अतिथी किराया सुनसरी अध्यक्ष कमला राई, अतिथीहरुमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राइर्,  खेलकुद संघ धनकुटा अध्यक्ष राकेशकुमार राई लगायतको उपस्थिती रहेको थियो । नया कार्यसमितिलाई मंगलवारनै खेलकुद संघ धनकुटा अध्यक्ष राकेशकुमार राइले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष विकास चाम्लिङले सम्पुर्ण किरात राई खेलाडि , प्रशिक्षक, खेलकुदमा संवद्ध अग्रजहरु लगायत समग्र खेलकुद विकासको लागि काम गर्ने प्रतिवद्धता जनाए ।