bipasha-weeding-marriage-2

धरान/मुंबईबिपाशा बसु र करण सिंह ग्रोवरको शनिवार मुम्बईमा बंगाली चलन अनुसार विवाह भएको छ ।
बिपाशा परम्परागत बंगाली डेसमा मुस्कुराएर डान्स गर्दे स्टेजमा पुगे । बंगाली संस्कारको बमोजिम उनको शिरमा सफा मुकुट थियो । उनको हातमा पानको पात थियो । राँकी एसको डिजाइन बनाएका रातो रंङको लहंगेमा३८वर्षकी अभिनेत्री धेरै राम्री देखिएको थिइन् ।

करण र बिपाशा २०१५मा अलोन फिल्मको टिममा भेट भएको थियो । करणको यो तेस्रो विवाह हो । यो भन्दा पहिले सन २००८मा श्रद्धा निगम र २०१२मा अभिनेत्री जेनिफर विंगेटसँग विवाह गरिसकेका छन् ।विवाहमा सबैभन्दा पहिले विपाशाको पुर्व ब्वायफ्रेण्ड डिनो मोरिया पुगेका थिए । अमिताभ बच्चन पनि अभिषेक र ऐश्वर्यासँगै पुगेका थिए ।

bipasha-weeding-marriage-7

यस्तै मधुर भंडारकर, संजय दत्त र मान्यता, प्रिती जिंटा, नील नितिन मुकेश, मलाइका अरोड़ा, रितेश र जेनेलिया पनि विवाह समारोहमा पुगेका थिए । साथै रणवीर कपूर, आर माधवन, रोहित शेट्टी, चंकी पांडे, दिव्या खोसला और भूषण कुमार, सोफी चौधरी, नेहा धूपिया, दिया मिर्जा, शमिता शेट्टी, रमेश तोरानी सहित सबै बलिउडमा हस्तीहरु देखिएका थिए ।