asima

पुर्वेली सुन्दरीको भिडमा नयाँ अनुहार वनेर उदाएकी विराटनगरकी १७ वर्षिया असिमा चापागाई सुन्दरीको भिड भित्रकी त्यस्तो पात्र हुन् जो मोडल भन्ने शब्दको नै दुरुपयोग भईरहेको जिकिर गर्छिन  । म्युजिक भिडियाे,रयाप सो हरुमा सहभागि हुनेलाई मोडल भनिनु उचित नहुने उनको तर्क  छ । ‘मोडल त्यतिबेला भईन्छ जति बेला देश र समाजका लागि नमुना बन्न सकिन्छ’ भन्छिन ‘अभिनय र कला प्रस्तुत गर्नु नै मोडल हो भन्ने मान्यता गलत हो । त्यही भिन्न सोचसहित सुन्दरीहरुको भिड भित्र देखिएकी असीमा अहिलेकी मिस पुर्वेलीकी फष्ट रनर अप समेत हुन् । विराटनगर स्थित अरनीको कलेजमा प्रमाणपत्र तहमा अध्यनरत उनी मिस पुर्वेली को उपाधि चुम्न आफु असफल बनेपनि एउटा फरक नाम सहित चिनिन पाएकोमा सन्तुष्ट रहेको सुनाउछिन । आफुले समेत नसोचेको क्षेत्रमा आमाको प्रेरणाकै कारण होमिएको स्मरण गर्दै उनी भन्छिन ‘कलेजका लागि पासपोर्ट साईजको फोटा खिच्न गएका बेला फोटो स्टुडियो संचालकको आग्रहमा आमाले नै आफुलाई सहभागि गराउने निर्णय गरीदिनु भयो ’। यो क्षेत्रलाई गलत नजरले हेर्ने गरिएको आफुलाई थाहा भएपनि आमानै सहयोगी बनेपछि पुर्वेली सुन्दरी प्रतियोगितामा सहभागि उनले सुनाईन धेरै प्रतियोगीलाई पछि पार्दै फष्ट रनर अप घोषित  हुँदाको क्षण खुशी भन्दा पनि समाज र देशका लागि नमुना बन्नु पर्छ भन्ने जिम्मेवारी आफुमाथि थपिएको महशुस भएको उनले श्मरण गरीन् ।‘फष्ट रनर अप त भईयो अब के गरेर आफु नमुना बन्ने भन्ने पीरले त्यो बेला तनाव भएको थियो ’।अहिले सबैले आफुलाई मोडल भनिरहँदा आफुलाई भने मोडल ( नमुना) बन्न नसकेको बोध हुने गरेको उनि सुनाउछिन् ।

 

amisa (1) मोडल भनेर अरुले भनिरहँदा मोडल पात्र बन्नलाई भने ति शब्दहरुले झस्काईरहने उनले सुनाईन् । ब्लाष्ट खबर डट कम सँगको कुराकानीमा निकै भिन्न र स्पष्ट विचार राखेकी असीमा  छोटा कपडा प्रयोग गर्नै  पर्छ भन्ने पक्षमा आफु नरहेको जिकिर गर्छिन् । ठाँउ , समय , परीस्थिति अनुसार आफुलाई मन पर्ने र सहज हुने पोशाकमा पनि आफुलाई आर्कषक देखाउन सकिने उनी बताउछिन् ।पछिल्लो समयमा हरेक युवतिमा मोडल हुने र टेलिभिजन पत्रपत्रिकामा देखिने चाहना हुने गरेको प्रश्नमा उनले हरेकलाई आफुलाई पुरै दुनियाले चिनोस् भन्ने चाहना रहने बताँउदै भनिन्–‘ हरेक तवरबाट चिनिन सकिन्छ, तर त्यो समाजका लागि स्वीकार्य अनि बाटो देखाउने काम सहित को हुनु पर्छ ।’   असीमाले अर्चना पनेरुसहितका केहि युवतीले आफुलाई चिनाउनका लागि समाजलाई पाच्य नहुने छाडाबाटो समात्दा सुन्दरी भनेर चिनिएका र चिनिन चाहने सबैलाई हेर्ने नजर गलत हुने बताईन् । सुन्दरी प्रतियोगिता क्षमता र व्यक्तित्व विकासका लागि एउटा खुड्किलो  मात्रै भएको उल्लेख गर्दै उनले भनिन् ‘त्यहाँ सहभागी बन्दैमा मोडल ( नमुना) हुन र बन्न सकिदैन जसका लागि नमुना बन्न लायक काम गरेर देखाउन सक्नु पर्छ जुन मैले गर्न बाकी नै छ,त्यही भएर म मोडल बन्न सकेकी छैन’ नमुना पात्र बन्ने बाटोमा आफुले पाईला मात्रै सारेको तर बनि नसकेको उनको कथन छ ।म्युजिक भिडियो र अभिनयको क्षेत्रमा अध्यन नै छाडेर आफु नलाग्ने तर राम्रा कथा र भुमिका पाए नगुमाउने उनले स्पस्ट पारिन ।अभिनयको क्षेत्रमा पनि छाडापन हावा रहेको भन्दै उनले आफु त्यसो गर्न नसक्ने बरु त्यो क्षेत्रमै नजाने भनाई राखिन् । मोडल बन्ने चाहना र रहर अनि सामाजिक संजालको दुरुपयोगले आफ्नो पुस्ताका युवतिलाई प्रभावित वनाएको भन्दै उनले भनिन् ‘अध्यन नै छाडेर त्यो बाटोमा लम्कदा भबिष्यनै खतरामा पर्न जान्छ,अध्यन पछि  बचेको समयलाई क्षमता र व्यक्तित्व विकासमा लगाउन पर्छ ’।

amisa (3)

amisa (2)

amisa (4)

amisa (5)