विजयपुर/धरानमा शनिबार आयोजीत एक अन्र्तकृयाले धरानमा रङगकर्मलाई निरन्तरता दिन ‘नाटक मेला’ गर्नु पर्ने निश्कर्ष निकालेको छ । आरम्भ नाट्य डबली धरानले आयोजना गरेको ‘रङग गोष्ठी’ले धरानमा रङगकर्मलाई निरन्तरता दिन ‘नाटक मेला’ गर्नु पर्ने निश्कर्ष निकालेको हो ।
रङगकर्मलाई निरन्तरता दिन धरान उपमहानगरपालीकाले अनाम नाट्य समुहलाई दिएको जग्गामा साझा सहभागितामा रहने गरी ‘थिएटर’ निर्माण गर्न छलफल अगाडि बढाउनु पर्ने समेत निश्कर्ष निकालेको छ । आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवानले धरानमा ‘नाटक मेला’ गर्न आफुहरु तयार रहेको समेत बताए । ‘आजको निश्कर्ष बमोजीम नाटक मेला गर्न आरम्भ नाट्य डबली तयार छ’देवानले भने ‘भवन निर्माण गर्ने बिषयमा पनि हामी अगाडि बढ्छौं ।’
भाषाबिद् प्राडा टंकप्रसाद न्यौपानेले पनि धरानको रङगकर्मलाई निरन्तरता दिन आरम्भ नाट्य डबलीले सूरु गरेको अभियान प्रसंसनिय रहेको भन्दै रङगकर्मिहरुको शहरको रुपमा चिनीएको धरानलाई अझ शसक्त रुपमा बिकाश गर्नु पर्ने बताए । अब आरम्भले थालनी गरेको कार्यमा सबैको सहकार्य आबश्यक छ न्यौपानेले भने ‘धरानलाई रङगकर्मीहरुको शहर भनेर किन नचिनाउने ?’पत्रकार जसकुमार राईले धरानको रङगकलालाई अब बिद्यालय स्तरबाट सञ्चालन गर्नुपर्ने बताए ।
रङगकर्मको ब्यबसायीक सुरुवात धरानबाटै गर्नु पर्ने आबश्यक्ता उनले औल्याए । कार्यक्रममा ब्लाष्ट टाईम्स दैनिकका प्रधानसम्पादक तथा साहित्यकार राजकुमार कार्कि बिषेश अतिथी रहेका थिए । कार्यक्रममा साहित्याकार बद्रि पलिखे,अग्रज पत्रकार हर्ष सुब्बा लगायत पत्रकार तथा रङगकर्मिहरुको उपस्थिती रहेको थियो । रङग गोष्ठीको कार्यपत्र आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवानले प्रस्तुत गरेका थिए ।