धरान । केटिएम सुरक्षा घेरामा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताको डिटुथ्रि भवन अघिल्तिर पार्किङ गरेर राखिएको तीनवटा मोटरसाइकलहरुलाई अज्ञात समूहले जलाएको छ । जसमध्ये एउटा पूर्ण रुपमा क्षति पुगेका छ भने दुइवटामा सामान्य क्षति पुगेका छन् ।
[caption id="attachment_14163" align="alignnone" width="271"]

फाेटाे फाइल[/caption]
जलाउनु पर्ने कारण बारे अहिलेसम्म खुल्न सकेको छैन् । तेल चोरीपछि जलाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । आज बिहानको राति ४ बजेतिर को को २६ प २१४ नयाँ एभेन्जर बाइक पूर्ण रुपमा क्षति भएको छ ।
त्यस्तै को १७ प ६०९ पल्सर मोटरसाइकलको पछिल्तिरको मोटरकारमा सामान्य क्षति पुगेको छ भने को १९ प ४२०१ स्कुटी अघिल्तिरको भाग पनि सामान्य क्षति पुगेको प्रतिष्ठान प्रहरी पोष्टका इन्चार्ज सई तिलक गिरीले जानकारी दिए ।
उनका अनुसार मध्यान्ह रातिसमेत तेल चोरी भएको खबर प्राप्त भएकाले त्यस ठाउँमा सर्च गर्दा कुनै पनि मानिसहरु फेला नपरेको तर, बिहान बाइक जलाइएको अवस्थामा फेला परेको बताए । त्यस नजिक राखिएका चारवटा बाइकहरुको तेलको पाइप काटिएको अवस्थामा फेला परेको इन्चार्ज गिरीले बताए ।
मोटरसाइकल जलेको क्षेत्रमा भर्खरै सल्काएको अवस्थाको खुकुरी कम्पनीको चुरोट र लाइटर फेला परेको छ । यस अघि पनि प्रतिष्ठानमा तेल चोरीका घटना हुने गरेको थियो । दशै नजिकिदै जाँदा धरानमा चोरीका घटनासमेत वृद्धि हुन थालेको छ । तर, चुरोट खानेले जलाएको हो या चोरीमा संलग्नहरुले जलाए भन्ने अनुमान लाउन प्रहरीलाई नै गाह्रो भएको अवस्था छ ।
प्रहरीले जलाउनेमा संलग्नहरुको खोजी कार्य तिब्र पारेको छ ।