Malaria-Symptoms-in-Hindiचितवन / रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उनमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो । अनि उनलाई चित्त बुझेन र फेरि डेङ्गु पो हो कि भनेर शङ्काले आइतबार रत्ननगर बकुलहर अस्पतालमा डेङ्गु परीक्षणका लागि आएकीछन् । ढकाल भन्छन – “गाउँभरि डेङ्गु र ज्वरोका बिरामी छन्, मलाइ पनि डेङ्गु लागेको हो कि भनेर पुनः परीक्षणमा आएको ।” रत्ननगरकै लक्ष्मी सेन्च्युरीलाई हनहन्ती १०५ ज्वरो आएको छ । उनी अस्पताल श्ययामा छन। उनीको उपचारका लागि आफन्त आशमायाँ विक कुरुवा भएर आएकीहुन । लक्ष्मीको पनि डेङ्गुको आशङ्कामा रगत परीक्षण भइरहेको छ । “यो डेङ्गु गाउँभरि छ, गाउँका धेरै मान्छे अहिले बिरामी भएर सुतिरहेका छन्,” आशमायाँले  भनिन – “सरकारले नियन्त्रण गर्नुप¥यो ।” गाउँटोलभरि ज्वरो फैलिएपछि रत्ननगर टोल विकास संस्था समन्वय समितिका सचिव प्रताप डल्लाकोटी र शिक्षक गोपीलाल श्रेष्ठले बजार क्षेत्रको अवस्था अध्ययन गरे । हरेक मेडिकल अस्पतालमा बिरामीको उत्तिकै चाप रहेको र आएका जति ज्वरोका बिरामी रहेको डल्लाकोटीले जानकारी दिए  । तत्कालै नियन्त्रण अभियान नचलाए रत्ननगरमा महामारी फैलने खतरा रहेको डल्लाकोटी आशङ्का गरे  । अस्पतालमा भेटिएका बिरामी ढकाल र बिरामीका आफन्त आशमायाँको भनाइमा पनि रत्ननगरका बजार क्षेत्रका विभिन्न टोलमा अहिले ज्वरोको प्रकोप फैलिएको छ । रत्ननगर अस्पतालको बिरामी अभिलेख शाखाकी अहेब विमला शर्मा अहिले बिरामीको चाप अस्पतालमा बढेको बताए  । भदौ १६ गते अस्पतालमा १३४ जना बिरामी उपचारका लागि आएका थिए । एक महिनापछि असोजको १६ गते उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेर २८४ पुगेको शर्माले जानकारी दिए । आएका पनि धेरै ज्वरोका बिरामी छन् । यसले पनि बिरामीको चाप बढेको देखाउँछ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइराला रत्ननगरमा गरिएको अनुगमनमा ज्वरोका बिरामी प्रशस्तै देखिएको र उनीहरुमध्ये अस्पताल आएका धेरैलाई डेङ्गु भएको बताउछन्र  । अहिले डेङ्गुको नियन्त्रण अभियान थालिएको छ । रासस