धरान । स्टन्ट युवामाझ निक्कै लोकप्रिय छ । पछिल्लो समय क्रेज उस्तै छ । तर, सावधानी अपनाउन सकिएन् भने स्टन्ट ज्यान जाने जोखिम पनि उत्तिकै हुने गर्दछ । [caption id="attachment_18103" align="alignnone" width="500"]stunt File Photo[/caption] यही कुरा जानकारी गराउँने उदेश्यले धराने बाइकर्सहरुलाई भारतबाट आएका दुई स्टन्ट राइडर्सहरुले ‘जिरो ग्राभिटी स्टन्ट शो’ प्रदर्शन गर्ने भएका छन् । मोटरसाइकल चलाउँदा अपनाउनु पर्ने सावधानीसँगै सुरक्षाको विषयमासमेत जानकारी गराउँदै शुक्रबार (अाज) धरानको भानुचौकमा स्टन्ट शो प्रदर्शन गर्न लागिएको हो । यो स्टन्टको मूख्य उद्देश्य नै युवा पुस्ताहरुलाई ‘सेफ्टी राइडिङ’ गराउनु हो । भारतको तामिलनाडुका पद्म प्रसान्त र सोनुले दुईघण्टा युवाहरुलाई विभिन्न कम्पनीका बाइकमार्फत स्टन्ट देखाउन लागेका हुन् । थर्डलट्स नामक संस्थाका यि युवाहरुले भानुचौकको बसपार्कमा विली, स्टमी वर्नआउट, सर्कल, रुलिङ, स्क्रलिङ, क्राइस, स्वीच ब्याकलगायतका स्टन्टहरु देखाउने प्रिजेन्टर टिम ओसिरिजका विश्वराज राईले बताए । उनीहरुले एस्ट्रिम बाइक, अपाची बाइक र क्रसेक्स बाइकमा स्टन्ट गर्ने छन् । उनका अनुसार स्टन्ट हेर्न आउने बाइकर्स÷ननबाइकर्सहरुलाई ‘सुरक्षा सम्बन्धी टिप्स’ समेत दिइने छ । ‘स्टन्ट पब्लिक एरियामा गर्ने होइन्, सुरक्षा अपनाउनुपर्छ । स्टन्ट सिक्नको लागि प्रशासनबाट अनुमति लिनुपर्छ भन्ने कुरा जानकारी गराउँछौं ।’ उनले भने, ‘त्योसँगै बाइकमा कस्ता खाल्का सामग्रीहरु प्रयोग गर्ने, उक्त सामग्री किन प्रयोग गर्ने भन्ने बारेमा बताउने छौं ।’ भानुचौकको उक्त कार्यक्रम युट्युवमार्फत संसार भरका व्यक्तिहरुले प्रत्यक्ष हेर्न सकिने राईले बताए । प्रत्यक्ष प्रसारणका लागि क्लासिक टेक नामक इन्टरनेट कम्पनीलाई जिम्मा दिइएको छ । धरान–७ स्थित राइडर्स रेन्जको आयोजनामा हुन लागेको कार्यक्रममा क्रसेस र टिम ओसिरिजको प्रस्तुती रहेको छ ।