
धरान/ गत शनिबार मोरङको याङशिलामा भएको सांस्कृतिक कार्यक्रम (रिमिक्स धमाका)मा कलाकारहरुले बेजोडले स्टेज तताए । स्रोतालाई लोकप्रिय गीतहरु पस्किएर चर्चामा रहेकी गायिका मेलिना राई, हास्य कलाकार विल्सन बिक्रम (तक्मे बुढा), गायक एंब गीतकार राम रेप्चुङ, गायक बिनोद खम्बु, प्रमु गुरुङ, राजेश किराती, सनम राणा लगायतले स्टेज तताएका हुन् ।
कार्यक्रममा स्थानिय कलाकार सनम राणा, प्रमु गुरुङबाट सांगितीक कार्यक्रम शुरु भएको थियो भने राजेश किरातीले बुढो भईयो, मारुनी, जुनजस्तै फुल जस्तै गितहरु गाउदा दर्शकहरु झन नाच्दै गाउदै मनोरञ्जन लिएका थिए । कार्यक्रममा गायक तथा गीतकार राम रेप्चुङले खुकुरी बोलका गीत गाएका थिए भने गायिका मेलिना राईले तिमिलाई म के भनु, तिमिले बाटो फेरेउ हरे, कम्मरमाथि पटुकी, मेरो बोईफेन्ड, शिरैमा शिरबन्दी बोलका गीतहरु गाएर अझ दर्शकलाई मनोरञ्जन दिलाईन् । यस्तै, बिनोद खम्बुले भने याङशिला, माझी दाईले जाल हान्यो बोलका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई कार्यक्रमको अन्तिम समयसम्म टिकाईराखे । सोही रिमिक्स धमाकामा चर्चित हास्यकलाकार विल्सन बिक्रम (तक्मे बुढा)ले आफ्नै बाल्यकालका बारेमा व्यङग्य गर्दै दर्शकहरुलाई पेट मिजुन्जेल हसाए ।
[caption id="attachment_18112" align="aligncenter" width="707"]
दर्शकलाई रमाईलो र ठिटौली शैलीमा हसाउदै उनको चर्चित गीत सेन्तेरम बोलको भोजपुरी र नेपाली भाषामा रेकर्ड भएको गीत समेत गाएका थिए । कार्यक्रमलाई अझ आकर्षक बनाउनका लागि गरिमा डान्स सेन्टर र विभिन्न पहिरनमा सजिएका डल्फिन एकेडेमिका विद्यार्थीहरुले र्याम वक समेत गरेका थिए ।
सोही अबसरमा यायाङशिलामा रहेर याङशिलाको बिकासका निम्ति अहोरात्र खटिरहेका तीन जना व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ समाजसेवी जगत बहादुर बस्नेतले दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका थिए । समाजसेवी एंव शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएका मोहन सिंह लिम्बु, शिक्षा क्षेत्रमा निरन्तर काम गर्ने जित बहादुर राई र समाजसेवी नरबहादुर लिम्बुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागि तथा सहयोगिहरुलाई कार्यक्रम निर्देशक द्रोपध्वज राईले मायाको चिनो प्रदान गरेका थिए ।