lutpatधरान/ भारतीय एसएसबीले जोगबनी नाकामा एक युवकलाई लुटपाट गर्दै स्कुटरको ब्लुबुक र लाइसेन्ससमेत खोसेको छ । तिहारका लागि चाहिने सामग्री जोगबनीबाट ल्याउने क्रममा शुक्रबार धरान–८ भोटेपुलका सुरेन तामाङलाई एसएसबीले लुटेका हुन् । उनको साथमा रहेको १३ हजार नगद, एक तोला सुनको बेरुवा औँठी र ५ हजार रुपैयाँ ल्याउन भन्दै लाइसेन्ससहित ब्लुबुक लुटेको तामाङले बताए । तामाङका अनुसार अपराह्न करीब साढे ३ बजे स्कुटीको डिकीमा राखेर सामान ल्याउँदै गर्दा सादा पोशाकमा खटिएका तीनजना एसएसबीले जाँचका नाममा कार्यालयभित्र लगेर लुटपाट गर्दै लाइसेन्स र ब्लुबुकबापत थप ५ हजार ल्याउन भनेका छन् ।

‘भोलि ५ हजार रुपैयाँ ल्याएर ब्लुबुक र लाइसेन्स लिएर जालास् भनेको छ ।’ उनले भने । आपूmलाई भारतीय एसएसबीले हातपातसमेत गरेको तामाङले बताए । कार्यालयभित्र लगेर जेलचलान गर्ने तथा मारिदिनेसम्मको धम्की दिँदै रकम लुटेको उनले बताए । ‘तेरेको इधरी मारदुङ्गा तो किसीको पता भी नही चलेगा भन्दै धम्क्यायो ।’ उनले भने । भारतमा प्रवेश गरेको हरेक दिनको सय रुपैयाँका दरले ६ महिनाको १८ हजार रुपैयाँ दिनुपर्ने भन्दै धम्क्याएको उनले बताए ।

‘कार्यालयमा गएर ये इधर छे महिनासे आरहा है साउजी, इस्ने मेरेको एक रुपैयाँ भी नहीँ दिया भन्दै उसको हाकिमलाई सुनायो’, उनले भने, ‘ये पहेले पैदल ही आता था, पैदल ही जाता था । अभी इधर आतेआते स्कुटी खरिद लिया साउजी भन्यो ।’ ६ महिनाबापत दिनको सय रुपैयाँका दरले आपूmसँग भएको १३ हजार रुपैयाँ लिएको र थप ५ हजार ल्याएर मात्रै ब्लुबुक र लाइसेन्स लैजान भन्दै धम्क्याएको उनले बताए । कार्यालयमा लग्नेबित्तिकै उनीहरुले ‘तेरो स्कुटी पनि गयो, सामान पनि गयो’ भनेको तामाङले सुनाए तररकम लुटेपछि भने ब्लुबुक र लाइसेन्स राखेर छाडिदिएको उनको भनाइ छ ।

उनले आपूmसँग भएका सामान र स्कुटी जस्ताको त्यस्तै छाडिदिएको बताए । आपूm लुटिएकोबारे भारतीय दूतावासको विराटनगरस्थित कार्यालयलाई समेत जानकारी गराउने उनले बताए । ‘मजस्ता नेपालीलाई लुटिरहन्छन् । मैले आवाज उठाइनँ भने उनीहरुले अरुलाई पनि छाड्दैनन्’, उनले भने, ‘त्यसैले यो कुरालाई लिएर जोगबनीमा धर्ना बस्नसमेत पछि हट्दिनँ ।’ उनले यसबारे नेपाली काङ्ग्रेसको नगर समिति, स्थानीय तथा आफन्तहरुलाई जानकारी गराइसकेका छन् । आपूm भारतीय एसएसबीको विरुद्धमा आन्दोलन गर्न तयार रहेको उनले बताए ।