धरान/ए दिल है मुस्किल फिल्मले तीन दिनमै साढे ३९ करोड भारुको कारोबार गर्न सफल भएको छ ।
पहिलो दिनमै भारु १३ करोड कारोबार गर्न सफल भएको फिल्मले निक्कै राम्रो व्यापार गरिरहेको बताइएको छ ।
रणविर कपुर, ऐश्वर्या राय बच्चन र अनुष्का शर्मा अभिनित फिल्मको निर्देशन करण जौहरले गरेका हुन् ।
पाकिस्तानी कलाकार फवाद खानको भूमिकाको कारण भारतको कट्टर हिन्दुवादी दल शिव सेनाले चर्को विरोध गरेको कारण फिल्म केही समय विवादमासमेत तानिएको थियो ।
पछिल्लो समय रणविर कपुरको फिल्म बक्स अफिसमा फ्लप हुँदै आइरहेको थियो । त्यस्तै ऐश्वर्याको पनि उस्तै हालत भएको थियो । यो सिनेमाले रिलिज हुनुअघिनै सिनेमा देखाउने अधिकार बेचेर ५० करोड भारु कमाइसकेको पनि इन्डियन एक्सप्रेसले जनाएको छ ।