नदीमा डुबेर एक बालकको मृत्यु
कैलाली/ पिकनिक खान गएका एक बालकको बुधबार दिउँसो नदीमा डुबेर मृत्यु भएको छ ।
कैलालीको अत्तरिया नगरपालिका–११ कालिका टोलमा बस्ने जय कामीका छोरा आठ वर्षीय गोपाल कामीको गेटाको श्रीलङ्का टोल नजिकै झोलुङ्गे पुल आसपासको मोहना नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतक बालकको शव सेती अञ्चल अस्पतालमा ल्याइएको र आज शवपरीक्षण हुने प्रहरीले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























