दुर्घटनामा मृत्यु
धनगढी/धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ ।
से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकलमा सवार धनगढीकै २८ वर्षीय तीर्थ रावल भने गम्भीर घाइते भएकाले उपचारका लागि भारतको हल्व्दानीस्थित अस्पतालमा भर्ना गरिएको छ । मल्ल र रावल कैलाली बहुमुखी क्याम्पसका कर्मचारी हुन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























