धनकुटा/धनकुटाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘जनविश्वास’ ले आफ्नो २५ औँ वार्षिक उत्सव तथा रजत वर्ष धनकुटा–८ साङताङमा मङ्गलबार सम्पन्न गरेको छ ।धनकुटा नगरपालिकाको दुर्गम वडाको रुपमा लिइने साङताङ क्षेत्रमा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा सञ्चार क्षेत्रबाट दवाब पु¥याउने उद्देश्यले आयोजना गरिएको रजत वर्ष तथा २५ औँ वार्षिक उत्सवको अवसरमा ब्लाष्टकर्मी सन्तवीर लामालाई यो वर्षको क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
धनकुटामा रहेर विगत लामो समयदेखि छापा र रेडियो पत्रकारिताका माध्यमबाट धनकुटेली समाजमा पु¥याएको योगदानको उच्च कदर गर्दै ‘जनविश्वास क्रियाशील पत्रकारिता पुरस्कार–०७३’ बाट ब्लाष्टकर्मी लामा पुरस्कृत एवम् सम्मानित भएका हुन् । लामालाई कार्यक्रमका विशिष्ट अतिथि रेडियो नेपाल धनकुटा क्षेत्रीय प्रसारण केन्द्रका प्रमुख प्रेमप्रसाद भट्टराई र जनविश्वास प्रकाशन समूहका अध्यक्ष सञ्जयसन्तोषी राईले संयुक्त रुपमा नगद ५ हजार ५५ सहित सम्मान गरेका हुन् ।
सो अवसरमा समूहका सल्लाहकारद्वय टङ्कबहादुर राई र गोपाल अधिकारी, कानूनी सल्लाहकार आनन्दसन्तोषी राई, रेडियो नेपालका क्षेत्रीय प्रमुख भट्टराई, भीरगाउँका कृषक चन्द्रलाल तामाङ, गाईका लक्ष्मी नेपाली, गायक रमेश साङपाङ, देउराली प्रावि विद्यालय व्यवस्थापन समितिका सदस्य कोजिन आठपहरिया, किरात आठपहरिया समाजका संस्थापक अध्यक्ष अष्टबहादुर आठपहरियालाई समेत सम्मान गरिएको छ ।