धरान/एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले दशवर्ष अघिको ब्रुनाईसँगको हारको बदला लिन सफल भएको छ । मलेसिया कुचिब रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले ब्रुनाईलाई ३–० गोल अन्तरले हराउँदै बदला चुकाएको हो । जसमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले गोल गर्दै नेपाललाई सिधै सेमिफाइलनमा पुर्याउन सफल भएको छ । यस अघि टिमोर लिष्टेसँग नेपाल बराबरी खेलेको थियो भने ब्रुनाईले लिष्टेलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । नवयुगले पहिलो हाफको इन्जुरी समयमा सानो डिबक्सबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७१ अाै‍ मिनेटमा भरत खवासले कर्नर बललाई सुन्दर गोलमा परिणत गरेका थिए भने लगत्तै ८० मिनेटमा पाएको पेनाल्टीलाई बिमल कति पनि चुकेनन् । डिबक्समा नवयुगलाई तानेर लडाएपछि रेफ्रीले पेनाल्टी दिएको थियो । जसमा विमल चुकेनन् ।