विद्यार्थी बोकेको बस दुर्घटना हुँदा आठ घाइते
कञ्चनपुर/ विद्यार्थी बोकेर ल्याउँदै गरेको म१ख ६०७ नंको चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको बस बेलौरी राजमार्गको दुलैना नजिकको चितौरा खोलानजिक आज दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।
घाइते हुनेमा सात विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताउनुभयो । घाइते सबैको झलारीस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ ।
घाइते सबै खतरामुक्त रहेको बताइन्छ । टिप्परले नाधेर जान खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परलाई अस्थायी प्रहरी चौकी बन्साहाले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार छन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























